Advertisement

समाचार

जिल्लामै नमुनायोग्य काम : शैक्षिक सुधारमा दुर्गाथली–२ का वडाअध्यक्ष मिश्रको उत्कृष्ट नमुना कार्य

जिल्लामै नमुनायोग्य काम : शैक्षिक सुधारमा दुर्गाथली–२ का वडाअध्यक्ष मिश्रको उत्कृष्ट नमुना कार्य

Breaking News 1, बझाङ, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ,– बझाङको दुर्गाथली गाउँपालिका वडा नं. २ मा वडा अध्यक्ष धनराज मिश्रले शैक्षिक सुधार र योजनाबद्ध विकासमा देखाएको सक्रियता अहिले जिल्लामै नमुना योग्य मानिएको छ । वडास्तरमा पहिलो पटक “वडा आयोजना बैंक” निर्माणदेखि लिएर विपन्न विद्यार्थीलाई सहयोग, शिक्षकको सम्मानसम्मका कार्यले मिश्रलाई जिल्लाभर प्रशंसा मिलिरहेको छ । त्यसैगरी, पालिका स्तरको कक्षा ८ को परीक्षामा दुर्गाथली–२ वडाबाट द्वितीय स्थान हासिल गर्ने विद्यार्थीलाई जनही रु. १०,००० दिने निर्णय वडा अध्यक्ष मिश्रले गरेका थिए । योजना अनुसार, यस वर्ष आफ्नो वडाका एक जना विद्यार्थी पालिकाभर द्वितीय स्थान हासिल गर्न सफल भएपछि उक्त विद्यार्थीलाई नगद रु. १०,००० पुरस्कारसहित विशेष सम्मान प्रदान गरिएको थियो । यो निर्णयले शिक्षा क्षेत्रमा प्रतिस्पर्धा, प्रेरणा र प्रोत्साहन दिन सघाउने सहभागीहरूको भनाइ छ । आज सम्पन्न शैक्षिक सुधार कार्यक्रमम...
बालमन्दिर विद्यालयमा अभिभावक–शिक्षक बृहत अन्तरक्रिया सम्पन्न

बालमन्दिर विद्यालयमा अभिभावक–शिक्षक बृहत अन्तरक्रिया सम्पन्न

समाचार
उत्तमकुमार थापा, बझाङ बझाङ जिल्लाको चैनपुरस्थित बालमन्दिर आधारभूत विद्यालयमा अभिभावक र शिक्षकबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा शैक्षिक बहस, विद्यालयको गतिविधि, विद्यार्थी सुधार गर्नुपर्ने पक्ष लगायतका विषयमा खुला छलफल गरिएको थियो। सुदूरपश्चिम प्रदेशको नमुना विद्यालयको रूपमा परिचित यस विद्यालयले गुणस्तरीय शिक्षामा निरन्तर सुधार गरिरहेको छ। सरकारी विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएको समयमा पनि बालमन्दिर आधारभूत विद्यालयमा हाल एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। जयपृथ्वी नगरपालिकामात्र होइन, जिल्ला स्तरीय शैक्षिक उपलब्धिमा समेत अग्रणी रहेको विद्यालयले स्थानीय सरकारद्वारा लिइएको परीक्षामा सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराएको हो। विद्यालयका शिक्षकहरू अनुशासनमा विशेष ध्यान दिने गरेका छन्। समयमै विद्यालय नआएका विद्य...
सुनपाल सामुदायिक वनको लगानीमा विपन्न युवालाई ड्राइभिङ तालिम

सुनपाल सामुदायिक वनको लगानीमा विपन्न युवालाई ड्राइभिङ तालिम

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली— कैलालीको गौरीगङ्गा नगरपालिका–७ मा रहेको सुनपाल सामुदायिक वन उपभोक्ता समूहले २२ जना विपन्न युवायुवतीलाई  निःशुल्क ड्राइभिङ तालिम दिएको छ। समूहले आफ्नै वार्षिक कार्यक्रमअन्तर्गत जीविकोपार्जनमा टेवा पुर्‍याउँदै रोजगार प्रवर्द्धन गर्ने उद्देश्यले ४५ दिने उक्त तालिम सञ्चालन गरेको हो। समूहका अध्यक्ष रामबहादुर कामीका अनुसार वन ऐन, २०७६ अनुसार सामुदायिक वनको आम्दानीको एक हिस्सा सामाजिक हितका कार्यक्रममा खर्च गर्नुपर्ने व्यवस्थाअनुरूप तालिम सञ्चालन गरिएको हो। गत वैशाख १३ गते सुरु भएको तालिम जेठ २६ गते सम्पन्न भएको थियो। तालिम मनकामना ड्राइभिङ सेन्टर, मसुरियाको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको थियो। समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि सवडिभिजन वन कार्यालय मसुरियाका वरिष्ठ वन अधिकृत विश्वराज पण्डितले वन संरक्षणसँगै सामाजिक तथा आर्थिक व...
डडेल्धुरामा सुनचाँदी व्यवसायीहरू आन्दोलित

डडेल्धुरामा सुनचाँदी व्यवसायीहरू आन्दोलित

Breaking News 1, Breaking News 2, Breaking News 3, मुख्य समाचार, समाचार
डडेल्धुरा, असार १३ गते — डडेल्धुरा सुनचाँदी व्यवसायी संघको अगुवाइमा आज जिल्लाभरका सुनचाँदी व्यवसायीहरू आन्दोलित बनेका छन्। संघले जारी गरेको विज्ञप्तिअनुसार सरकारले लगाएको २ प्रतिशत 'विलासी कर' लगायतका अन्य करसम्बन्धी निर्णयप्रति विरोध जनाउँदै व्यवसायीहरूले पसलहरू बन्द गरी शान्तिपूर्ण ढंगले विरोध जनाएका हुन्। व्यवसायीहरूको मुख्य मागहरू यस्ता छन्: १. सूचना अनुसारको २% विलासी कर खारेज गरियोस। २. विगतका वर्षहरूका पुराना बिल र हिसाबका झमेला अन्त्य गरियोस। ३. सूचना फिर्ता लिएर संवादको वातावरण तयार गरियोस। संघले सम्पूर्ण व्यवसायी, सरोकारवाला, र स्थानीय समुदायलाई एकजुट भई साझा आवाज उठाउन आह्वान समेत गरेको छ। स्थानीय व्यापारीहरूका भनाइमा, यस्तो कर प्रणालीले व्यवसाय धरासायी बनाउने खतरा छ र स्थानीय अर्थतन्त्रमा समेत नकारात्मक असर पार्न सक्छ।...
“सुरक्षा, चेतना र सहयोगमा DSP सुगन्ध श्रेष्ठको ९ महिना”

“सुरक्षा, चेतना र सहयोगमा DSP सुगन्ध श्रेष्ठको ९ महिना”

Breaking News 1, Breaking News 2, Breaking News 3, डडेल्धुरा, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेलधुरा, असार १२ डडेलधुरा जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी (DSP) सुगन्ध श्रेष्ठको नेतृत्वमा पछिल्ला ९ महिनामा प्रहरीले जनताको विश्वास जित्ने खालका जनमुखी कार्यहरूलाई प्राथमिकता दिएको छ। समुदाय–प्रहरी साझेदारी, लागूऔषध नियन्त्रण, ट्राफिक नियम कार्यान्वयन, विपद्‌ पूर्वतयारी, विद्यालय सुरक्षा, र युवामुखी कार्यक्रमहरूमा सक्रिय सहभागिताले जिल्लामा प्रहरीको छवि सकारात्मक बन्दै गएको छ। लागूऔषध नियन्त्रण अभियान जिल्लामा लागूऔषध दुव्र्यसन फैलँदो अवस्थामा रहेको चुनौतीलाई ध्यानमा राख्दै DSP श्रेष्ठको पहलमा विद्यालय, गाउँ र टोलमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको छ। युवा, विद्यार्थी, अभिभावक र शिक्षकहरूलाई लक्षित गरी लागूऔषधका असर र कानुनी व्यवस्था सम्बन्धी सन्देश प्रवाह गर्दै आएको छ। ट्राफिक सचेतना र जेब्रा क्रसिङ निर्माण सडक सुरक्षामा सुधार ल्याउने उद्देश्यले डडेलधुरा बजार ...
नवलपरासीको दाउन्ने सडकमा वर्षाका बेला राति गाडी सञ्चालनमा रोक

नवलपरासीको दाउन्ने सडकमा वर्षाका बेला राति गाडी सञ्चालनमा रोक

Breaking News 2, ताजा अपडेट, समाचार
काठमाडौँ- पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्डमा पानी परेको बेला राति सवारी सञ्चालनमा रोक लगाइएको छ। बिनयी खोलामा आउने बाढीका कारण जोखिम बढेपछि हिजो साँझ ७ बजेदेखि बन्द गरिएको सडक आज बिहान ५ बजे खुलेको प्रहरीले जनाएको छ। सडक डिभिजन कार्यालय भरतपुरले पाँच दिनअघि सार्वजनिक सूचना जारी गर्दै बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी सञ्चालनमा रोक लगाएको थियो। केही दिन पानी नपरेपछि गाडी निर्वाध गुडे पनि वर्षा शुरु भएपछि फेरि रातको सवारी रोकिएको हो। ६ महिनाअघि बिनयी खोलाको फलामे पुल भत्किएपछि निर्माणाधीन पक्की पुलको उत्तरतर्फ अस्थायी डाइभर्सन बनाएर सवारी सञ्चालन हुँदै आएको छ। पक्की पुलको ढलान दुई हप्ता अघि सकिएको र आगामी असार अन्तिमसम्म सञ्चालनमा ल्याइने सडक विभागले जनाएको छ। दुम्कीबासदेखि बर्दघाटसम्मको १४ किलोमिटर लामो दाउन्ने सडकखण्ड मोड र हिलाम्य भएकाले बारम्बार अवरुद...
देशभर आंशिकदेखि साधारण बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर आंशिकदेखि साधारण बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

Breaking News 1, मुख्य समाचार, समाचार
काठमाडौं- हाल देशभर आंशिकदेखि साधारणतया बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो समय कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ। आज दिउँसो देशका पहाडी भू-भागमा साधारण बदली रहनुका साथै बाँकी क्षेत्रहरूमा आंशिकदेखि साधारण बदली रहने महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा अन्य थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य थोरै स्थानमा म...
अन्तर्राष्ट्रिय लागू औषधविरुद्धको दिवसमा कृष्णपुर–१ मा सचेतनामूलक र्‍याली

अन्तर्राष्ट्रिय लागू औषधविरुद्धको दिवसमा कृष्णपुर–१ मा सचेतनामूलक र्‍याली

Breaking News 2, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर– अन्तर्राष्ट्रिय लागू औषध तथा अवैध तस्करीविरुद्धको दिवसको अवसरमा कृष्णपुर नगरपालिका–१ मा सचेतनामूलक र्‍याली आयोजना गरिएको छ। बैजनाथ बाल क्लबको आयोजनामा तथा वडा नं. १ को आर्थिक सहयोगमा संचालन गरिएको र्‍याली दोमिल्लास्थित राधाकृष्ण मन्दिरबाट सुरु भई पहरिया वडा कार्यालयसम्म सम्पन्न भएको हो। झण्डै ४ किलोमिटर लामो सो र्‍यालीमा वडा नम्बर १ का जनप्रतिनिधि, अस्थायी प्रहरी पोस्ट पहरियाका प्रतिनिधि, शिक्षक, विभिन्न विद्यालयका बाल क्लब पदाधिकारी लगायत स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो। र्‍यालीमा ८२ जना बालबालिकासहित १०–१५ जना विभिन्न संघसंस्थाका कर्मचारीहरू सहभागी थिए। कार्यक्रमका क्रममा सहभागीहरूले लागू औषधको प्रयोगले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरबारे जनचेतना फैलाउने उद्देश्यले प्लेकार्ड र नाराबाजीसहित प्रदर्शन गरेका थिए। बालमैत्री समाज निर्माणका लागि वडा नं. १ ...
केदारस्यूँमा शुक्रबार शोक विदा

केदारस्यूँमा शुक्रबार शोक विदा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ— केदारस्यूँ गाउँपालिका–२ का वडासदस्य एवं गाउँसभा सदस्य कमला रावलको असामयिक निधनप्रति शोक प्रकट गर्दै गाउँपालिकाले एक दिनको सार्वजनिक विदा घोषणा गरेको छ। २०८१ साल असार १२ गते विहीबार स्व. रावलको निधन भएको सूचना प्राप्त भएपछि गाउँपालिकाले १३ गते शुक्रबार एक दिन शोक विदा दिने निर्णय गरेको हो। गाउँपालिका कार्यालयद्वारा जारी सूचनामा दिवंगत सदस्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै शुक्रवार सम्पूर्ण पालिकाभर शोक विदा दिइने उल्लेख गरिएको छ। वडासदस्यको निधनले पालिकालाई गहिरो क्षति पुगेको जनाउँदै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ। स्व. रावल सामाजिक रूपले समेत सक्रिय, विनम्र र कर्तव्यनिष्ठ जनप्रतिनिधिका रूपमा परिचित थिए। गाउँपालिका अध्यक्ष गणेश बहादुर बोहराद्वारा हस्ताक्षरित सूचनामा शोक व्यवस्थापन सम्बन्धमा जानकारी दिन सूचनाको प्रकाशन गरिएको उल्लेख छ।...
डडेल्धुरामा जेब्रा क्रसिङ निर्माण – ट्राफिक सुरक्षामा थप मजबूती

डडेल्धुरामा जेब्रा क्रसिङ निर्माण – ट्राफिक सुरक्षामा थप मजबूती

Breaking News 1, Breaking News 2, Breaking News 3, डडेल्धुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने केन्द्रविन्दु डडेल्धुरा बजार क्षेत्रमा पैदल यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय डडेल्धुरा र स्थानीय व्यवसायीहरूको सहकार्यमा जेब्रा क्रसिङ निर्माण सम्पन्न गरिएको छ। उक्त क्षेत्र सुदूरपश्चिमको महत्त्वपूर्ण आवागमन मार्ग भएकोले यहाँको ट्राफिक व्यवस्थापन विशेष चुनौतीपूर्ण रहँदै आएको छ। यसलाई व्यवस्थित बनाउन यो जेब्रा क्रसिङ एक सकारात्मक पहलको रूपमा लिइएको छ। यस कार्यमा डिएसपी सुघन्दा श्रेष्ठको नेतृत्व र पहल उल्लेखनीय रहेको छ। उहाँकै निर्देशनमा ट्राफिक प्रहरी टोलीले समन्वय गर्दै निर्माण कार्य सफल बनाएका हुन्। स्थानिय व्यवसायीहरूको सहयोग र जनसरोकारयुक्त सहभागिता पनि प्रशंसनीय रह्यो। ट्राफिक सचेतना बढाउने यस्ता प्रयासबाट बजार क्षेत्र सुरक्षित, व्यवस्थित र अनुशासित बन्ने अपेक्षा गरिएको छ। डडेल्धुरा...
चुहिने छानो, कठ्यांग्रिँदो चिसोमा टिंकर सीमा सुरक्षा गर्दै छायालेक चौकीका प्रहरी

चुहिने छानो, कठ्यांग्रिँदो चिसोमा टिंकर सीमा सुरक्षा गर्दै छायालेक चौकीका प्रहरी

Breaking News 3, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला— दार्चुलाको टिंकरस्थित छायालेक प्रहरी चौकीमा कार्यरत १३ जना प्रहरी जीर्ण गाह्रो र चुहिने छानामुनि सीमाको सुरक्षा गर्न बाध्य छन्। समुद्री सतहदेखि ३,४०० मिटर उचाइमा रहेको र चीनको सीमा नजिकै पर्ने उक्त चौकीमा भवनको अवस्था अत्यन्तै जर्जर छ। दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश दाहालका अनुसार चौकी भवन निर्माणका लागि हालसम्म कुनै पनि निकायबाट बजेट प्राप्त भएको छैन। “सुदूरपश्चिम प्रदेश सरकारले थोरै मर्मतसम्भारको बजेट दिने अनौपचारिक जानकारी आएको छ,” उनले भने, “तर अन्य निकायबाट कुनै सहयोग आएको छैन।” छायालेक चौकीमा असई मानबहादुर रोकायाको नेतृत्वमा १३ जना प्रहरी खटिएका छन्। कठ्यांग्रिँदो चिसोमा उनीहरू आगो ताप्दै रात बिताउन बाध्य छन्। तर, दाउराको समेत अभाव छ। यो समस्या केवल छायालेकमा सीमित छैन। नेपालभर २,६६० प्रहरी कार्यालयमध्ये १,८६९ को मात्रै आफ्नै भवन छन् भने ३७० कार्य...
बझाङ जिल्ला कमिटीलाई टेर्दैनन भैरव सिंह, सामाजिक संजालमा विरोधमा उत्रिदै

बझाङ जिल्ला कमिटीलाई टेर्दैनन भैरव सिंह, सामाजिक संजालमा विरोधमा उत्रिदै

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: नेकपा एमाले बझाङमा पछिल्लो समय आन्तरिक गुटबन्दी र विवाद चर्किदै गएको छ । जिल्लाको तल्लो भाग देउलेखमा असार १० र ११ गते बसेको जिल्ला कार्यसमितिको बैठकले संगठनात्मक सुदृढीकरणमा जोड दिने निर्णय लिएको थियो । तर उक्त बैठकलाई प्रदेशसभा क्षेत्र नं. २ का इन्चार्ज अफिलाल ओखेडा र जिल्ला इन्चार्ज भैरव सिंहले अनाधिकृत भन्दै सामाजिक सञ्जालमा खुला असहमति जनाएपछि विवाद झन् नयाँ उचाइमा पुगेको छ । २०८१ मंसिर २४–२६ गतेको स्वच्छ प्रतिस्पर्धाबाट निर्वाचित वर्तमान जिल्ला कमिटीको निर्णयलाई खुलेआम अस्वीकार गर्दै भैरव सिंह स्वयं पार्टी अनुशासन र विधानको उल्लंघन गर्दै आइरहेका छन् । इन्चार्जको हैसियतमा पार्टी एकता र अनुशासन कायम गर्नुपर्ने जिम्मेवारी वहन गर्नु पर्नेमा, उनले उल्टै कार्यसमितिको अधिकारमाथि प्रश्न उठाउँदै असहयोग र विरोधको बाटो अँगालेका छन् ।   जिल्ला कमिटी सचिव नयन बोहराले इन्चार्ज सिंहलाई...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज