Advertisement

समाचार

मन्त्रालयको आदेश मिच्दै बझाङमै अडिए डा. नवराज जोशी, नयाँ मेसु हेरेको हेर्यै

मन्त्रालयको आदेश मिच्दै बझाङमै अडिए डा. नवराज जोशी, नयाँ मेसु हेरेको हेर्यै

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ दिनअघि डा. नवराज जोशी (संकेत नं. २१८५४७) लाई बझाङ जिल्ला अस्पतालबाट काज फिर्ता गर्दै सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको कार्यस्थलमा पठाउने निर्णय गरेको थियो । मन्त्रालयको निर्णय अनुसार जारी चलानी नं. ३२७४, मिति २०८२/०२/०६ को आधिकारिक पत्रबमोजिम डा. जोशीले तत्कालै जिल्ला अस्पताल छोड्नुपर्ने थियो । तर, निर्णयको ६ दिन पुग्दासमेत डा. जोशी अस्पतालमै अडिएका छन्, जसले कर्मचारी आचरण र कानुनी व्यवस्थामाथि नै प्रश्न खडा गरिदिएको छ । प्रशासनिक ऐनअनुसार, काज फिर्ता गरिएपछि तीन दिनभित्र रमाना बुझाई कार्यभार तोकिएको स्थानमा रिपोर्ट गर्नु पर्ने स्पष्ट व्यवस्था छ । तर डा. जोशीले मन्त्रालयको सो आदेशलाई बेवास्ता गर्दै अझै पनि बझाङ जिल्ला अस्पतालको कार्यकक्ष नछोडेको पुष्टि भएको छ । यसबीच मन्त्रालयले डा. सन्दीप ओखेडालाई नयाँ मेसु (मुख्य स्वास्थ्य अधिकृत) को रूपमा ब...
युवा व्यवसायी सुवेदीद्वारा छोरीको जन्मदिनमा अनाथ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग

युवा व्यवसायी सुवेदीद्वारा छोरीको जन्मदिनमा अनाथ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ — दुर्गाथलि गाउँपालिका–१ चौधरीस्थित मदन भण्डारी बाल आश्रममा रहेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको छ। केदारस्यूँ गाउँपालिका–९ झोतामा व्यवसाय गर्दै आएका दिपेश मोबाइल ग्यालरीका सञ्चालक लेखराज सुवेदीले आफ्नी छोरी एलिना सुवेदीको तेस्रो जन्मोत्सवको अवसरमा बालबालिकालाई सहयोग गरेका हुन्। जन्मदिनको अवसरलाई फजुल खर्चमा प्रयोग गर्नुको सट्टा आश्रममा आश्रित अनाथ तथा असहाय बालबालिकालाई सहयोग गरेर मनाउनु पुण्यको काम हुने विश्वास व्यक्त गर्दै उनले उक्त सहयोग गरेका हुन्। उक्त अवसरमा सुवेदीले आश्रममा रहेका १७ जना बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए। आज बिहानै उनी परिवारसहित आश्रम पुगेका थिए र आफ्नै हातले सामग्री प्रदान गरेका थिए। सामग्री वितरण कार्यक्रममा सुवेदी परिवारका सदस्य, स्थानीय जनप्रतिनिधिहरू, बाल आश्रम सञ्चालक टिम तथा समुदायका केही प्र...
रोजगारीको प्रलोभनमा फसाइएका नेपाली युवाको उद्धार

रोजगारीको प्रलोभनमा फसाइएका नेपाली युवाको उद्धार

Breaking News 2, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- रोजगारीको प्रलोभनमा पारेर भारत पुर्याइएका ५८ नेपाली युवालाई भारतीय प्रहरी, नेपाल प्रहरी, नागरिक संस्था र नेपाली दूतावासको सहकार्यमा बुधबार उद्धार गरिएको छ। उनीहरू उत्तराखण्डको रुद्रपुरमा २३ र कासिपुरमा ३५ जना गरी छुट्टाछुट्टै स्थानमा बन्धक बनाइएका थिए। घर–घरमा राखेर जबर्जस्ती थुनेको सूचना पाएपछि दूतावास र सुरक्षाकर्मीको टोलीले उनीहरूको उद्धार गरी गड्डाचौकी नाकाबाट नेपाल ल्याएको हो। कञ्चनपुर नाकामा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र डीआईजी डम्बरबहादुर विश्वकर्माले उनीहरूलाई स्वागत गरे। सुदूरपश्चिमका युवालाई घर पठाउने व्यवस्था गरिएको छ भने अन्यलाई अस्थायी बसोबासको प्रबन्ध मिलाइएको छ। उद्धार गरिएका युवामध्ये कैलाली र डोटीका ११ जना छन् भने बाँकी चितवन, सुनसरी, पाँचथर, ताप्लेजुङ, स्याङ्जा, धादिङ, दाङ, कास्की, रुपन्देही, इलामलगायत १३ जिल्लाका ४६ जना रहेका छन्। घटनासँग सम्बन्...
मनसुन सक्रिय : केही ठाउँमा भारी वर्षा, तराईमा हावाहुरीको जोखिम

मनसुन सक्रिय : केही ठाउँमा भारी वर्षा, तराईमा हावाहुरीको जोखिम

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं— हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ भने मधेश प्रदेशमा आंशिक बदलीसहित मौसम प्रायः सफा देखिएको छ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमसहित अन्य पहाडी भूभागमा केही स्थानमा तथा बाँकी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ। त्यस्तै, सबै प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र...
समाजसेवा, राजनीति र समृद्धिका नायक: रामबहादुर सिंह

समाजसेवा, राजनीति र समृद्धिका नायक: रामबहादुर सिंह

समाचार
बझाङ, खप्तड छान्ना — समाजसेवामा समर्पित जीवन र नेपाली काङ्ग्रेसको निष्ठावान कार्यकर्ता भनेर परिचित रामबहादुर सिंहको योगदान अहिले पनि स्थानीय जनमानसमा उत्तिकै सजीव देखिन्छ। खप्तड छान्ना गाउँपालिका–५, मोतुवामा २०२६ साल असार १२ गते स्वर्गीय अर्जुन बहादुर सिंह र रुद्रादेवी सिंहको कोखबाट जन्मिएका सिंह सामाजिक परिवर्तनका एक सशक्त अभियन्ता मानिन्छन्। बाल्यकालदेखि नै समाजप्रतिको जिम्मेवारीबोधसहित हुर्किएका सिंहले प्रारम्भिक शिक्षा खप्तड माध्यमिक विद्यालयबाट सुरु गरे भने कक्षा ६ देखि १० सम्मको अध्ययन बाजुरास्थित मालिका माध्यमिक विद्यालयमा पूरा गरे। शिक्षा सँगसँगै कराँतेमा प्रथम डनसम्मको उपाधि हासिल गरेका सिंहले मार्तडीमा कराँते प्रशिक्षण केन्द्रसमेत सञ्चालन गरेका थिए। मार्तडीमा केही समय सेवा गरेपछि उनी आफ्नो जन्मभूमि फर्किएर बझाङको सामाजिक विकासमा होमिएका थिए। सडक निर्माणदेखि विद्यालयलाई जग्ग...
सुदूरपश्चिम प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्षमा मंगलबार गजेन्द्र साउँद नियुक्त

सुदूरपश्चिम प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्षमा मंगलबार गजेन्द्र साउँद नियुक्त

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्षमा मंगलबार गजेन्द्र साउँद नियुक्त भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालका लागि कराते खेलमार्फत योगदान पुर्‍याउँदै आएका साउँदले अब युवा नेतृत्वको क्षेत्रमा पनि जिम्मेवारी सम्हाल्ने भएका हुन् । प्रदेश सरकारद्वारा उनलाई उक्त जिम्मेवारी दिइएको हो ।उनले प्रदेशको युवा नीतिहरू निर्माण, कार्यान्वयन तथा कार्यक्रम सञ्चालनमा उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।’सुदूरपश्चिमका युवाहरूको आवाज सरकारसमक्ष पुर्‍याउने, अवसर सिर्जना गर्ने र उनीहरूको क्षमता उजागर गर्ने कार्यमा म समर्पित रहनेछु।’कार्यकारी उपाध्यक्ष साउँदले भने ।...
मष्टा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४४ करोड  अनुमानित बजेट सार्वजनिक

मष्टा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४४ करोड अनुमानित बजेट सार्वजनिक

Breaking News 1, ट्रेन्डिङ, बझाङ, मुख्य समाचार, राजनीति, समाचार
बझाङ, मष्टा मष्टा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४४ करोड ३५ लाख २१ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १२ औं गाउँसभा अधिवेशनमार्फत उक्त बजेट उपाध्यक्ष हर्क बहादुर धामीले मंगलबार प्रस्तुत गर्नु भएको हो। सभामा बोल्दै गाउँसभा अध्यक्ष ज्ञानबहादुर बोहराले बजेटका प्राथमिकता क्षेत्रहरूबारे जानकारी दिनुहुँदै भन्नुभयो, “शिक्षा, कृषि, रैथाने बाली, उद्यमशिलता, पर्यटन, सूचना प्रविधि र गुणस्तरिय भौतिक पूर्वाधार विकास तथा डिजिटलमैत्री सेवा प्रवाहलाई केन्द्रमा राखेर आगामी वर्षको योजना बनाइएको छ।” यससँगै, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा समेत गाउँपालिकाले ध्यान केन्द्रित गरेको छ। तपवन र मष्टा माणु जस्ता धार्मिक स्थलहरूलाई लक्षित गर्दै विशेष कार्यक्रमहरू बजेटमा समावेश गरिएका छन्। बजेटले गाउँपालिकाको समावेशी र समृद्ध विकासको खाका...
ट्रम्पको दाबी : इरानका आणविक केन्द्र पूर्ण ध्वस्त

ट्रम्पको दाबी : इरानका आणविक केन्द्र पूर्ण ध्वस्त

Breaking News 3, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका आणविक केन्द्रहरू पूर्ण रूपमा ध्वस्त भएको दाबी गरेका छन्। यद्यपि अमेरिकी गुप्तचर निकायको प्रारम्भिक अनुसन्धानले आक्रमणले केही भौतिक क्षति पुर्‍याए पनि पूर्णरूपमा नष्ट गर्न नसकेको देखाएको छ। पेन्टागनको रक्षा गुप्तचर एजेन्सी (डिआइए) बाट आएको प्रारम्भिक क्षति मूल्याङ्कन प्रतिवेदन अमेरिकी सञ्चारमाध्यमहरूमा चुहावट भएको थियो। सो सूचनाको चुहावटप्रति ट्रम्प आक्रोशित बनेका छन्। ट्रम्प प्रशासनले भने इरानको आणविक कार्यक्रम अझै कायम रहेको भन्ने रिपोर्टलाई अस्वीकार गरिरहेको छ। मध्यपूर्वका लागि ट्रम्पका विशेष दूत स्टिभ विटकफले सूचनाको चुहावटलाई 'देशद्रोह'को संज्ञा दिएका छन्। त्यहीबीच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरान आक्रमणबाट पछि हट्नु इजरायलका लागि ऐतिहासिक विजय भएको प्रतिक्रिया दिएका छन्। इरानका राष्ट्रपति मासाउद पेजेस्खिनले भने ...
७०१ पालिकाको बजेट सार्वजनिक, काठमाडौंलगायत केहीले अझै पेश गरेनन्

७०१ पालिकाको बजेट सार्वजनिक, काठमाडौंलगायत केहीले अझै पेश गरेनन्

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ७०१ पालिकाले आगामी आर्थिक वर्षको बजेट संघीय पोर्टलमा प्रविष्ट गरेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार बुधबार बिहानसम्म ५२ पालिकाले बजेट प्रविष्ट गर्न बाँकी छ। सबैभन्दा धेरै मधेश प्रदेशमा बजेट प्रविष्ट नगर्ने पालिका छन्, जहाँ १३६ मध्ये ११२ पालिकाले मात्र बजेट पेश गरेका छन्। कोशीमा १३०, बागमतीमा ११०, गण्डकीमा ८४, लुम्बिनीमा १०१, कर्णालीमा ७७ र सुदूरपश्चिममा ८७ पालिकाले बजेट ल्याएका छन्। काठमाण्डौ महानगरपालिका र धरान उपमहानगरपालिकाले असार १० गतेसम्म बजेट पेश गर्न सकेनन्। संघीय राजधानी काठमाडौंले आन्तरिक विवादका कारण बजेट ल्याउन नसकेको हो। विराटनगर, वीरगञ्ज, ललितपुर, भरतपुर र पोखराले भने समयमै बजेट प्रस्तुत गरेका छन्। संविधानअनुसार पालिकाले असार १० गतेभित्र बजेट पेश गर्नुपर्ने व्यवस्था छ। अझै बजेट नल्याउने पालिकाहरूमा प्...
देशभर मनसुनी प्रभाव, सुदूरपश्चिम र कोशीमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव, सुदूरपश्चिम र कोशीमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भागमा पनि केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। साथै, सबै प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने महाशाखाले जनाएको छ। आज राति कोशी, कर्णाली र सुदूरपश्चिमसहित अन्य पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। रातिको समय पनि केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम...
सदरमुकाम चैनपुरबाट अवैध सामग्री बोकेको ट्रक गन्तव्यतर्फ हिँड्नै लाग्दा नियन्त्रणमा

सदरमुकाम चैनपुरबाट अवैध सामग्री बोकेको ट्रक गन्तव्यतर्फ हिँड्नै लाग्दा नियन्त्रणमा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ— जिल्लाको सदरमुकाम चैनपुरबाट अवैध रूपमा विभिन्न सामग्री बाहिर लैजान खोजिएको एक ट्रक नियन्त्रणमा लिइएको छ । जिल्ला प्रशासन कार्यालय र सुरक्षाकर्मीको संयुक्त टोलीले आज साझ चैनपुरस्थित एक गोदामबाट गन्तव्यतर्फ लैजाँदै गर्दा पुरानो बसपार्क क्षेत्रबाट मल्ल सप्लायर्सको  ना. १ ख १५१५ नम्बरको  ट्रकलाई नियन्त्रणमा लिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) सत्यकुमारी जोशीका अनुसार ट्रकमा न्यून गुणस्तरको मदिरा, ड्यु, ट्युबर, ठेल्ला, सुकुटी लगायतका सामग्री राखिएको थियो। प्रहरी स्रोतका अनुसार, बरामद सामग्रीको परीक्षण र स्रोत पहिचानका लागि आवश्यक अनुसन्धान सुरु गरिएको छ। गोदाम सञ्चालक र संलग्न व्यक्तिहरूबारे पनि खोजी भइरहेको जनाइएको छ। जिल्ला प्रशासनले यस्ता अवैध कारोवारविरुद्ध निगरानी कडा पारिएको बताएको छ।...
मष्टा गाउँपालिका वाडा न -४ मा विकास र पारदर्शिताको संयोजन: अध्यक्ष एवं प्रवक्ता उत्तम जोशी

मष्टा गाउँपालिका वाडा न -४ मा विकास र पारदर्शिताको संयोजन: अध्यक्ष एवं प्रवक्ता उत्तम जोशी

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
बझाङ, मष्टा – मष्टा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता उत्तम जोशीको नेतृत्वमा स्थानीय स्तरमा विकास निर्माणका काम तीव्र गतिमा अघि बढिरहेका छन्। सुशासन, पारदर्शिता र जनउत्तरदायित्वमा विशेष जोड दिँदै जोशीले वडा र गाउँपालिकाको दुबै तहमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्। अध्यक्ष जोशीको नेतृत्वमा वडा नं. ४ मा पछिल्लो दुई वर्षमा सडक विस्तार, योजना, शिक्षा सुधार, स्वास्थ्य सेवा सुदृढीकरण, तथा कृषि प्रवर्द्धन जस्ता कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन भएका छन्। शिक्षा क्षेत्रमा, विद्यालय भवन मर्मत, शैक्षिक सामग्री वितरण तथा छात्रवृत्ति कार्यक्रमहरू मार्फत अध्ययनलाई प्रेरणा दिइएको छ। स्वास्थ्य क्षेत्रमा, नियमित स्वास्थ्य शिविर, सुत्केरी भत्ता वितरण, र औषधि सहज पहुँचको लागि स्थानीय स्वास्थ्य चौकी सशक्त बनाइएको छ। कृषिमा, किसानलाई उन्नत बीउ, मल र प्रविधिमैत्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज