Advertisement

धनगढीमा पृथ्वी जयन्तीका अवसरमा अन्तरक्रिया कार्यक्रम [फोटोफिचर]

Advertisement

धनगढी – धनगढीमा पृथ्वी जयन्तीका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

धनगढीको कैलाली बहुमुखी क्याम्पसको सेमिनार हलमा केएमसी सिर्जनशील क्लबको आयोजना र जागौँ युवा संस्था, धनगढीको सहकार्यमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा पृथ्वीनारायण शाह विस्तारवादी कि दूरद्रष्टा भन्ने शिर्षकमा वक्ताहरूले आफ्नो विचार राखेका छन् ।

कार्यक्रममा दिनेश एफएमका सह सम्पादक नारायण अवस्थीले तत्कालीन समयमा भएका राम्रा र नराम्रा कुराहरू सिकेर अहिलेका सत्तामा रहेकाले राज्य कसरी असफल हुने गर्थे, कस्तो षड्यन्त्र अपनाइन्थ्यो र कसरी राज्य सफल हुने गर्थ्यो भन्ने कुरा सिक्न जरुरी रहेको बताए ।

प्रजा बलियो भए मात्रै राज्य बलियो हुन्छ भन्ने सन्देश दिनुहुने पृथ्वीनारायण शाह वास्तवमै दूरद्रष्टा भएको ऐश्वर्य विद्या निकेतनका शिक्षक नरेन्द्र भट्टले बताएका छन् ।

‘घुस लिन्या र दिन्या देशका शत्रु हुन्’ भन्ने पृथ्वीनारायण शाहको भनाइलाई आजका पुस्ताले शिरोधार्य गर्नुपर्ने सुदूरपश्चिमाञ्चल एकेडेमीका पूर्व क्याम्पस प्रमुख कटक जप्रेलले बताए ।

आज पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती, पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीकाे कोखबाट जन्मिएका पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएकाले उनको जन्मजयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ । हाल उहाँ विगत ४ वर्ष देखि कामना टेलिभिजन तथा कामनाटुडे अन्लाईन पत्रीकाको अध्यक्षको रुपमा हुनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

बझाङ- बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा बिस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको केदारस्यूँ गाउँपालिका...
घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

कैलाली : कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी सञ्चारकर्मी समूह गठन गरिएको छ। शनिबार सम्पन्न भेलाले खेम ढुङ्गानाको अध्यक्षतामा सा...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न “हाम्रो अभियान, कला संस्कृतिको पहिचान” भन्न...
काँग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काँग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौँ– नेपाली काँग्रेस रौतहटका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ। उनको पचारका क्रममा गएराति २:५८ बजे काठमाडौँ मेडिकल क...
बझाङमा ५४२ नयाँ मतदाता थप

बझाङमा ५४२ नयाँ मतदाता थप

बझाङ -आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित मतदाता नामावली सङ्कलन तथा अद्यावधिक अभियानअन्तर्गत बझाङमा ५ सय ४२ जना...
देशभर मौसम सामान्य, कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर मौसम सामान्य, कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ- हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका ...
बझाङमा मदिरा नियन्त्रणमा तीन दशकको संघर्ष, पालिकाको कानुनले बल्ल पायो सार्थकता

बझाङमा मदिरा नियन्त्रणमा तीन दशकको संघर्ष, पालिकाको कानुनले बल्ल पायो सार्थकता

न्यून गुणस्तरको मदिराका कारण जिल्लाको शान्ति सुरक्षा मात्रै नभई जनस्वास्थ्यमा समेत प्रतिकूल असर परेको भन्दै प्रतिबन्ध लगाउने निर...
भिरबाट खसेर घाइते भएका योगेन्द्र र  बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

भिरबाट खसेर घाइते भएका योगेन्द्र र बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

धनगढी। कैलालीको चुरे गाउँपालिका–२ बसन्तपुरका १० वर्षीय योगेन्द्र साउद भिरबाट खसेर गम्भीर घाइते भएका थिए। गोठालो जाने क्रममा भिरबाट...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज