Advertisement

धनगढीमा पृथ्वी जयन्तीका अवसरमा अन्तरक्रिया कार्यक्रम [फोटोफिचर]

Advertisement

धनगढी – धनगढीमा पृथ्वी जयन्तीका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

धनगढीको कैलाली बहुमुखी क्याम्पसको सेमिनार हलमा केएमसी सिर्जनशील क्लबको आयोजना र जागौँ युवा संस्था, धनगढीको सहकार्यमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा पृथ्वीनारायण शाह विस्तारवादी कि दूरद्रष्टा भन्ने शिर्षकमा वक्ताहरूले आफ्नो विचार राखेका छन् ।

कार्यक्रममा दिनेश एफएमका सह सम्पादक नारायण अवस्थीले तत्कालीन समयमा भएका राम्रा र नराम्रा कुराहरू सिकेर अहिलेका सत्तामा रहेकाले राज्य कसरी असफल हुने गर्थे, कस्तो षड्यन्त्र अपनाइन्थ्यो र कसरी राज्य सफल हुने गर्थ्यो भन्ने कुरा सिक्न जरुरी रहेको बताए ।

प्रजा बलियो भए मात्रै राज्य बलियो हुन्छ भन्ने सन्देश दिनुहुने पृथ्वीनारायण शाह वास्तवमै दूरद्रष्टा भएको ऐश्वर्य विद्या निकेतनका शिक्षक नरेन्द्र भट्टले बताएका छन् ।

‘घुस लिन्या र दिन्या देशका शत्रु हुन्’ भन्ने पृथ्वीनारायण शाहको भनाइलाई आजका पुस्ताले शिरोधार्य गर्नुपर्ने सुदूरपश्चिमाञ्चल एकेडेमीका पूर्व क्याम्पस प्रमुख कटक जप्रेलले बताए ।

आज पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती, पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीकाे कोखबाट जन्मिएका पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएकाले उनको जन्मजयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

धनगढी– कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालि...
२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

अछाम- अछामको मेल्लेख गाउँपालिकाको राजनीतिक वृत्तमा तरंग पैदा हुने गरी नेपाली कम्युनिष्ट पार्टी का पुराना नेता लोकबहादुर बोहरा ‘अवि...
आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

धनगढी- कैलालीको चुरे गाउँपालिका- २ देशना सलानीका लालबहादुर सार्कीको परिवारलाई आगलागीबाट भएको क्षतिपछि सङ्कलित सहयोग रकम हस्तान्तरण...
पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

चुल्ठिमा रिबनको डोरी, मुन्टा लाउन्या काटा, आउँदा जादा डिठ पणन्छे साइका सुत्न्या कोठा.. यस्तै गीतबाट हजारौँ स्रोता-दर्शकको मन जित...
औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

  नेपालगञ्ज, । औषधिको समुचित प्रयोग, गुणस्तरीय फार्मेसी सेवा प्रवाह तथा औषधि व्यवस्थापनका समसामयिक चुनौतीबारे सरोकारवालाबी...
आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

धनगढी- अछामको रामारोसन गाउँपालिका-५ की बालिका कल्पना बुढाको परिवारलाई संकलित रु ४ लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। व...
चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

  धनगढी, असार ८ – कैलालीको चुरे गाउँपालिका लाई आर्थिक वर्ष २०८२/०८३ का लागि पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गर...
समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

धनगढी- बझाङका युवा समाजसेवी तथा राजनीतिक व्यक्तित्व युवराज भण्डारी व्यवसायिक क्षेत्रमा प्रवेश गरेका छन्। लामो समयदेखि समाजसेवा र र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज