
धनगढी – कैलालीको गोदावरी नगरपालिकामा सम्पन्न १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी दुर्गालक्ष्मी नमूना माध्यमिक अत्तरियाले जितेको छ।
पुष २७ गते देखि सुरु भएको नगरस्तरिय प्रतियोगितामा दुर्गालक्ष्मी नमूना माध्यमिकले १३ स्वर्ण १७ रजत र १६ कास्य सहित जम्मा ४६ पदक सहित उपाधी जितेको हो।
प्रतियोगितामा ९ स्वर्ण ११ रजत र ७ कास्य सहित सैनिक आवासिय मावि तेघरीले दोस्रो स्थान हासिल गरेको छ।
त्यस्तै ६ स्वर्ण, १ रजत र २ कास्य सहित दुर्गा भवानी माबि हरैया तेस्रो भएको छ। सामुदायिक र सस्थागत गरी ४२ विद्यालय सहभागि प्रतियोगितामा ६३ स्वर्ण, ५९ रजत र ७५ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा २० विद्यालयले मात्रै स्वर्ण पदक जित्न सफल भएका छन्।