Advertisement

समाचार

युवा तथा खेलकुदमन्त्री लिम्बूलाई पत्नी शाेक

समाचार
विराटनगर - युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूकी श्रीमती गंगा लिम्बूको निधन भएको छ । ५८ वर्षीया गंगाको आज बिहान १ बजे मोरङको लेटाङस्थित घरमै निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशन विक्रम राईले बताए । गंगा क्यान्सर पीडित थिइन्। उनको अन्त्येष्टि आजै गरिने मन्त्री लिम्बूका स्वकीय सचिव राईले जानकारी दिए । केही महिना अघि मात्रै मन्त्री लिम्बुकी आमाको निधन भएको थियो ।...

धनगढीका युवालाई जापानमा सीप सिकाउन उपमहानगर र जाइकाबीच सम्झौता

समाचार
धनगढी - धनगढी उपमहानगरपालिकाले युवाहरूलाई सीप विकासका लागि जापान पठाउने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) सँगको सहकार्यमा उपमहानगरले युवाहरूलाई जापान पठाउने भएको हो।  धनगढीका युवाहरूले जापान गएर सीप सिकेर स्वदेश फर्किन पाउने भएका छन्। सम्झौतामा धनगढी उपमहानगरपालिकाको तर्फबाट नगरप्रमुख गोपाल हमाल र जाइकाको तर्फबाट प्रोजेक्ट म्यानेजर राजनकुमार पौडेलले बिहीवार हस्ताक्षर गरेका हुन्। जाइकाले मुख्य गरी धनगढीका युवाहरूमा उद्यमशीलता र करिअर विकासको अवसर दिन जापानका कम्पनीहरूमा धनगढीका युवालाई जोड्ने काम गर्ने पौडेलले बताए।  सम्झौताअनुसार  धनगढी उपमहानगरपालिकाले युवाहरूलाई जापानमा सीप सिक्न पठाउने छ। जापान जाने युवा स्वदेश फर्केपछि सीप सिकेको र रोजगार सिर्जना गर्ने बन्नुपर्ने नगरप्रमुख हमालले बताए। ‘एकजना जापान जान्छ भने पछि यहाँ आउँदा उसले पाँचजनालाई...

माघ ३ गते मधेश सरकारले स्वाभिमान दिवस मनाउने

समाचार
जनकपुरधाम - मधेश सरकारले स्वाभिमान दिवस मनाउने भएको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको हो । २०७८ माघ ३ गतेकै दिन तत्कालीन ‘प्रदेश नं. २’ को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट पास भएको थियो । त्यस दिनलाई स्वाभिमानी दिवसको रुपमा मनाउने निर्णय भएको मधेश सरकारका प्रवक्ता समेत रहेका गृहसञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिए । त्यस्तै माघ ५ गते मधेश सरकारले बलिदानी दिवस मनाउने र त्यस अवसरमा मधेश आन्दोलनसहित परिवार र घाइतेलाई आर्थिक सहयोग पनि गर्ने निर्णय भएको मन्त्री समिमले बताए । उनका अनुसार बलिदानी दिवसमा मधेश सरकारले वीरगञ्जमा कार्यक्रम आयोजन गर्ने छ ।...

कैलालीमा एक घरमा आगलागी 

समाचार
कैलाली - कैलालीको मोहन्यालमा एक घरमा आगलागी भएको छ । मोहन्याल गाउँपालिका–१ बसन्तगडाका २८ रामबहादुर कसेराको कच्चि एक तले घरमा बच्चाले आगो ताप्ने क्रममा आगो सल्किएर बिहीवार आगलागी भएको जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र धनगढीले जनाएको छ । आगलागी हुँदा १ लाख ३५ हजार बराबरको क्षति भएको केन्द्रले बताएको छ । घर पुर्ण रुपमा जलि नष्ट भएको र मानविय तथा पशु चौपायाको क्षति नभएको जनाइएको छ । ...

आज पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदै

समाचार
धनगढी - आज पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती, पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको रुपमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि.सं. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीकाे कोखबाट जन्मिएका पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएकाले उनको जन्मजयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउन थालिएको हो ।  विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार भएको थियो ।  पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेका इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोटमा विजय हासिल गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाण्डौ उपत्यकामा विजय हासिल गरेका थिए ।...

हायस पल्टिँदा एकको मृत्यु, २५ घाइते

समाचार
नेपालगन्ज - सुर्खेतबाट नेपालगन्जतर्फ आइरहेको हायस गाडी कोहलपुर सुर्खेत सडकखण्डअन्तर्गत बबईमा दुर्घटना भएको छ ।एकजनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार साझ भे १ ख ३६३० नम्बरको हायस सुर्खेत भेरिगंगा नगरपालिका वडा नम्बर ५ बबई नजिकै अनियन्त्रित भई पल्टेर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका ११ विजयनगर बस्ने वर्ष २३ का रोशन चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक सहित गाडीमा सवार अन्य २५ यात्रु घाइते भएका छन । घाइतेहरुलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर ल्याइएको छ ।...
आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

मुख्य समाचार, समाचार
बझाङ : नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज ३०२ औँ पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । यद्यपि, उनको आलोचना पनि उत्तिकै हुने गरेको छ । आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका छन् । यद्यपि यस वर्ष पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। यस वर्ष पनि राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउँदै छन् । ...
विश्वका घुम्नै पर्ने ३७ गन्तव्यको सूचीमा ‘मुस्ताङ’

विश्वका घुम्नै पर्ने ३७ गन्तव्यको सूचीमा ‘मुस्ताङ’

समाचार
अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नै पर्ने विश्वका ३७ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ । न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वर्णन गर्दै संसारका ३७ स्थानहरूमध्ये नेपालको मुस्ताङ पनि सन् २०२४ मा घुम्दै पर्ने पर्यटकीय स्थलको रूपमा रहेको जनाएका छन् । हिमालपारिको जिल्लाको नामबाट परिचित मुस्ताङ धैलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको बिचमा अवस्थित रहेको छ । करिव ३ हजार वर्ष भन्दा अगाडिको पुरातात्त्विक उत्खनन अनुसार यहाँबाट नेपाल र तिब्बत बिचको व्यापारिक मुख्य नाका रहेको थियो ।मुस्ताङको सदरमुकाम जोमसोम हो भने पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्छ । मुस्ताङ अन्नपूर्ण हिम शृङ्खलाको उत्तरमा पर्ने भएकाले एकदमै कम पानी पर्ने जिल्ला पनि हो । मुस...

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।  भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।  आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकाय बन्द रहने छन् ।  बाजुरा, बझाङलगायत पहाडी जिल्लामा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा समेत मनाउन थालिएको छ ।  पहाडबाट तराई झरेका बाजुरेली, बझाङ्गीले भुवा पर्व मनाउने गरेका हुन् । भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले पुस २६ देखि २८ गतेसम्म भुवाचाली खेल प्रतियोगिता आयोजना गर्ने जनाइएको छ ।...
अनेरास्ववियु सुदूरपश्चिम  प्रदेश को अध्यक्ष बने राई, सचिवमा रोकाया

अनेरास्ववियु सुदूरपश्चिम प्रदेश को अध्यक्ष बने राई, सचिवमा रोकाया

समाचार
कैलाली : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा मनोज राई चयन भएका छ। बुधबारदेखि सुरु भएको प्रदेश अधिवेशनमा बिहीबार बिहान उनको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो । प्रदेश कमिटी उपाध्यक्षमा रोहित बोगटी, दिनेश सिंह र इन्द्र बोहरा, सचिवमा कमल रोकाया, उपसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउँद तथा कोषाध्यक्षमा जेबी कुँवर निर्वाचित भएका छन्।...

कञ्चनपुरको भीमदत्त–६ का वडाध्यक्षको मृत्यु

समाचार
कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र खड्काको निधन भएको छ । बुधबार राति मोटरसाइकल दुर्घटनामा परी उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । भीमदत्त नगरपालिकाका प्रवक्ता समेत रहेका उनी वडाको ऐठपुर क्षेत्र नहर किनारमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

अत्तरियामा आजदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु

समाचार
धनगढी - कैलालीको अत्तरियामा आजदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु हुँदैछ ।  अत्तरियाको लामिताल परिसरमा बिहीवारदेखि आठौं संस्करणको महोत्सव सञ्चालन हुन लागेको हो ।  महोत्सवको पूर्वसन्ध्यामा बिहान ११ बजेदेखि प्रभातफेरी गरेर १ बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। महोत्सवको कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद वीर बहादुर बलायरले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको संघका अध्यक्ष कल्याण सिंह बोहराले बताए ।  १५० स्टल निर्माण गरिएको महोत्सवमा सबै बुक भइसकेको जनाइएको छ । यस वर्ष महोत्सवमा थारू गाउँ प्रदर्शनीको छुटै मञ्च तयार गरिएको छ । महोत्सव भित्रै मिनी महोत्सवको झल्को दिने गरी छुटै मञ्च र स्टल तयार पारिएको छ ।  महोत्सवमा सामान्य प्रवेश शुल्क १ सय र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । महोत्सवमा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज