कैलाली – दुर्गा प्रसाईँलाई बन्दी बनाएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन परेको छ ।
प्रसाईको राष्ट्र बचाउ अभियानले बिहीबार काठमाडौंको बल्खुमा प्रदर्शन गरेको थियो । त्यसक्रममा झडप समते भएको थियो ।
प्रसाईँले तीनकुनेमा निरन्तर प्रदर्शन गर्ने घोषणा गर्दै नेता र बैंकका सीईओहरुमाथि आक्रमण गर्ने धम्की दिएपछि गृह प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
तीनकुने क्षेत्रमा प्रदर्शन गर्न जम्मा भएकाहरुलाई पक्राउ गरेको छ भने प्रसाईको घर परिसरमा समेत सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।
प्रसाईँले भने आफूलाई घरमै नजरबन्दमा राखेको भन्दै सर्वोच्चमा रिट दायर गराएका छन् । प्रसाईँको तर्फबाट डा. सुरेन्द्र भण्डारीले दायर गरेको रिट निवेदनमा धरपकड, भेटघाटमा आएकाहरुलाई केरकार गरेर राज्य आतंक सिर्जना गरेको दाबी गरिएको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३