Advertisement

शौचालयमा हुनसक्छ ठूलो दुर्घटना, कस्तो सावधानी अपनाउने ?

Advertisement

शौचालय तथा वाथरुम हाम्रो जीवनको अति महत्वपूर्ण हिस्सा हो । यदि हामी स्वस्थ र ठिकठाक छौँ भने अवश्य पनि दिनमा धेरै पटक शौचालयको प्रयोग गर्ने गर्छौँ ।

दिनमा कयौँ पटक छिर्नुपर्ने शौचालय दुर्घटनाको उच्च जोखिम भएको ठाउँ पनि हो । प्रायगरी शौचालयको सतह चिप्लो हुनेगरी बनाइएको हुन्छ । अनि साबुन तथा यस खालका वस्तुको प्रयोग अनि कुनैबेला सतहमा लेउ जमेर पनि सतह चिप्लो भइरहेको हुन्छ ।

विशेष गरी बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा अशक्त व्यक्तिहरू शौचालयमा चिप्लिएर दुर्घटनामा पर्ने जोखिम बढी हुन्छ । यस बाहेक पनि शौचालयमा धेरै प्रकारका दुर्घटना हुने गरेका छन् ।

शौचालयमा कस्ता-कस्ता दुर्घटना हुन्छन् ? यसबाट कसरी जोगिने ?

शौचालय दुर्घटना हुने कारणहरू

चिप्लो सतह

शौचालयमा दुर्घटना हुने मुख्य कारण चिप्लो सहत नै हो । प्रायगरी भुइँमा टायल वा भुइँ चिप्लो वस्तु राखिएको हुन्छ । यो चिप्लोपनले लड्ने जोखिम बढाउँछ ।

चिप्लो जुत्ता-चप्पल

सतह चिप्लो हुने त छँदैछ, यदी हामीले शौचालयमा लगाउने जुत्ता-चप्पल चिप्लो खालको छ भने त्यो पनि दुर्घटनाको अर्को कारण हुन्छ ।

कम प्रकाश

शौचालयमा कम उज्यालो बत्ती राख्ने, बत्ती बिग्रिएमा हत्तपत्त नबनाउने गरेको पनि देखिन्छ । यस्तोमा प्रकाश कम भएर त्यहाँका अवरोधहरू राम्रोसँग नदेखिँदा अल्झिने, लड्ने भएर दुर्घटना हुनसक्छ ।

समाउने कुरा नहुनु

शौचालयमा कसैगरी शरीर धर्मरायो वा लड्न खोजियो भने तत्काल समाइहाल्ने रेलिङ वा अन्य वस्तु नहुँदा पनि लडेर दुर्घटना हुने जोखिम धेरै हुन्छ ।

करेन्ट तथा जलन

शौचालय बिजुलीका सर्किटहरू राखिएको हुनसक्छ । विद्युतीय उपकरणहरू राखिएको हुनसक्छ । यस्तोमा खुल्ला अवस्थामा छ वा सर्टिकहरूमा पानी परेर वा कुनै कारणले करेन्ट बाहिर प्रवाह भएका बेला हामीले ती ठाउँमा छुन पुग्यौँ भने करेन्ट लाग्न् जोखिम हुन्छ ।

अस्तव्यस्त व्यवस्थापन

शौचालयमा रहेका धारा, हात धुन बेसिन राखिएको छ भने वा अरु कुनै धारिला वस्तुमा ठोक्किएर टाउको वा शरीरका कुनै भागमा काट्ने, चोट लाग्ने सम्भावना पनि हुन्छ । साबुन, तौलिया, बाल्टिन, सफा गर्न राखिएका ब्रस आदि अव्यवस्थित तरिकाले राखिएको छ भने अल्झिएर लड्ने जोखिम हुन्छ ।

अस्वस्थ अवस्थामा 

चक्कर लाग्ने, कमजोरी हुने वा मुटु तथा अन्य दीर्घरोग भएका व्यक्तिलाई शौचालयमै एक्कासी समस्या देखिने र लडेर चोटपटक लाग्ने हुनसक्छ ।

शौचालयमा लड्दा के हुन्छ ?

चिप्लो भुइँमा लड्दा हात, खुट्टा, ढाड वा टाउकोमा चोट लाग्न सक्छ। यस्तो चोटले हड्डी भाँचिने, मर्किने वा गम्भीर चोटपटक लाग्ने सम्भावना हुन्छ । शौचालय गएकै बेला लडेर मृत्यु भएका धेरै घटना हामीले देखे, सुनेका हुन्छौँ ।

शौचालयमा अपनाउनुपर्ने सावधानीहरू

शौचालय तथा वाथरुममा हुने दुर्घटनाहरूलाई न्यूनीकरण गर्न विभिन्न सावधानीहरू अपनाउन सकिन्छ ।

१. सतह धेरै चिप्लो नबनाउने

शौचालयको सतहलाई नचिप्लिने बनाउनुपर्छ । अलि खस्रो खालको टायल प्रयोग गर्न सकिक्छ । नभए टायलमाथि म्याट राखेर नचिप्लिने बनाउन पनि सकिन्छ । रबर म्याटहरू राम्रो विकल्प हुनसक्छन् ।

२. भुइँ सुख्खा राख्ने

शौचालय तथा वाथरुममा नुहाउने वा पानीको प्रयोग गरिसकेपछि पुछेर सुख्खा बनाएर राख्नुपर्छ । सफा गर्ने क्रममा साबुन तथा यस खालका चिप्लिने वस्तुको प्रयोग गर्दा चिप्लो जानेगरी राम्रोसँग पखाल्नुपर्छ । सफा नगर्दा शौचालयमा लेउ जमेर चिप्लो हुने हुँदा बेला-बेला सफा गरिरहनुपर्छ ।

३. सही जुत्ता चप्पल छनोट

वाथरुममा चिप्लो नहुने जुत्ता वा चप्पल प्रयोग गर्नाले लड्ने जोखिम कम हुन्छ । वाथरुम पस्दा वा निस्कँदा धेरै हतार गर्न खोज्दा, धेरै छिटोछिटो पाइला चाल्न खोज्खा पनि कहिँलेकाहीँ दुर्घटना हुन्छ ।  त्यो कुरामा पनि ध्यान दिन आवश्यक छ।

४. पर्याप्त प्रकाशको व्यवस्था

वाथरुममा उज्यालो बत्ती जडान गर्ने। विशेष गरी रातको समयमा प्रयोग हुने बत्तीको व्यवस्था गर्नुपर्छ । बत्तीको स्विच वाथरुम बाहिर राख्नु राम्रो हुन्छ । मान्छे जानेवित्तिकै बल्ने सेन्सर लाइट प्रयोग गर्न पनि सकिन्छ ।

५. बिजुलीको सुरक्षित प्रयोग

वाथरुममा प्रयोग हुने बिजुलीका उपकरणहरू पानीबाट टाढा राख्नुपर्छ । वाटरप्रूफ बिजुलीका सामानहरू प्रयोग गर्नुपर्छ । ग्राउन्ड फल्ट सर्किट इन्टरप्टर जडान गर्नाले करेन्ट लाग्ने जोखिम कम हुन्छ।

६. संरचनागत सुधार

वाथरुमका भित्तामा ह्यान्डल, रेलिङ वा कुनै समाउने कुरा जडान गर्नाले लड्न लागेको खण्डमा तुरुन्त समाएर दुर्घटना हुनबाट जोखिन सकिन्छ । धारा तथा बेसिन सही तरिकाले सही स्थानमा राख्नुपर्छ ।

७. सामानको सही व्यवस्थापन

शौचालय तथा बाथरुममा प्रयोग हुने सामानहरू जथाभावी नराखी सही ठाउँमा व्यवस्थित गर्नुपर्छ ।

८. स्वास्थ्य समस्याप्रति सचेत हुने

चक्कर लाग्ने, कमजोरी भएका बिरामी व्यक्तिहरूलाई सहयोगीको साथमा शौचालय पठाउनुपर्छ । शौचालय गएपछि निस्किए कि छैनन् भनेर याद गरिरहनुपर्छ ।

९. आपतकालीन तयारी

शौचालय जाँदा भित्र बस्ने व्यक्तिले चुकुल लगाएको हुन्छ । चुकुल लगाएकै अवस्थामा लड्यो वा बेहोस् भयो भने ढोका फुटाएर बाहिर निकाल्नुपर्ने  हुँदा समय लाग्न सक्छ । यस्तो बेला घाइते व्यक्ति थप जोखिममा पर्छ । शौचालय तथा वाथरुममा आपतकालीन रुपमा बाहिरबाटै खोल्न मिल्ने खालका चुकुल राख्नु राम्रो हुन्छ ।

प्राथमिक उपचार किट शौचालयभित्र राख्न सकिन्छ । आपत पर्‍यो भने भित्रैबाट घण्टी बजाएर अरुलाई खबर गर्न मिल्ने बनाउन पनि सकिन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मू...
कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज