Advertisement

बझाङमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि संयुक्त बैठक सम्पन्न

Advertisement

बझाङ : बझाङ जिल्लामा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि व्यापक सहभागिता सहित संयुक्त बैठक सम्पन्न भएको छ । सदरमुकाम चैनपुरस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित उक्त बैठकमा जयपृथ्वी नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक संघका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

उक्त बैठक १२ वटै स्थानीय तहमा लागू हुने गरी यही २०८२ वैशाख २४ र २५ गते सञ्चालन गरिएको हो। कार्यक्रम साईपाल विकास समाजको आयोजनामा विश्वखाद्य कार्यक्रमको आर्थिक सहयोग र विश्व शिक्षा नेपालको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

शैक्षिक गुणस्तर सुधारका लागि जयपृथ्वी नगरपालिकाका ४६ वटै विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विश्व शिक्षा नेपालका जिल्ला अधिकृत पदमसिँह धामीले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताउँदै प्रभावकारी शिक्षण प्रणालीका बारेमा मार्गदर्शन गर्नु भयो ।

जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रमको अध्यक्षता जयपृथ्वी नगरपालिका वडा नम्बर १० का अध्यक्ष पुष्पसिंहले गर्नुभयो । प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति संयोजक नरबहादुर बोहरा रहनुभएको थियो भने विशिष्ट अतिथिमा जयपृथ्वी नगरपालिका उपमेयर सुरज सिंहको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयका पदाधिकारी, नागरिक समाजका प्रतिनिधि, तथा सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो ।

साईपाल विकास समाज बझाङ प्रारम्भिक तह सिकाइ कार्यक्रमका संयोजक शिवराज बुढाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । त्यस्तै, विश्वखाद्य कार्यक्रमका फिल्ड संयोजक राजेन्द्र बहादुर रसाइलीले विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमबारे विस्तृत जानकारी गराउनुभएको थियो ।

समन्वय समितिमा सम्पन्न उक्त कार्यक्रममा १८० बढी सहभागी रहेको जानकारी प्राप्त भएको छ । कार्यक्रममा समन्वय प्रमुख नरबहादुर बोहराले पछिल्लो समय सरकारी विद्यालयहरूको गुणस्तर खस्किएको बताउँदै, सबै शिक्षकलाई जिम्मेवार बन्न र गरिब परिवारका छोराछोरीको भविष्यप्रति संवेदनशील रहन चेतावनी दिनुभयो । सहभागीहरूले शिक्षा सुधारका लागि ४८ बुँदे कार्ययोजना प्रभावकारी रूपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज