बझाङ : बझाङ जिल्लाकाे साईपाल गाउँपालीकामा पुर्णिामा मेलाको पुर्ण तयारी भएको छ ।

दशैकाे पाच दिन पछि लाग्ने याे मेला निकै रमाइलो हुने गर्छ । जिल्लाकाे शिल्देवी मेला सँगसँगै साईपाल गाउँपालीकामा पनि मेला लाग्ने गर्छ । जसमा आज पहिलो दिन यस मेलामा बेलुकी सास्कृतिक कार्यक्रम गर्ने गरिन्छ भने दाेस्राे दिनमा डेउडा खेल हुने गाउँपालीका अध्यक्ष मानविर बाेहराले बताए ।

पुर्णिामा मेला सधैं झै काडा माध्यामिक बिद्यालयकाे प्राङ्गणमा सुरु भएको छ । विभिन्न प्रदर्शन सहित आज पहिलाे दिन स्थानीय सास्कृतिक कार्यक्रम रहेकाे छ । मेलामा डेउडा प्रतियोगिता महिला पुरुष भलिबल प्रतियोगिता सहित विभिन्न कार्यक्रम रहेका छन । करिब एक हप्ता सम्म मला सञ्चालन हुने गरेको स्राेतकाे भनाइ छ ।
