
धनगढी – धनगढीका चारवटा वडाहरुमा ‘एकीकृत मोबाइल एप’ सुरु भएको छ।
जिआइजेटको सहयोगमा धनगढीका उपमहानगरपालका वडा नम्बर ३, ११, १६ र १८ मा एकीकृत मोबाइल एप सुरु भएको हो।
एपमा स्थानीय सरकारबाट सम्प्रेषित सम्पूर्ण सूचनाको जानकारी, घरबाटै नगरवासीले आफ्नो समस्या तथा गुनासो सिधै जनप्रतिनिधीसँग राख्ने, आफ्ना व्यक्तिगत कागजातहरु अपलोड गरी भण्डारण गर्न सक्ने जिआइजेटका जीवन श्रेष्ठले बताए।
पालिकाले कुनै पनि समयमा जो कोहीको लागि कागजातहरूको डिजिटल प्रतिलिपि उपलब्ध गराउन सकिने र पालिकाका सम्पूर्ण वेबसाइटको विवरणका बोरेमा एकीकृत रूपमा जानकारी पाइने उनले बताए।
धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी रानाले पालिकालाई प्रविधिमैत्री बनाउन पहल भइरहेको बताइन्।
उनले उपमहानगरबाट प्रवाह हुने सेवाका बारेमा सेवा ग्राहीले घरबाटै जानकारी लिन सक्ने व्यवस्था गर्न लागेको बत्ताइन्।
उपप्रमुख रानाले पालिकाबाट पाउने सेवासुबिधाका बारेका जानकारी, पालिका र वडाबाट जारी गरिने सूचना र सेवा ग्राहीले सेवाका बारेमा गुनासो गर्न सक्ने गरी प्रविधिको विकास गर्न लागि परेको समेत बताइन्।

