रेशम–रञ्जिताको सम्बन्धमै दरार, रेशम भन्छन् ‘जग नहँसाएर छुट्टिऔँ’
धनगढीः पति रेशमलाल चौधरी र पत्नी रञ्जिता श्रेष्ठबिच खटपट बढेको विषय बाहिर आएको छ
राजनीतिक विवाद र मतभेदका कारण श्रीमान/श्रीमतीको सम्बन्धमै दरार आएको विषय अहिले छताछुल्ल भएको छ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमले पतिपत्नीबिच बढेको खटपटको विषय आफैले सार्वजनिक गरेका हुन्। उनले भनेका छन्। ‘जग नहँसाएर छुट्टिऔँ।’ रेशमले पत्नी रञ्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका छन्।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने/नगर्ने भन्ने विषयमा रेशम र रञ्जिताबिच विवाद छ। यो विषयमा सम्झाउन आफू फेरि कैलालीबाट काठमाडौं जान लागेको उनले बताएका छन्। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जितालाई अरुले भड्काइरहेको उनको दाबी छ। ‘केही स्वार्थी मान्छेले तिम्रो मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिद्ध्याउने खेलमा सहजै खेलेको मैले त बुझेको थिएँ तर तिमीले बुझेनौ,' रेशमले पत्नि रञ्...












