Advertisement

समाचार

सुदूरपश्चिममा नयाँ डीआइजी केसीले सम्हाले कार्यभार

समाचार
धनगढी - प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका नयाँ हाकिम एवं ‍प्रहरी नायव महानिरीक्षक (डीआइजी) रविन्द्र केसीले पदभार सम्हालेका छन्।  केसीले आइतबार पदभार सम्हालेका हुन्। सुदूरपश्चिमका यस अगाडिका डीआइजी भरत बहादुर बोहराको सरुवा भएपछि केसी यहाँ आएका हुन्। ऊनी आइतबार नै कार्यालयमा हाजिर भएका थिए। उनले यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पीडितमैत्री सहज र द्रुत प्रहरी सेवा, मानव अधिकार संरक्षण, प्रहरीको आचरण र व्यवहारमा सुधार, आर्थिक अनुशासन, शुसासन, भ्रष्टाचार नियन्त्रण, तस्करी नियन्त्रण, चुस्त दुरुस्त प्रहरी परिचालनका विषयमा योजनाबद्ध ढंगले प्रहरी कार्य अगाडि बढाउन निर्देशन दिएका छन्।...

कञ्चनपुरमा अवैध रूपमा रूख काट्ने अध्यक्षसहित २ जना पक्राउ

समाचार
धनगढी - कञ्चनपुरमा सामुदायिक वनमा अवैध रुपमा रुख कटानी गरेकाे आराेपमा वनका अध्यक्षसहित दुई जनालाई पक्राउ गरिएकाे छ । कृष्णपुर नगरपालिका–२ वाणीकाे गडबिजला सामुदायिक वनमा सालका काचा रुख अवैध रुपमा कटानी गरेकाे आराेपमा वनका अध्यक्ष धनीराम चौधरीलाई पक्राउ गरिएको छ । रुख कटानीमा संलग्न रहेको भन्दै अध्यक्ष धनीराम र नारायण चौधरीलाई शनिबार अनुसन्धानका लागि नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त  प्रमुख कालीराम चौधरीले बताए । वनभित्र काटिएका रुख समेत डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ ।...

दार्चुलामा एक पुरुष मृत फेला 

समाचार
दार्चुला - दार्चुलामा ३२ वर्षीय एक पुरुष मृत फेला परेका छन्।  जिल्लाको महाकाली नगरपालिका–२ बडालीगाउँका शेरबहादुर बडाल मृत फेला परेका हुन्। बडाल सोही ठाउँस्थित बडाली खोला नजिकै आइतवार मृत अवस्थामा फेला परेका हुन्।  घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। ...

सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइँदै

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइँदैछ । माघेसङ्क्रान्तिलाई सुदूरपश्चिममा नरहरि पर्वका रुपमा मनाउने चलन रहेको छ । नरहरिमा कागलाई सेलरोटी र अन्य मीठो परिकार खुवाउने चलन रहेको छ । पुसको अन्तिम साँझ अथवा पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागका लागि राख्ने चलन छ । पुसको अन्तिम साँझ पकाएका खानेकुरा माघेसङ्क्रान्तिका दिन बिहानै नुहाइधुवाइ गरेर ‘का कौवा का, मेरो रोटी खा’ भन्दै कागलाई बोलाई खुवाउने गरिन्छ । धर्मशास्त्रअनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम कागले गर्ने मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको शास्त्रमा उल्लेख छ । कागलाई यमराजको सन्देश वाहकका रुपमा समेत पूजा गर्...

आजदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण

समाचार
काठमाडौँ - आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु हुँदैछ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ ।  सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको बताइएको छ ।...

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

समाचार
धनगढी - प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।   सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ ।  सूर्य उत्तरायण हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । सो दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । माघे सङ्क्रान्तिमा दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार पनि खाने चलन छ ।  माघे...

सुदूरपश्चिममा डीआइजी केसीले सम्हाले कार्यभार

समाचार
धनगढी - प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका नयाँ हाकिम एवं ‍प्रहरी नायव महानिरीक्षक (डीआइजी) रविन्द्र केसीले पदभार सम्हालेका छन्।  केसीले आइतबार पदभार सम्हालेका हुन्। सुदूरपश्चिमका यस अगाडिका डीआइजी भरत बहादुर बोहराको सरुवा भएपछि केसी यहाँ आएका हुन्। ऊनी आइतबार नै कार्यालयमा हाजिर भएका थिए। उनले यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पीडितमैत्री सहज र द्रुत प्रहरी सेवा, मानव अधिकार संरक्षण, प्रहरीको आचरण र व्यवहारमा सुधार, आर्थिक अनुशासन, शुसासन, भ्रष्टाचार नियन्त्रण, तस्करी नियन्त्रण, चुस्त दुरुस्त प्रहरी परिचालनका विषयमा योजनाबद्ध ढंगले प्रहरी कार्य अगाडि बढाउन निर्देशन दिएका छन्।...

१४ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि अत्तरियाको दुर्गालक्ष्मीलाई

समाचार
धनगढी - कैलालीको गोदावरी नगरपालिकामा सम्पन्न १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी दुर्गालक्ष्मी नमूना माध्यमिक अत्तरियाले जितेको छ। पुष २७ गते देखि सुरु भएको नगरस्तरिय प्रतियोगितामा दुर्गालक्ष्मी नमूना माध्यमिकले १३ स्वर्ण १७ रजत र १६ कास्य सहित जम्मा ४६ पदक सहित उपाधी जितेको हो।  प्रतियोगितामा ९ स्वर्ण ११ रजत र ७ कास्य सहित सैनिक आवासिय मावि तेघरीले दोस्रो स्थान हासिल गरेको छ। त्यस्तै ६ स्वर्ण, १ रजत र २ कास्य सहित दुर्गा भवानी माबि हरैया तेस्रो भएको छ। सामुदायिक र सस्थागत गरी ४२ विद्यालय सहभागि प्रतियोगितामा ६३ स्वर्ण, ५९ रजत र ७५ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा २० विद्यालयले मात्रै स्वर्ण पदक जित्न सफल भएका छन्।...

थारु समुदायमा माघीको रौनक

समाचार
धनगढी - तराईका भूमिपूत्र थारु समुदायमा माघ पर्वको रौनक सुरु भएको छ ।  नयाँ वर्षको रुपमा मनाइने माघ पर्व सो समुदायमा आजबाट सुरु भएपछि थारु बस्ती माघमय बनेको हो ।  माघी थारु समुदायको महान पर्व हो । यसलाई निकै उल्लासपूर्वक धुमधामसँग मनाउने गरिन्छ । पहिलो दिन आज बिहानैबाट जिता मार्ने कार्य भइरहेको गौरीगङ्गा नगरपालिकास्थित नुक्लीपुरका दिनेश दहितले बताए ।  माघको पहिलो दिन थारु संवतकाे अन्तिम दिन हुने गरेकाले यस दिन वर्षभरिको दुःखपीडा बिर्सेर रमाउने परम्परा रहेको बताइएको छ ।  माघ १ गते थारु समुदायको नयाँ वर्ष हो । भोलिदेखि थारु संवत् २६४७ सुरु हुँदैछ । आफ्नो नयाँ वर्षको दिन यो समुदायका मानिस बिहानै नदी, तलाउ, खोलामा नुहाएर आफूभन्दा ठुलालाई ढोगसलाम गर्ने र सानालाई आशीर्वाद दिने गर्दछन् । यसदिन रिसराग, आपसी वैमनस्य, झैझगडा सबै बिर्सेर एक आपसमा आत्मीयता दर्शाउनुका साथ...

कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

समाचार
कञ्चनपुर - कञ्चनपुरबाट तस्करीको सामान बरामद गरिएको छ । भीमदत्त नगरपालीका–६ बनगाउँबाट भन्सार छलीका अन्दाजी १ लाख ७१ हजार ५ सय मुल्य बराबरका ज्याकेट, भेष्ट, सुट, कपडा, कोटपाईन्टको कपडा र खुद्रा सामान प्रहरीले बरामद गरेको छ । बरामद गरेको सामान  भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।...

‘मानव जातिको पहिचानका लागि कला संस्कृतिको जगेर्ना आवश्यक छ’

समाचार
कैलाली - सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले कला संस्कृति बिनाको मानव अपूर्ण हुने बताएका छन् ।  नयाँ वर्षको रुपमा थारु चौधरी समुदायले मनाउँदै आएको माघ पर्वको अवसरमा कञ्चनपुरको कृष्णपुरमा आयोजित माघी मिलन कार्यक्रमको आइतबार उद्घाटन गर्दै मन्त्री साउदले पहिचानका लागि पनि उसले अपनाउने कला संस्कृतिको जगेर्ना आवश्यक रहेको बताएका हुन् । मानव जातिको विकासक्रमसँगै उसले सिकेको कला र अपनाउन थालेको सभ्यता र संस्कृतिको जगेर्ना गर्न सकेमात्रै हामी पनि मानव कहलाउने भएकाले परम्परादेखिका सकारात्मक प्रचलनलाई आत्मसाथ गर्नुपर्नेमा उनले जोड दिए । विभिन्न प्राकृतिक प्रकोपसँग जुझ्दै नेपालको पश्चिम तराईमा बस्ती विस्तार गर्ने थारु समुदाय यहाँको धर्ती पुत्र हो । मानव सभ्यतासँगै उसले अपनाएका कला संस्कृतिको जगेर्ना हाम्रो पहिलो प्राथमिता रहने भन्दै मन्त्री साउदले भने, "यो स...

नेपालभाषाका प्रख्यात गायक भृगुरामको निधन

समाचार
काठमाडौँ - नेपाल भाषाका प्रख्यात गायक भृगुराम श्रेष्ठको ९१ वर्षको उमेरमा आइतबार साँझ निधन भएको छ ।  अर्बुद रोगबाट पीडित गायक भृगुरामलाई केही दिनअघि वीर अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।  स्वर्गीय भृगुरामको अन्त्येष्टि सोमबार गरिने पारिवारिक स्रोतले जनाएको छ । उनका तीन छोरा र एक छोरीमध्ये एक छोरा, एक छोरी र श्रीमतीको निधन भइसकेको छ ।  नेपालभाषाका प्रख्यात गायकका रुपमा चिनिने भृगुरामले गायक र अभियनको क्षेत्रमा लामो योगदान गरेका छन् । भृगुराम विक्रम सम्वत् १९९० कात्तिक महिनामा जन्मिएका हुन् । सानैदेखि नेपाल भाषाको गीत र भजन गाउन थालेका भृगुरामले २००९ सालदेखि रेडियो नेपालमा गाउन थालेका हुन् । नेपाल भषाको ‘जीवन दबू’ कार्यक्रम हार्मोनियम बजाउँदै भृगुरामले प्रत्यक्ष गाउन थालेका हुन् । उनले गाएका नेपाल भाषाको लोकगीत ‘माया रे रतन, जि नं छंके माया’ त्यतिबेला जनजीव...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज