Advertisement

समाचार

धनगढीको एक नास्ता पसलमा चोरी

समाचार
धनगढी - कैलालीको धनगढीमा एक नास्ता पसलमा चोरी भएको छ । शुक्रवार राति चटकपुरको लक्ष्मी नर्सरी नजिकै न्यूरोड चोकमा रहेको नास्ता पसलमा चोरी भएको हो । नास्ता पसल सञ्चालक राजकुमारी भट्टराईका अनुसार सटरको ताला तोडेर पसलमा चोरी भएको हो । चोरले पसलको गल्लामा राखिएको करिब चार हजार नगद र चार आना सुनको बाली लगेको भट्टराईले बताइन् ।  चोरले पसलमा रहेका भाडा वर्तन पनि चोरी गरेको भट्टराईले बताइन् ।...

धनगगढीको गिरिजा स्टोरबाट दुई लाख बढीको प्याज बरामद 

समाचार
कैलाली - धनगगढीको एक स्टोरबाट भन्सार छलीका प्याज बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-४ दक्षिणकाली सब्जिमण्डी नजिकै माँ–गिरीजा स्टोरबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख २७ हजार मूल्य बराबरको प्याज बरामद गरिएको हो ।  प्याजसहित धनगढी-२ शिवरत्नपुरका २७ वर्षीय धर्मेन्द्र चौधरीलाई शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुल्दीप चन्दले जानकारी दिए ।...

सुदूरपश्चिम सरकारले प्राविधिक विश्वविद्यालय खोल्ने

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय सञ्चालनको तयारी थालेको छ । सरकारले सम्भाव्यता अध्ययनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ ।  सामाजिक विकास मन्त्रालयले शिक्षासम्बन्धी विज्ञ, राजनीतिक दलका नेता, जनप्रतिनिधि र सरोकारवालासँगको सङ्गोष्ठीको आयोजना गरेर यस सम्बन्धमा राय, सल्लाह सुझाव लिएको छ । सो गोष्ठीका अध्यक्ष सामाजिक विकासमन्त्री झपट बहादुर साउदले सरकारले आफ्नै लगानीमा प्राविधिक धारको विश्वविद्यालय स्थापना गर्न लागेको बताए । गोष्ठीमा प्राविधिक विश्वविद्यालय स्थापनासम्बन्धी कार्य गर्न गठित समितिका संयोजक डा. लवदेव अवस्थी, सुदूरपश्चिम विश्वविद्यालयका उपकूलपति प्राडा अम्मरराज जोशी र पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वविद्यालयबारे विविध स्तुतीकरण गरेका थिए ।...

‘भ्वाइस अफ नेपाल’ काे पाँचाैँ सिजनकाे उपाधि विनोद राईलाई

समाचार
काठमाण्डाैं - 'द भ्वाइस अफ नेपाल'काे पाँचाैँ सिजनको उपाधि इलामका विनोद राईले जितेका छन् ।  गएराति ललितपुर गोदावरीमा रहेकाे सनराइज हलमा भएको ग्राण्ड फिनालेमा राईले तीन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् । विजेता राईले २० लाख रूपैयाँसहित विभिन्न पुरस्कार हात पारेका छन् । दर्शकले दिएको भाेटकाे आधारमा विजेता घोषणा गरिएको हाे ।  विजेता राई कोच मिलन नेवारकाे समूहबाट प्रतिनिधित्व गर्छन् ।  यस्तै, मकरबहादुर योञ्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भएका छन् । 'द भ्वाइस अफ नेपाल' काे पाँचाैँ सिजनमा प्रमोद खरेल, राजेश पायल राई, मिलन नेवार र उदय सोताङ कोचको भूमिकामा रहेका थिए । ...

बझाङमा भूकम्पको धक्का   

समाचार
बझाङ - बझाङमा भूकम्प गएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो । बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ । सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा आएर फेरि घर फर्किएका छन् ।...

दाङ बस दुर्घटना : चक्का नघुमेपछि बस नदीमा खसेको चालकको बयान

समाचार
दाङ - दाङको भालुबाङमा शुक्रबार राति भएको बस दुर्घटना प्राविधिक कारणले भएको चालकले बताएका छन् । सल्यान त्रिवेणी निवासी २८ वर्षीय चालक लालबहादुर नेपालीले प्रहरीसमक्ष चक्का नघुमेपछि  बस पुलबाट राप्ती नदीमा खसेको बयान दिएका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले बस चालक लालबहादुरले सापट बिग्रिएर चक्का नघुमेपछि बस नदीमा खसेको बयान दिएको बताए । यद्यपि दुर्घटनाको प्राविधिक जाँच भने हुन बाँकी रहेको उनले बताए  । दुर्घटनामा सामान्य घाइते भएका चालक लालबहादुर प्रहरीको नियन्त्रणमा छन् । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजे पुलबाट तल राप्ती नदीमा खसेको थियो । भालुबाङको ट्राफिक बिट पार गरेको केहीबेरमा बस पुलको दायाँतर्फबाट पुलको रेलिङ भत्काएर नदीमा खसेको थियो । दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २० बढी घाइते भएका...
नेपाल प्रहरीका अधिकारीले कार्यक्रममा बोल्न अनुमति लिनुपर्ने

नेपाल प्रहरीका अधिकारीले कार्यक्रममा बोल्न अनुमति लिनुपर्ने

समाचार
काठमाडौं : अब नेपाल प्रहरीका अधिकारीले कुनै पनि सार्वजनिक कार्यक्रममा बोल्न अनुमति लिनुपर्ने भएको छ । सार्वजनिक कार्यक्रमहरूमा संगठनको धारणाविपरीत बोल्दा समस्या बढ्न थालेपछि प्रधान कार्यालयले मातहतका प्रहरी कार्यालयलाई परिपत्र गरेर अनुमतिबिना कार्यक्रममा गएर नबोल्न निर्देशन दिएको हो । कार्यक्रममा निमन्त्रणा भएका सम्बन्धित प्रहरी अधिकृतहरूले कार्यक्रमको विषयवस्तु, विषय विज्ञता, कार्यक्रमका सम्बन्धमा सांगठनिक धारणा रायसुझाव के-कस्ता हुन सक्छन् भन्ने नजरअन्दाज गरी प्रहरी महानिरीक्षकको सचिवालयमा कुनै जानकारी नदिई आफूखुसी सहभागी हुने र अभिव्यक्ति पनि दिने गरेको देखिएको भन्दै प्रहरी महानिरीक्षकको सचिवालयले यसमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।...

प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि

समाचार
काठमाडौं - प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने यस प्रतियोगिता घरेलु क्रिकेटकै ठूलो प्रतियोगिता हो । एकदिवसीय फर्म्याटमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् । यसपटक राउण्ड रोविन लिगमा यस प्रतियोगिता हुनेछ । जसले गर्दा हरेक टोलीले कम्तीमा ९ खेल खेल्न पाउनेछन् । लिग चरणमा कुल ४५ खेल हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले सीधै फाइनल खेल्नेछ । अर्को यसपटक प्रतियोगिता उपत्यका बाहिरसमेत हुनेछ र कुल ३ मैदानमा खेलाइनेछ । जसमा काठमाडौंको टीयू मैदान र मुलपानी मैदान तथा भैरहवाको सिद्धार्थ क्रिकेट मैदान छन् ।...

कैलालीमा लागूऔषधसहित एक जना पक्राउ

समाचार
कैलाली - कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । लम्की चुहा नगरपालिका-१ लम्कीबाट ४०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाउँ बस्ने २० वर्षीय कमल शाही शुक्रवार साँझ पक्राउ परेका हुन् ।  गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...

सुदूरपश्चिम चलचित्र पत्रकार संघको अध्यक्षमा जोशी चयन

समाचार
धनगढी - सुदूरपश्चिम चलचित्र पत्रकार संघ कैलालीको अधक्षमा नागरिककर्मी पुष्पराज जोशी सर्वसम्मत चयन भएका छन् ।  शुक्रवार चलचित्र पत्रकार संघ नेपालको प्रस्तावित शाखाका रुपमा विशेष भेला तथा कार्यसमिति पुनर्गठन गरिएको हो । पुनर्गठीत समितिको उपाध्यक्षमा विवेक नागरी, सचिवमा कृत बिष्ट, सहसचिवमा सुनिता बिक, कोषाध्यक्षमा शंकर बोहरा र सदस्यहरुमा सागर कुश्मी (चौधरी), दिनेश बिष्ट, रमेश ऐडी, योगेन्द्र नायक, महेश बडु र गिरिजा प्रसाद पनेरु रहेका छन् । ...

धनगढीमा पृथ्वी जयन्तीका अवसरमा अन्तरक्रिया कार्यक्रम [फोटोफिचर]

समाचार
धनगढी - धनगढीमा पृथ्वी जयन्तीका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धनगढीको कैलाली बहुमुखी क्याम्पसको सेमिनार हलमा केएमसी सिर्जनशील क्लबको आयोजना र जागौँ युवा संस्था, धनगढीको सहकार्यमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा पृथ्वीनारायण शाह विस्तारवादी कि दूरद्रष्टा भन्ने शिर्षकमा वक्ताहरूले आफ्नो विचार राखेका छन् । कार्यक्रममा दिनेश एफएमका सह सम्पादक नारायण अवस्थीले तत्कालीन समयमा भएका राम्रा र नराम्रा कुराहरू सिकेर अहिलेका सत्तामा रहेकाले राज्य कसरी असफल हुने गर्थे, कस्तो षड्यन्त्र अपनाइन्थ्यो र कसरी राज्य सफल हुने गर्थ्यो भन्ने कुरा सिक्न जरुरी रहेको बताए । प्रजा बलियो भए मात्रै राज्य बलियो हुन्छ भन्ने सन्देश दिनुहुने पृथ्वीनारायण शाह वास्तवमै दूरद्रष्टा भएको ऐश्वर्य विद्या निकेतनका शिक्षक नरेन्द्र भट्टले बताएका छन् । ...

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण 

समाचार
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीजयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रवार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज