
काठमाडौँ – नेपाल भाषाका प्रख्यात गायक भृगुराम श्रेष्ठको ९१ वर्षको उमेरमा आइतबार साँझ निधन भएको छ ।
अर्बुद रोगबाट पीडित गायक भृगुरामलाई केही दिनअघि वीर अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।
स्वर्गीय भृगुरामको अन्त्येष्टि सोमबार गरिने पारिवारिक स्रोतले जनाएको छ । उनका तीन छोरा र एक छोरीमध्ये एक छोरा, एक छोरी र श्रीमतीको निधन भइसकेको छ ।
नेपालभाषाका प्रख्यात गायकका रुपमा चिनिने भृगुरामले गायक र अभियनको क्षेत्रमा लामो योगदान गरेका छन् ।
भृगुराम विक्रम सम्वत् १९९० कात्तिक महिनामा जन्मिएका हुन् । सानैदेखि नेपाल भाषाको गीत र भजन गाउन थालेका भृगुरामले २००९ सालदेखि रेडियो नेपालमा गाउन थालेका हुन् ।
नेपाल भषाको ‘जीवन दबू’ कार्यक्रम हार्मोनियम बजाउँदै भृगुरामले प्रत्यक्ष गाउन थालेका हुन् । उनले गाएका नेपाल भाषाको लोकगीत ‘माया रे रतन, जि नं छंके माया’ त्यतिबेला जनजीवनमा साह्रै लोकप्रिय थियो ।