Advertisement

समाचार

संसदमा जनार्दन शर्माको गर्जन: सरकार यतिसम्मको गैरजिम्मेवार किन ?

संसदमा जनार्दन शर्माको गर्जन: सरकार यतिसम्मको गैरजिम्मेवार किन ?

समाचार
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सांसदहरुले संसदमा उठाएका प्रश्नको जवाफ दिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले सांसदहरुले उठाएका प्रश्नमा सरकार ग्म्भीर भएर जवाफ दिनुपर्ने माग गरेका हुन् । उनले सरकारालई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत सरकारलाई निर्देशन दिनुपर्ने माग गरे । नागरिकका प्रश्नमा सरकार समाधानतिर नगएको उनको आरोप छ । उनले भने, ‘नागरिकका प्रश्नमा सरकार समाधानतिर होइन, जवाफ पनि दिन तयार छैन । यो गैरजिम्मेवारी किन ? म सभामुख महोदयलाई भन्न र आग्रह गर्न चाहन्छु, की शुन्य समय शुन्यमा उडाउन हो भने बन्द गरौँ, होइन भने सरकारलाई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत निर्देशनको माग गर्दछु ।’...
धनगढीमा लागू औषध सहित एकजना पक्राउ

धनगढीमा लागू औषध सहित एकजना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१३ कैलालीगाँउबाट सोही ठाउँ बस्ने ३६ वर्षीय सहदेव राना लागूऔषधसहित सोमवार पक्राउ परेका हुन्। रानालाई २५० मिलिग्राम लागूऔषधसहित प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरीको प्रमुखमा डीआईजी बिक आउने

सुदूरपश्चिम प्रदेश प्रहरीको प्रमुखमा डीआईजी बिक आउने

समाचार
धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बरबहादुर बिक आउने भएका छन्। प्रहरी प्रधान कार्यालयले साईबर ब्युरोमा कार्यरत रहेका बिकको सरुवा गर्दै सुदूरपश्चिमको जिम्मेवारी दिएको हो। यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका डीआईजी गणेशबहादुर चन्द सेवा निवृत्त भएपछि उक्त पद खाली रहेको थियो। चन्दको अवकाशपछिको खाली पद पूर्तिका लागि गरिएको निर्णय अनुसार बिकलाई प्रदेश प्रहरी प्रमुख बनाइएको हो। डम्बरबहादुर बिक लामो समयदेखि प्रहरी सेवामा अनुभव प्राप्त अधिकृत हुन्। उनले साइबर अपराध अनुसन्धानमा सक्रिय भूमिका निर्वाह गरेका थिए। साईबर ब्युरोमा कार्यरत रहँदा डिजिटल सुरक्षासम्बन्धी विभिन्न ठूला अनुसन्धानको नेतृत्व गरेका बिक अब सुदूरपश्चिम प्रदेशमा शान्ति सुरक्षा कायम गर्ने महत्वपूर्ण जिम्मेवारी सम्हाल्न लागेका हुन्। प्रहरी संगठनभ...
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुदुरपश्चिम प्रदेश को दोस्रो अधिवेशन बैशाख २७ गते धनगढीमा हुने

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुदुरपश्चिम प्रदेश को दोस्रो अधिवेशन बैशाख २७ गते धनगढीमा हुने

समाचार
धनगढी,  २१ बैशाख — राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन यही बैशाख २७ गते शनिबार धनगढीमा आयोजना हुने भएको छ। अधिवेशन नेकपा (एमाले) पार्टी कार्यालय, धनगढी कैलालीमा बिहान १० बजे सुरु हुने छ। महासंघको प्रदेश कार्यसमितिले सबै जिल्ला कार्यसमिति अध्यक्षहरूलाई पत्र पठाउँदै प्रतिनिधिहरूसहित उपस्थित हुन आग्रह गरेको छ। विधानअनुसार प्रतिनिधिहरूको सहभागिता अनिवार्य रहने छ। प्रदेश अध्यक्ष तप्त भण्डारीका अनुसार अधिवेशनको प्रमुख वक्ताका रूपमा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री माननीय कृष्णगोपाल श्रेष्ठको उपस्थिति रहनेछ। त्यस्तै, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष डा. झलक गौतमसहित संघका अन्य उच्च पदस्थ नेतृत्वहरू पनि सहभागी हुने कार्यक्रम रहेको छ। कार्यक्रममा संगठनको विगत कार्यको समीक्षा, नयाँ नेतृत्व चयन, नीति निर्माण र भाव...
राष्ट्रिय युवा संघ नेपाल बझाङको नयाँ नेतृत्व चयन, अध्यक्षमा धिरेन्द्र सिंह

राष्ट्रिय युवा संघ नेपाल बझाङको नयाँ नेतृत्व चयन, अध्यक्षमा धिरेन्द्र सिंह

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ:  राष्ट्रिय युवा संघ नेपाल बझाङको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। ३१ सदस्यीय नयाँ कार्यसमितिमा अध्यक्ष पदमा धिरेन्द्र ब. सिंह चयन भएका छन्। त्यस्तै उपाध्यक्षमा सपना कु बोहरा, सचिवमा उमेश सिंह रावल, सहसचिवहरूमा किशन बिष्ट र पवन बोहोरा चयन भएका छन् भने कोषाध्यक्षको जिम्मेवारी विष्णु बोहराले सम्हाल्ने भएका छन्। नव निर्वाचित अध्यक्ष धिरेन्द्र सिंहले निर्वाचनपश्चात् संक्षिप्त प्रतिक्रिया दिंदै भने, "युवा शक्ति परिवर्तनको मेरुदण्ड हो। हामी सबै मिलेर संगठनलाई सशक्त बनाउँदै जिल्लाभरका युवाको हितका लागि क्रियाशील हुनेछौं। संगठनात्मक अनुशासन, एकता र सक्रियताका माध्यमबाट हामीले नयाँ काम गर्नेछौं।" उनले सम्पूर्ण निर्वाचित पदाधिकारीलाई बधाई दिँदै युवा संघलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सबैको सहयोग र सहभागिता अपेक्षा गरेका छन्। नयाँ कार्यसमिति चयनसँगै स्थानीय युवा नेताहरूले आगामी...
विप्लव भ्रष्टाचारीलाई ठोक्दै, प्रहरी विप्लवलाई खोज्दै

विप्लव भ्रष्टाचारीलाई ठोक्दै, प्रहरी विप्लवलाई खोज्दै

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : ठेकेदार निर्माण सेवाले सिमेन्टमा माटाे मिसावट गरेकाे भेटिए पछि विप्लवले यस्तो नगर्न चेतावनी दिएको छ । बझाङ जिल्लाकाे दुर्गाथली गाउँपालिकाकाे मोरिबगर देखि चुवावन दौला जोड्ने सडकखण्ड अन्तर्गत ग्वालेखमा जारी निर्माण कार्यलाई स्थानीय बस्ती जोखिममा परेको भन्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा बिप्लव समूह बझाङले यस्तो नगर्न चेतावनी दिएको थियाे । स्थानीय बासिन्दाहरूले ग्वाल्लेक निर्माण सेवालाई पटक–पटक आग्रह गर्दा पनि बस्तीलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउने खालको पूर्वाधार नबनाइएको भन्दै स्थानीयहरुले पटकपटक असन्तुष्टि जनाउँदै आएका थिए । स्थानीय र विप्लव बझाङकाे माग थियो कि निर्माण स्थलमा डबल नालाको व्यवस्था गरिनुपर्छ, ताकि बस्तीमा बाढी तथा भुक्ष्यजन्य जोखिम न्यूनीकरण हाेस । तर यता निर्माण कम्पनीले लापरबाही गरेको देखिन्छ । यतिमात्र हैन, सम्बन्धित निर्माण सेवाले नागरिकको गम्भीर माग...
धनगढीमा १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

धनगढीमा १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

समाचार
  धनगढी, वैशाख १९ –१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (विश्व मजदुर दिवस) को अवसरमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, धनगढीको हलमा सम्पन्न भयो। उक्त कार्यक्रम सङ्घका अध्यक्ष लक्ष्मण ठकुराठीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घका केन्द्रीय उपाध्यक्ष मिन शाहको उपस्थिति थियो। विशिष्ट अतिथिहरूमध्ये सङ्घका संस्थापक अध्यक्ष तथा  पिन धनगढीका अध्यक्ष सन्तोष वर्णवाल, निवर्तमान अध्यक्ष दिनेशराज भट्ट, नेपाल औषधि व्यवसायी सङ्घ कैलालीका अध्यक्ष प्रेम बिसी, उपाध्यक्ष डम्मर ऐरी तथा नेपाल औषधि थोक व्यवसायी सङ्घ सुदूरपश्चिम कार्यसमिति सदस्य राजेन्द्र जोशी सहभागी थिए। कार्यक्रममा श्रमिक दिवसको ऐतिहासिक पृष्ठभूमि, औषधि प्रतिनिधिहरूको योगदान, ...
एमाले अछामको नेतृत्व निर्विरोध चयन,अध्यक्षमा उपाध्याय

एमाले अछामको नेतृत्व निर्विरोध चयन,अध्यक्षमा उपाध्याय

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम : नेकपा एमालेको अछाम जिल्ला अध्यक्षमा शिव प्रसाद उपाध्याय चयन भएका छन्। नवौं जिल्ला अधिवेशनबाट अध्यक्ष सहितको पुरै कार्यसमिति निर्विरो चयन भएको हो। जिल्ला कमिटी अध्यक्षका लागि उपाध्यायसँगै निर्वतमान अध्यक्ष चन्द्र बोहरा र बम बीसी अन्तिम समयसम्म आकांक्षी थिए। बोहरा र बीसीले चुनावमार्फत टुंगो लगाउन निर्वाचन समिति र नेताहरुलाई घच्घच्याइरहेका थिए। तर अध्यक्ष मण्डलले चुनावमा नजाने र सहमतिबाटै टुंग्याउने अडान राखेपछि सबै सर्वसम्मत चयन भएका हुन्। जिल्ला उपाध्यक्षमा तिलक कुँवर, सचिवमा हिरण्य भट्टराई, उपसचिवमा टोपबहादुर शाही र गौमती शाही सर्वसम्मत निर्वाचित भएका छन्। ८५ जना जिल्ला कमिटी सदस्य र सात जना लेखा समितिका पदाधिकारीहरुसमेत सर्वसम्मत निर्वाचित भएका छन्। एमाले अछामको अधिवेशन बैशाख १३ गतेबाट शुरु भएको  थियो।जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य झपट बोहरा,केन्द्रीय सदस्य यज्ञ बोगटी, क...
एमाले बैतडी जिल्ला सचिवालय सदस्य विष्ट माओवादी केन्द्र प्रवेश, प्रचण्डले गरे स्वागत

एमाले बैतडी जिल्ला सचिवालय सदस्य विष्ट माओवादी केन्द्र प्रवेश, प्रचण्डले गरे स्वागत

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, बैतडी, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर:  सत्तारुढ नेकपा एमालेको बैतडी जिल्ला कमिटी सचिवालय सदस्य काशी सिह विष्ट माओवादी केन्द्र प्रवेश गरेका छन् । दोगडाकेदार गाउँपालिकाका पूर्व गाउँ कमिटी अध्यक्ष विष्ट बुधबार एमाले छाडेर माओवादी प्रवेश गरेका छन । विष्टलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टिका लगाएर पार्टी प्रवेश गराए । माओवादी केन्द्रको तराई–मधेस जागरण अभियान’ अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित कार्यक्रममा समापन समारहोमा विष्टले माओवादी प्रवेश गरेका छन् ।...
प्रचण्ड नेतृत्वको ‘जनतासँग माओवादी’ अभियान : कञ्चनपुरमा यस्ता छन् श्रृंखलाबद्ध कार्यक्रम

प्रचण्ड नेतृत्वको ‘जनतासँग माओवादी’ अभियान : कञ्चनपुरमा यस्ता छन् श्रृंखलाबद्ध कार्यक्रम

कन्चनपुर, समाचार, सुदूरपश्चिम
कञ्चनपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला कञ्चनपुरमा हुनुहुन्छ । हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई-मधेस जागरण अभियान अन्तर्गत बुधबार बिहानैदेखि कञ्चनपुरमा विभिन्न कार्यक्रमहरू भइरहेका छन् । एकाबिहानै अध्यक्ष प्रचण्ड सहित नेता-कार्यकर्ताहरू बिहानी पैदलयात्रा (मर्निङ वाक) मा हुनुहुन्छ । त्यसलगत्तै पुनर्वासमा सहिद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको प्रचण्ड सचिवालयले जनाएको छ । बिहान ९ बजे बेलौरीस्थित रामनगर खानेपानी आयोजना उद्घाटन कार्यक्रम रहेको छ । त्यसपछि बेलौरीको शोभातालस्थित सहिद स्मारकमा माल्यार्पण र शोभाताल क्षेत्रको अवलोकन गरिने बताइएको छ । बिहान १०:१५ बजेदेखि ११ बजेसम्म बेलौरी नगरपालिकाको सभाहलमा विशेष स्वागत तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिने भनिएको छ । त्यसलगत्तै कलकत्ता हाटबजारको अवल...
हुलाकी सडकको अवस्था विरुद्ध बेलौरिका जनता आन्दोलित

हुलाकी सडकको अवस्था विरुद्ध बेलौरिका जनता आन्दोलित

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिका–८ र ९ का स्थानीयवासी हुलाकी सडक निर्माणमा ठेकेदारको लापरवाही र आफुहरुले खेप्नुपरेको सास्तीका विरुद्ध आन्दोलित भएका छन् । आज सोमवार दिउँसो उनीहरुले कलकत्ता र रतनपुरबीचको पुल क्षेत्रमा सडक अवरुद्ध गर्दै आक्रोश पोखेका हुन् । २०७३ सालदेखि निर्माण थालिएको हुलाकी सडकको काम अझै अलपत्र छ । जिम्मा पाएको सिद्धिशाही–बाबाहंश जेभीले पटक–पटक समय थपेर समेत काम सम्पन्न नगरेपछि स्थानीयको धैर्य टुटेको हो । “काम गर्दैन, बिल उठाउँछ,“ आक्रोशित स्थानीयहरू भन्छन्, “दुई–चार दिन देखाउन काम गर्छ, फेरि हराउँछ । अब त आन्दोलनबाहेक विकल्प छैन ।“ ६२ किलोमिटर लम्बाइको डोकेबजार–बेलौरी–बेलडाँडी–दैजी हुलाकी सडक तीन खण्डमा विभाजन गरिएको छ । बेलौरीदेखि बेलडाँडीको २० किलोमिटर र बेलडाँडी–दैजीको २२ किलोमिटर खण्डमा करिब आठ पटक समय सिमा थपिएको भए पनि कामले गति लिएको छैन । सडकको हालक...
बझाङको बुंगलमा रहेको गोइचनगाड जलविद्युत आयोजना तीन वर्षदेखि बन्द

बझाङको बुंगलमा रहेको गोइचनगाड जलविद्युत आयोजना तीन वर्षदेखि बन्द

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: बझाङको बुंगल नगरपालिका–१ गोइचनमा रहेको गोइचनगाड लघु जलविद्युत आयोजना विगत तीन वर्षदेखि बन्द हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । वि.स.२०६५ सालमा निर्माण गरेको १६ किलोवाट क्षमताको उक्त जलविद्युत आयोजनाबाट गोइचनका करिब २०० परिवार लाभान्वित हुँदै आएका थिए ।  उक्त जलविद्युत आयोजना निर्माणमा गरिबी निवारण कोष र सप्रोज नेपाल र एन्साप नेपाल संस्थाको २७ लाख लगानी रहेको र बाकी स्थानियले जनश्रमदान गर्नुभएको थियो । तीन वर्षअघि आएको बाढीका कारण आयोजनामा प्रयोग हुने मेसिनमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको हो । आर्थिक अभाव तथा मर्मत सामग्री अभावका कारण विद्युत पुनः सञ्चालनमा आउन सकेको छैन । विद्युत बन्द भएपछि दैनिकी निकै कष्टकर बनेको स्थानीय बिर्ख बोहराले बताउनुभयो । “अन्धकारमा रात बिताउनु त सामान्य भयो, मोबाइल चार्ज गर्न, विद्यार्थीले पढ्न, घरायसी काम गर्न पनि समस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज