
कञ्चनपुर – कञ्चनपुरबाट तस्करीको सामान बरामद गरिएको छ ।
भीमदत्त नगरपालीका–६ बनगाउँबाट भन्सार छलीका अन्दाजी १ लाख ७१ हजार ५ सय मुल्य बराबरका ज्याकेट, भेष्ट, सुट, कपडा, कोटपाईन्टको कपडा र खुद्रा सामान प्रहरीले बरामद गरेको छ ।
बरामद गरेको सामान भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।