धनगढी: अपांगता भएका व्याक्तिहरुका लागि अन्तर प्रदेश स्तरीय ह्रिलचेयर बास्केटबल प्रतियोगिता सुरु भएको छ ।

आज एक कार्यक्रमका विच कार्यक्रमकाे उद्घघाटन भएको हाे । धनगढीमा रहेकाे वाल्मीकि ईन्टरनेस्नल स्कुलमा २७ / २८ गतेका लागि कार्यक्रम सुरुभएकाे सामाजिक बिकास मन्त्रीका स्वकीय सचिव राजेन्द्र साउदले बताए ।


स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ अपांगता भएका ब्याक्तिहरुका लागि ह्रिलचेयर बास्केटबल प्रतियोगिता राखिएको स्राेतकाे भनाइ छ । आज सामाजिक विकास मन्त्री झपट बहादुर साउदले एक कार्यक्रमका विच उद्घघाटन गर्नु भएको हाे । कार्यक्रम प्रदेश स्तरीय रहेकाे छ । जसमा ह्विलचेयर बास्केटबल प्रतियोगिता खेलमा लुम्बिनी प्रदेस कर्णाली प्रदेश सु,प प्रदेस गरि जम्मा ४ वटा टिम प्रतिस्पर्धामा भएको हाे ।
