
कैलाली – कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
लम्की चुहा नगरपालिका-१ लम्कीबाट ४०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाउँ बस्ने २० वर्षीय कमल शाही शुक्रवार साँझ पक्राउ परेका हुन् ।
गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।