
धनगढी – धनगढीमा रहेको मानवसेवा आश्रममा छाेरीकाे जन्मदिनमा धनगढी- १३ का साँउद दम्पतीद्वारा भोजनसेवा गरिएको छ ।
शनिबार धनगढी उपमहानगरपालिका-१३, सुर्याेदय टाेलका भानसिंह साँउद र दुर्गा साँउदले आफ्नी छाेरी करुणा साँउदकाे परेकाे जन्मदिनको खुसियालीमा आश्रममा भोजनसेवा गराएका हुन् ।
त्यस्तै साँउद दम्पतीले आश्रमकाे सेवामा नगद आठ हजार ५ सय सहयोग गरेका छन् ।
छाेरी करुणाकाे जन्मदिनमा काेही नभएका र केही नभएका व्यक्तिहरुकाे सेवामा समर्पित हुँदै आईरहेकाे यस आश्रमलाई सहयाेग गर्न पाउँदा आफुलाई आनन्दकाे महशुस भएको भानसिंह साँउदले बताएका छन् ।
उनले यस मानवीय सेवाकाे कार्यमा आगामी दिनहरुमा पनि सहयाेग गर्न प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

सामाजिक कार्यमा सक्रिय साँउदले यस अघिका वर्षहरुमा पनि आश्रममा सहयोग गर्दै आइरहेका मानवसेवा आश्रमका केन्द्रीय सदस्य, आदर्श ढकालले बताए ।