Advertisement

समाचार

खगराज भट्टलाई सुदूरपश्चिम संसदीय दलको नेताबाट नहटाउन माओवादीको निर्देशन

समाचार
काठमाण्डौं – नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीले संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाउने निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ ।  हिजो बसेको प्रदेश कमिटीको पदाधिकारी बैठकले दलको नेता परिवर्तन गर्ने निर्णय प्रदेशका हजारौँ कार्यकर्ताको मनोभावना विपरीत रहेको निष्कर्ष निकाल्दै निर्णय सच्याउन निर्देशन दिएको हो । शुक्रवार प्रदेश संसदीय दलको बहुमतले खगराज भट्टलाई दलको नेताबाट हटाउने निर्णय गरेको थियो । उनको ठाउँमा त्यसअघि प्रमुख सचेतक रहेका मानबहादुर धामीलाई दलको नेता चयन गरेको थियो । संसदीय दलको नेता हटाउने निर्णयप्रति प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको र निर्णय पार्टीको विधिविपरीत भएको प्रदेश कमिटीको ठहर छ ।...

कञ्चनपुरमा भारतबाट आएको उखु रोक्ने पाँच जना प्रहरी नियन्त्रणमा 

समाचार
कञ्चनपुर - कञ्चनपुरको बेलौरीमा रहेको महाकाली सुगर मिलमा भारतबाट भित्र्याइदै गरेको उखु रोक्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बेलौरी नगरपालिका–१० शिवनगर स्थित महाकाली सुगरमिल नजिक शनिबार राति केही स्थानीयले भारतबाट आएको उखु भन्दै ट्याक्टर ट्रालीलाई रोकेका थिए ।  बाटोमा ट्याक्टर ट्राली रोकिएपछि केहि बेर बादबिवाद भएको थियो । विवाद बढ्न थालेपछि महाकाली सुगर मिलमा आउदै गरेको उखु रोक्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय बेलडाडीका प्रहरी निरीक्षक कृष्ण कुँवरले मिलको गेटमा आएका ट्याक्टर ट्रालि रोकिरहेपछी सोधपुछ गर्न नियन्त्रणमा लिएको बताए । उनीहरुलाई नियन्त्रणमा लिएपछि उनका आफन्तले मिलको प्रवेश गेटमा ताला लगाएका छ्न् ।...

आहारारा गोल्डकप : आज संकटा र आर्मी सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्ने

समाचार
पोखरा - आहारारा पोखरा गोल्डकपमा आज साविक विजेता संकटा र नेपाल आर्मी सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन् । खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ । संकटा बाइ पाएर सीधै क्वार्टरफाइनल प्रवेश गरेको हो भने विभागीय टोली नेपाल आर्मीले आहारारामा नवप्रवेशी टिम राइजिङ स्टारलाई पराजित गर्दै अन्तिम ८ मा आइपुगेको हो । आहारारामा आर्मी र संकटा नयाँ प्रतिद्वन्द्वी भने होइनन् । यसअघि २ पटक सँगै क्वार्टरफाइनलमै भिडेका २ टिममा दुवैले एक/एक जित निकालेका छन् । अघिल्लो संस्करणमा पनि क्वार्टरफाइनलमै आर्मी र संकटाबीच भेट भएको थियो । क्वार्टरफाइनलमा आर्मीलाई ३–१ ले स्तब्ध पार्दै संकटा सेमिफाइनल यात्रा तय गर्‍यो । आर्मीलाई क्वार्टरफाइनलमा रोकेको संकटा अन्ततः प्रतियोगिताकै उपाधि विजेता बन्यो । ०७६ सालमा पनि दुवै टिम भिडेका थिए । जसमा ०७६ सालमा क्वार्टरफाइनलमा आर्मीले संकटालाई १...

एकीकृत समाजवादीको राष्ट्रिय परिषद् बैठक बस्दै 

समाचार
काठमाडौं - एकीकृत समाजवादीको राष्ट्रिय परिषदको बैठक आज काठमाडौंमा बस्दै छ ।  विधानको मस्यौदामा छलफल गर्न बोलाइएको बैठक काठमाडौंको भृकुटीमण्डपमा बिहान ११ बजे सुरु हुने जनाइएको छ । बैठक आज र भोलि दुई दिनसम्म चल्ने भएको छ । उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदलले तयार पारेको विधान मस्यौदा बैठकमा पेस हुने छ । राष्ट्रिय परिषद् सदस्यबाट सुझाव लिएर विधानलाई पूर्णता दिइने एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले जानकारी दिए ।  त्यसपछि सोही विधान अनुसार टेकेर आगामी जेठमा हुने महाधिवेशनबाट नेतृत्व चयन गर्ने उनले बताए । राष्ट्रिय परिषद् बैठकमा प्रत्येक निर्वाचन क्षेत्रबाट दुई–दुई जनाको प्रतिनिधित्व हुने छ । त्यसभन्दा माथि केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरू राष्ट्रिय परिषद् बैठकमा सहभागी हुन्छन् ।  केही सदस्य मनोनीत पनि हुन्छन् । राष्ट्रिय...

खप्तडमा बन्दुकसहित एक जना पक्राउ

समाचार
धनगढी - खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बन्दुकसहित एक जनालाई पक्राउ गरिएको छ। अछामको साँफेबगर नगरपालिका- १४ मा पर्ने दुनि पातलकोटस्थित पाटे वनमा एक थान बन्दुकसहित एक जनालाई पक्राउ गरिएको खप्तड राष्ट्रिय निकुञ्जका वार्डेन सरोज मणि पौडेलले जानकारी दिए। ती व्यक्तिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम अनुसन्धान हुने र अवैध हातहतियार लिएर रातको समयमा जङ्गल प्रवेश गरेकोले हातहतियार तथा खरखजाना सम्बन्धी ऐन बमोजिम अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय अछाममा बुझाइने वार्डेन पौडेलले जानकारी दिए।...

शुक्लाफाँटाको गजराज ‘शेषचन्द्र’ले अब पर्यटक घुमाउने

समाचार
दोधारा चाँदनी - कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरियास्थित हात्तीसार पोष्टमा अढाई वर्षको भाले गजराज शेषचन्द्रलाई पर्यटक घुमाउने तालिम दिइएको छ । एक वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट आमा नारायणकलीसँगै शुक्लाफाँटा ल्याइएको गजराज शेषचन्दलाई गत पुसदेखि तालिम दिन थालिएको हो । शनिबार शेषचन्द्रले तालिम पू्रा गरेको हो ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराईले निकुञ्जमा हात्तीलाई प्रयोग गर्न तालिम दिनुपर्ने भएकाले अढाई वर्षको हात्तीलाई प्रशिक्षण दिएको बताए । ‘शुक्लाफाँटामा गस्ती गर्न र पर्यटकलाई निकुञ्ज भ्रमण गराउन हात्तीको प्रयोग हुँदै आएको छ ।’ उनले भने, ‘हात्तीलाई परिचलान गर्न एक महिनाअघिदेखि सुरु गरिएको तालिम आज समापन भएको छ ।’ उनले हाल निकुञ्जमा दुईवटा छावासहित आठ हात्ती रहेका बताए । तालिमको सुरुवातका बेला वयस्क हात्तीको सहारामा...

धनगढीको मानवसेवामा हिमालयन गाैरीशंकर डेन्टलका सञ्चालकद्वारा सहयोग  

समाचार
धनगढी - धनगढीमा रहेकाे हिमालयन गाैरीशंकर डेन्टल क्लिनिक प्रालीका सञ्चालक रतन एसके र विमला  चाैधरी एसकेले आफ्नो छोरा प्रिन्स एसकेको जन्मदिनमा धनगढीमा रहेको मानवसेवा आश्रमका सहयोग गरेका छन् । शनिबार प्रिन्स एसकेको जन्मदिनमा उनीहरुले आश्रमको व्यवस्थापन कार्यका लागि नगद १५ हजार सहयोग गरेका हुन् ।  छोरा प्रिन्सको जन्मदिनमा काेही नभएका र केही नभएका व्यक्तिहरुकाे सेवामा समर्पित हुँदै आईरहेकाे यस आश्रमलाई सहयाेग गर्न पाउँदा आफुलाई आनन्दकाे महशुस भएको रतन एसके बताएका छन् । उनले यस मानवीय  सेवाकाे कार्यमा आगामी दिनहरुमा पनि सहयाेग गर्न प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।...

सुदूरपश्चिममा कुष्ठरोगको जोखिम कायमै

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगको जोखिम अझै कायमै रहेको छ।  ८८ पालिका रहेको यो प्रदेशको ४५ पालिकामा अझै पनि एक भन्दा बढी कुष्ठरोगी रहेका कारणले यो कुष्ठरोगको जोखिम कायमै रहेको हो । समाजभित्र अझै पनि कुष्ठरोगी लुकेर रहेकाले तिनको खोजपड्ताल गर्न र कुष्ठरोगलाई शून्यमा झार्न सबैको सहयोग आवश्यक रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जगदीश जोशीले बताए ।  कुष्ठरोगीलाई अझै पनि हेला गर्ने परिपाटी कायम रहेकाले जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको डा. जोशीको भनाइ थियो ।  ८८ पालिका रहेको सुदूरपश्चिममा ५० भन्दा र २० भन्दा बढी बिरामी एक÷एक पालिकामा रहेका छन् । यस्तै, ११ देखि २० बिरामी दुई पालिकामा, पाँचदेखि १० बिरामी आठ पालिकामा, एकदेखि चार बिरामी ३३ पालिकामा रहेका छन्। ४३ पालिकामा भने कुष्ठरोगको शून्य केस रहेको जनाइएको छ।  आर्थिक वर्ष २०७९/८० मा...

शिक्षासँग नाता जोड्दै धनगढीको ‘साइनो एजुकेशन’

समाचार
धनगढी - धनगढी उपमहानगरपालिका-१ हसनपुर, 'TCN' चोकमा रहेको  साइनो एजुकेसन एक वर्ष भित्रै शिक्षासँग नाता जोड्न सफल भएको छ। खुलेको छोटो समयमै साइनोले आफ्नो उष्कृटता देखाउँदै आएको छ। सुदूरपश्चिममै राम्रो पढाइको वातावरण उपलब्ध गराउने उद्देश्यले युवा व्यवसायी रोहित चन्द र पदमराज जोशीले सञ्चालनमा ल्याइएको साइनो एजुकेशनमा बिद्यार्थीहरुको निक्कै चहलपहल देख्न सकिन्छ। साइनोले भाषा कक्षाहरुलाई विशेष जोड दिँदै जापानीज, कोरियन, अङ्ग्रेजी लगायत भाषाहरू पढाउँदै आइरहेको छ ।यस्तै अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई उचित परामर्श र सत्य सूचना दिँदै IELTS/PTE का पनि उत्कृष्ट कक्षाहरू संचालन गरेको छ। साइनोमा कक्षा लिन थालेपछि आफ्नो पढाइमा सुधार भइरहेको साइनोमा अध्ययनरत विद्यार्थीले बताएका छन्। त्यहाँ अध्ययनरत विद्यार्थका अनुसार साइनोमा विषय शिक्षकको कमी नभएको र राम्रो गुणस्तरमा पढाइ हुने बताए...

अत्तरियामा दोहोरी साँझको विवाद : मृत्यु प्रकरणको अनुसन्धान गर्न टोली परिचालन

समाचार
धनगढी - कैलालीको अत्तरियामा दोहोरी साँझको विवादपछि भएको मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरीको विज्ञ टोली खटिएको छ । गत २५ पुसको राति अत्तरियाको न्यू दोहोरी साँझबाट निस्किएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु प्रकरणमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरपति भट्ट नेतृत्वको विज्ञ टोली खटिएको हो । प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र केसीले प्रदेश कार्यालय महेन्द्रनगरबाट विज्ञ टोली खटाएर घटनाको सुक्ष्म अनुुसन्धान भइरहेको जानकारी दिए । केसीका अनुसार विज्ञ टोलीले देउवाको मृत्यु प्रकरणमा पक्राउ परेका ६ जना अभियुक्तहरुको पोलिग्राफ परीक्षण लगायतका काम सकेको छ । विज्ञ टोलीसँगै जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले समेत घटनाको अनुसन्धान गरिरहेको छ । २५ पुसको राति साथीसँगै अत्तरियास्थित न्यू दोहोरी साँझमा गएक...

ओली र सीपीसी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुनबीच शिष्टाचार भेट

समाचार
काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हायानको टोलीले आज शिष्टाचार भेट गरेको छ ।   नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आज भएको भेटमा उनिहरूबीच नेपाल–चीनबीच पारस्परिक सहयोग, नेपालको आर्थिक विकासमा चिनियाँ सहयोग र दुई पार्टीबीचको आपसी सम्बन्धलगायत विषयमा कुराकानी भएको भेटमा सहभागी एमाले परराष्ट्र मामिला विभाग सदस्य गोपाल खनालले जानकारी दिए । भेटमा सीपीसी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुनले नेपाल र चीनबीच पारस्परिक सहयोगका विभिन्न आयाममाथि चर्चा गर्दै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोग रहने प्रतिवद्धता जनाएका छन् ।...
क्षमता अभिवृद्धिका लागी सेती अस्पतालसँग सहकार्य गछौंः गैरआवासीय नेपाली संघ

क्षमता अभिवृद्धिका लागी सेती अस्पतालसँग सहकार्य गछौंः गैरआवासीय नेपाली संघ

समाचार
धनगढी: गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सेती प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धिका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ । विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीले प्रविधि र विभिन्न कुरामा विशेषज्ञता हासिल गरेको जनाउँदै एनआरएनएका अध्यक्ष डा. बद्री केसीले उनीहरुले हासिल गरेको विशेषज्ञताबारे जानकारीका लागि सहकार्य गर्ने बताउनुभयो । “यहाँ आएर उनीहरुले आफूले सिकेको प्रविधिबारे जानकारी गराउन सक्ने छन्” उहाँले भन्नुभयो । एनआरएनएले एक करोड २५ लाख रुपियाँ लागतमा अक्सिजन प्लान्ट स्थापना गरेर सेती प्रादेशिक अस्पताललाई आज हस्तान्तरण गरेको छ । अस्पताललाई सहयोग गर्न पाउँदा खुशी लागेको अध्यक्ष केसीले बताउनुभयो । कोरोना महामारीको दोस्रो तरङ्गका बेला अक्सिजन अभावमा कैयौं बिरामीको ज्यान गएपछि एनआरएनएले सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज