माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग जागरण अभियानको तालिका सार्वजनिक
Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
नेकपा माओवादी केन्द्रले आगामी जेठ महिनादेखि सञ्चालन गर्न लागेको मध्यपहाडी लोकमार्गकेन्द्रित जागरण अभियानको कार्यतालिका सार्वजनिक गरेको छ।
कार्यतालिकाअनुसार आगामी जेठ १ गते बेलुका डडेल्धुरामा, २ गते बैतडीको पाटनमा जनसभा र डोटीको दिपायलमा जनसंवाद कार्यक्रम राखिएको छ । त्यसैगरी, जेठको ३ गते अछामको मंगलसेनमा जनसंवाद, ४ गते दैलेखको सदरमुकाम दुल्लुमा र ५ गते जाजरकोट खलंगामा जनसंवाद कार्यक्रम तय भएको छ । ६ गते पश्चिम रुकुमको चौरजहारीमा जनसभा र मुसिकोटमा जनसंवाद, ७ गते पूर्वी रुकुमको रुकुमकोटमा जनसंवाद र रोल्पाको थवाङमा जनसभा, ८ गते बागलुङमा जनसंवाद, ९ गते पर्वतकाे कुस्मामा जनसंवाद र १० गते कास्कीको पोखरामा जनसभा तय भएको हो ।
माओवादी केन्द्रले यसअघि एकमहिने हुलाकी राजमार्गकेन्द्रित तराई–मधेश जागरण अभियान सञ्चालन गरेको थियो । सो क्रममा करोडभन्दा बढी जनतासँग प्रत्यक्ष संवाद गरेको माओवादी केन्द...










