राष्ट्रिय सभा सदस्य चुनावका लागि आजदेखि आचारसंहिता लागू
काठमाण्डाैं - आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले यसअघि आजदेखि माघ १२ गतेसम्म लागू हुने गरी आचारसंहिता जारी गरेको थियो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आचारसंहिता अवधिभर कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन पाइने छैन ।
यस्तै, प्रचारप्रसार लगायतका कुरामा पनि आयोगले गर्न नहुने कुराहरूको सूची सार्वजनिक गरिसकेको छ । कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी चुनावसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने उल्लेख छ ।
यस्तै, राजनीतिक दल वा उम्मेदवारको चुनाव चिह्न अङ्कित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गर...

