नेकपा माओवादी (केन्द्र)का नेता एवं स्थायी कमिटि सदस्य क.खगराज भट्टले माओवादी केन्द्रको अस्थित्व अझै कायम रहेको बताएका छन् ।
सोमवार नेकपा माओवादी केन्द्र पार्टी कार्यालय चैनपुरमा आयोजित विश्व सर्वाहारा वर्गका महान नेता लेलिनको शत वार्षिकी कार्यक्रममा बोल्दै नेता भट्टले उक्त कुरा बताएका हुन् । नेपाल कम्यूनिष्ट पार्र्टीको ७५ औ स्थापना दिवस समेत रहेको उक्त कार्यक्रममा बोल्दै नेता भट्टले बझाङमा माओवादी केन्द्रको बेग्लै रहेको पहिचान रहेको समेत दाबी गरे ।
विश्व सर्वाहारा वर्गका वैज्ञानिक नेता क.लेलिन लाई सम्झदै नेता भट्टले लेलिनले कम्युनिष्ट आन्दोलनको बैज्ञानिक समाजवादका लागी गरेको संघर्ष निकै महत्पुर्ण रहेको बताए । बैशाख १५ गते हुन गइरहेको प्रदेश सभा उपनिर्वाचनमा पार्टीका सवै नेता कार्यक्रताले एकजुट भएर काम गरे बझाङमा नेकपा माओवादी केन्द्रको ऐतिहासिक सफलता प्राप्त हुने समेत नेता भट्टले जानकारी दिए । बझाङमा हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र का उमेदवार विजयी गराउन सवै भातृ संगठन एवं शुभेच्छिक संगठनका नेता कार्यक्रताले एकतावद्ध भई लाग्न निर्देशन गरेका छन् । नेता भट्टले बझाङमा कुनै गुट उपगुट नभनी सवै नेता कार्यक्रता एवं आम मतदाताहरुले हसिया हथौडामा भोट हाल्न समेत आग्रह गरेका छन् ।
नेपाली जनताको चाहाना र भावनात्मक रुपमा हाल राज्य संचालन भइरहेको जानकारी दिदै नेता भट्टले सांगठनिक तथा राजनितिक रुपान्तरणमा माओवादी केन्द्रका सवै नेता कार्यक्रताले संकल्पका साथ लाग्न समेत आग्रह गरेका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्र का केन्द्रिय सदस्य देवराज रेग्मी,शंकर खड्का,ओम प्रकाश पुन,लाल बहादुर सोराडी,मिन बहादुर कुँवर लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।
बझाङको विकासका लागी नेकपा माओवादी केन्द्र संकल्पका साथ लागी रहने पार्टी भएको भन्द्र नेता भट्टल् यस पटकको प्रदेश सभा उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रलाई नै भोट हाल्न सवै मतदाताहरुलाई अनुरोध गरेका छन् । स्थायी कमिटि सदस्य नेता भट्टले उपनिर्वाचनमा माओवादी केन्द्रले जित हासिल गरे बझाङ जिल्लाको विकास निर्माणलाई तिव्रता दिइने प्रतिवद्धता जाहेर गरेका छन् ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३