धनगढी – बिहीबारबाट धनगढीको एसटीएस सिनेमामा दक्षिण भारतीय चलचित्र ‘हनुमान’ प्रदर्शनीमा आएको छ ।
तेजा सज्जाले अभिनय गरेको उक्त चलचित्र भारतमा १२ जनवरीदेखि रिलिज भएको हो ।
यतिबेला चलचित्र हनुमानले चर्चा पाइरहेको छ । उक्त फिल्ममा समाजमा चलिआएको परम्परावादी सोचमा पनि प्रश्न उठाएर असल समाजको निर्माण गरिनुपर्ने सन्देश दिन खोजिएको छ ।
फिल्ममा अधिकांश सम्बन्धको नकारात्मक वास्तविकता र शक्तिको दुरुपयोग गर्न खोज्ने समाजका गलत व्यक्ति र प्रवृत्तिलाई पनि उजागर गरिएको छ । कमजोर भएकै कारण आफन्तको वियोग पश्चात् हुने दर्दनाक पीडादायी क्षणलाई पनि चलचित्रमा समेटिएको छ ।
त्यस्तै गाउँ, राष्ट्र र सारा विश्वको विकास र समृद्धिका लागि प्रत्येक व्यक्तिले आपसमा मिल्नुपर्ने सन्देश दिइएको छ भने धर्मका लागि केही क्षति व्यहोर्नुपरे पनि अन्तिममा सत्यको जित हुने र सत्यलाई साथ दिनेको मात्रै भलो हुने सन्देश चलचित्र हनुमानले दिएको छ ।
हनुमान नामसँग नै एक किसिमको भावना जोडिएको र चलचित्र हनुमान पनि हेर्नका लागि एक राम्रो चलचित्र रहेकोे शनिबार एसटीएस सिनेमामा आएका दर्शकले बताएका छन् ।
भारतीय संचारमाध्यम पत्रिका डटकमका अनुसार २० करोडमा बनेको फिल्मले सात दिनमा आइपुग्दा १५० करोड बढी आम्दानी गरेको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३