Advertisement

धनगढीमा माघ ८ गते विश्व हिन्दु परिषद् धनगढीद्वारा शोभायात्रा गरिँदै

Advertisement

धनगढी – रामको जन्मभूमिमा निर्माण भइरहेको नयाँ मन्दिरको भूतलको गर्भगृहमा भगवान् रामको बाल स्वरूपको नयाँ मूर्तिको प्राण-प्रतिष्ठा गरिने दिनका अवसरमा धनगढीमा शोभायात्रा आयोजना गरिने भएको छ ।

धनगढीमा माघ ८ गते विश्व हिन्दु परिषद् नेपाल धनगढी नगरसमितीको आयोजनामा उक्त शोभायात्रा गरिने भएको हो ।

भारतको अयोध्यामा भइरहेकोे उक्त नयाँ मूर्तिको प्राण-प्रतिष्ठालाई धनगढीको रामजानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर र मानवसेवा आश्रम लगायतका ठाँउबाट ठुलो पर्दामा देखाइने विश्व हिन्दु परिषद् नेपाल धनगढी नगरसमितीका अध्यक्ष महेन्द्रराज पन्तले बताएका छन् ।

त्यस्तै सोमबार, माघ ८ गते अपराह्न ३ बजे धनगढीको ट्राफिक चौराहबाट भजन कृतनसहित संगीतमय शोभायात्रा निकालिने उनले बताए । उक्त शोभायात्रामा विभिन्न संघ-संस्था, मठ-मन्दिरहरु, हिन्दु धर्मावलम्बीहरु र विभिन्न ठाँउमा उपस्थितिको लागि निमन्त्रणा गरिएको आयोजकले जनाएको छ ।

सोमबार, माघ ८ गते अपराह्न ३ बजे धनगढीको ट्राफिक चौराहबाट धनगढीको एलएन चोक हुँदै पार्कमोडसम्म शोभायात्रा गरिने छ भने उक्त दिन साझ सम्पूर्ण मन्दिरहरुमा दीप प्रज्वलन गरिने र सबैले आफ्नो घरमा पनि दियो बत्ती बालेर, भजन कृतन गरेर यस पुण्यको काममा सहभागी भइदिन अध्यक्ष पन्तले आग्रह गरेका छन् ।

उक्त नयाँ मूर्तिको प्राण-प्रतिष्ठा गरिने दिनमा आफ्नो मन्दिरमा अवस्थित देवी-देवताहरूको भजन-कीर्तन-आरती पूजा गर्न, सामूहिक रूपमा विजय महामन्त्र “श्री राम जय राम जय जय राम” १०८ पटक जप गर्न, सामूहिक रूपमा हनुमान चालिसा पाठ गर्न प्राणप्रतिष्ठाको दिन साँझ सूर्यास्त पछि आफ्नो घरको अगाडि दीप प्रज्वलन गरी देवतालाई प्रसन्न पार्ने गरी दीपोत्सव गर्नका लागि श्री राम जन्मभूमिको तीर्थ क्षेत्रबाट निवेदन गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज