Advertisement

समाचार

स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षामा ७६ प्रतिशत फेल

स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षामा ७६ प्रतिशत फेल

समाचार
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले गत १० माघदेखि संचालन गरेको परीक्षाको नतिजा प्रकाशन भएको छ।   ५ दिनसम्म सञ्चालन भएको विभिन्न विषयको नाम दर्ता (लाइसेन्स) परीक्षामा जम्मा २४ प्रतिशत मात्रै पास भएका छन्। विभिन्न विषयमा गरी ३ हजार २७५ जना परीक्षार्थी सहभागि भएकोमा ७९८ जना( २४. ३४ प्रतिशत) पास भएका छन्।  यो परिषद्को आठौँ नाम दर्ता परीक्षा हो। ...
कति नुन स्वास्थ्यका लागि फाईदाजनक ?

कति नुन स्वास्थ्यका लागि फाईदाजनक ?

समाचार
नुन हाम्रो खानपानमा सोडियमको सवैभन्दा प्रमुख स्रोत हो। हाम्रो शरीरका धेरै प्रक्रियाका लागि सोडियम जरुरी हुन्छ। कोशिकालाई ठीक ढंगले काम गर्नेदेखि शरीरमा रहेको तरल पदार्थ र इलेक्ट्रोलाइट्सलाई सन्तुलित गर्न र ब्लड प्रेसर नियन्त्रण गर्ने काम सोडियमको उपस्थिति बिना सम्भव हुँदैन।  त्यसैले नुन अर्थात् सोडियम हाम्रो शरीरको एक जरुरी भाग हो। हाम्रो शरीरलाई जति नुनको आवश्यकता हुन्छ, त्यसको ९० प्रतिशत हिस्सा टेबल साल्ट अर्थात् नुनबाटै पूरा हुन्छ।  वैज्ञानिक भाषामा यसलाई सोडियम क्लोराइड पनि भनिन्छ। विश्व स्वास्थ्य संगठन स्वस्थ मानिसलाई नियमित पाँच ग्राम भन्दा कम नुन खाने सल्लाह दिएको छ। यो करिब-करिब एक चम्चा बराबर हो।  तर एक अनौपचारिक आंकडाकाअ नुसार नेपाल-भारत जस्ता देशमा ११ ग्रामसम्म नुन खाने गरिएको पाइन्छ।  कुनैपनि उमेरमा नुन धेरै खाँदा ब्लड प्रेसर बढ्न सक्छ। यसका साथै...

मेनुकालाई स्मार्ट भिजन चस्मा, अब मान्छे चिन्न र हिँड्न सक्ने

समाचार
धनगढी - इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपालकी प्रतिस्पर्धी मेनुका पौडेललाई चिकित्सकले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्रदान गरेका छन् । इण्डियन आइडलको आइतबारको एपिसोडमा भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित उक्त विशेष चस्मा प्रदान गरेका हुन् । रियालिटी शोको मञ्चमै मेनुकाले उक्त चस्मा लगाएर डेमो प्रदर्शन समेत गरिएको थियो । लता मंगेशकरको गीतमा पर्फम गरेपछि मेनुकालाई चस्मा उपहार दिन चिकित्सक आइडलको स्टेजमा पुगेका थिए । ती डाक्टरले मेनुकालाई ‘गिफ्ट अफ साइट’ भन्दै चस्मा प्रदान गरेका थिए । उक्त चस्मा लगाएपछि मेनुकाले रियाज गर्न सक्ने, एक्लै हिँड्डुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्ने सो अवसरमा बताएका थिए । डाक्टरले सबै जज् र अतिथिलाई मञ्चमा बोलाएर उक्त चस्माको डेमो प्रस्तुत गरेका थिए । सो चस्मा लगाएकी मेनुका अघ...

नेपालले सुपर सिक्समा पहिलो खेल बंगलादेशसँग खेल्ने

समाचार
काठमाडौं - नेपालले दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकपको सुपर सिक्समा पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ । समूह ए को अन्तिम खेलमा भारतले अमेरिकालाई २०१ रनले हराउँदै समूह विजेता बनेको छ । योसँगै नेपालको तालिका पनि पक्का भएको हो । नेपालले माघ १७ गते बुधबार (३१ जनवरी) मा बंगलादेशसँग खेल्नेछ । त्यस्तै दोस्रो खेल नेपालले माघ १९ शुक्रबार(फेब्रुअरी २) मा भारतसँग खेल्ने पक्का भएको हो । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहेर सुपर सिक्स खेलेको हो । पाकिस्तान समुह विजेता र न्युजिल्यान्ड उपविजेता बनेको थियो । नेपाल समूह चरणमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको हो । नेपालसँगै भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश र आयरल्यान्ड एउटा सुपर सिक्समा छन् । अर्को सुपर सिक्समा दक्षिण अफ्रिका, ...

यस्तो छ आजको मौसम

समाचार
धनगढी - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।  देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ।  साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध छ।...

पूर्वाधार करबाट उठ्यो एक खर्ब पच्चिस अर्ब

समाचार
काठमाडौँ - पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब रुपियाँ सङ्कलन भएको छ ।  सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट आठ वर्षमा  एक खर्ब २५ अर्ब ३५ करोड रुपियाँ सङ्कलन भएको नेपाल आयल निगमले जनाएको हो ।  सरकारले इन्धनबाट अन्य शीर्षकमा समेत कर सङ्कलन गर्ने गरेको छ । वातावरण शुल्क, सडक मर्मत दस्तुर, भन्सार शुल्कमा उपभोक्ताबाट कर सङ्कलन गर्ने गरेको छ ।  कर छुटाएर निगमले उपभोक्ता मूल्य निर्धारण गर्ने गरेको छ । इन्धनमा विभिन्न शीर्षकमा लगाइएको उच्च करका कारण उपभोक्तालाई इन्धन महँगो पर्ने गरेको छ ।    ...

कञ्चनपुरमा ‘सिकलसेल एनिमिया’ रोगको जोखिम

समाचार
कञ्चनपुर - पछिल्लो समय कञ्चनपुर पनि सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको जोखिममा छ । रानाथारु समुदायमा यो रोगको जोखिम देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय ५० जनाको रगत परीक्षण गरेको थियो ।  त्यसमा ४६ जनामा सिकलसेल एनिमिया रोग देखिएको छ । स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका, वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा परीक्षण गरिएकामध्ये एक सय ९९ मा बाहक (ट्रेट) देखा परेको थियो । “बाहक (ट्रेट) देखापरेका एक सय ९९ जनाको रगतको अन्तिम जाँच गर्दा ४६ जनामा सिकलसेल एनिमिया भएको पुष्टि भएको छ”, भट्टले भने, “त्यसमध्ये १२ जनामा गम्भीर खालको रोग देखिएको छ ।” उनका अनुसार बाहक देखिएका एक सय ९९ मध्ये २२ महिला र २४ पुरुषमा सिकलसेल एनिमिया रोग देखिएको हो । उनले...

राष्ट्रिय सभा निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

समाचार
काठमाडौं  - निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाएको छ ।  राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार राष्ट्रपति कार्यालयमा पुगेर प्रतिवेदन बुझाएका हुन् । निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम प्रमुख आयुक्त थपलियाले राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन बुझाएका हुन् । रिक्त १९ सिटका लागि राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते सम्पन्न भएको थियो ।  ...

प्रहरी समायोजन चाँडै अगाडि बढाउने निर्णय

समाचार
काठमाडौं - उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको विषययत समितिले प्रहरी समायोजन तत्काल अगाडि बढाउने निर्णय गरेको छ । बैठकमा सहभागीहरुका अनुसार १७ माघमा प्रधानमन्त्री नेतृत्वको राष्ट्रिय समन्वय परिषदको बैठक बसेपछि लामो समयदेखि रोकिएको समायोजन प्रक्रिया अगाडि बढ्नेछ । संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन बमोजिम बनेको समितिको पहिलो बैठक आइतबार गृह मन्त्रालयमा बसेको थियो । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकमा सात प्रदेशका गृहमन्त्रीका साथै स्थानीय तहका प्रतिनिधि पनि उपस्थित थिए । बैठकले लामो समयदेखि अवरुद्ध प्रहरी समायोजन शीघ्र अगाडि बढाउने निर्णय गरेको छ । साथै संघीय प्रहरी ऐन निर्माण तथा प्रहरी समायोजन ऐन, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन) संशोधन अघि बढाउने निर्णय गरेको...

जोसुकैले एसिड पाउने अवस्था अन्त्य गर्नुपर्छ : ओली

समाचार
काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जो कोहीले पनि सजिलै एसिड पाउन सक्ने अवस्था रोक्नुपर्ने बताएका छन् । एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटर निर्माण हुने चलचित्र ‘नमेटिने घाउ’को घोषणा कार्यक्रममा उनले प्रशासनिक सजगताविना एसिड पाउन नसक्ने बनाउनुपर्ने बताएका हुन् । ‘यो प्रशासनिक सजगताबिना एसिडको उपलब्धता नै हुनु हुँदैन । कसले एसिड किनेको हो, के प्रयोजनका लागि किनेको हो, कुन मात्रामा किनेको हो र त्यसपछि त्यति मात्रा प्रयोग भयो कि भएन, त्यसको बाँकी अंश छ भने त्यो फिर्ता गर्नेसम्मका प्रबन्ध कडाइ र व्यवस्थित गरेर मात्रै एसिड बिक्री वितरण गर्ने वा एसिडको आवश्यकता पर्नेहरुलाई मात्रै उपलब्ध गराउने त्यो खालको परिपाटी विकास गर्नैपर्छ’, उनले भने । पूर्वप्रधानमन्त्री ओलीले एसिड कसरी, कहाँ र कति प्रयोग भयो भन्ने रिपोर्ट प...

जिपले ठक्कर दिँदा बाबुको मृत्यु, छोरी घाइते

समाचार
चितवन - चितवनमा बाबु छोरी सवार मोटरसाइकललाई जिपले ठक्कर दिँदा बाबुको मृत्यु भएको छ भने छोरी घाइते भएकी छिन् । मंगलबार साँझ भरतपुर महानगरपालिका-१६, शिवघाटस्थित शरणपुरबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ००१ च ११९७ नम्बरको जिपले बा.प्र.००३ प ८६२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही ठाँउका ४१ बर्षीय मधुसुदन खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलको पछाडि बसेकी मधुसुदनकै छोरी १५ बर्षीया अपेक्षा खत्री गम्भीर घाइते भएकी छिन् । दुबै खुट्टामा चोट लागेकी अपेक्षाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ठक्कर दिने सवारी चालक र जिपलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।...

बझाङमा आगलागीबाट एक भैंसीसहित दुई गोठ जले

समाचार
बझाङ - बझाङमा आगलागी भएको छ। जिल्लाको मष्टा गाउँपालिका–७ तल्ला ठकुन्नामा आगलागीबाट एक भैंसीसहित दुई गोठ जलेका छन् । शनिबार राति १० बजेको समयमा ठकुन्ना गाउँ नजिकै रहेको स्थानीय धुर्व बोहरा र जब्बरे बोहराको गोठमा आगलागी भएको हो । स्थानीयले राति गोठ जलेको देखेपछि त्यहाँ पुगेका थिए । तत्काल आगलागी नियन्त्रणमा लिन नसकेर गोठमा बाँधेको एउटा भैंसी जलेको र अन्य पशुचौपायाहरुलाई बाहिर निकालिएको वडा अध्यक्ष धनबहादुर जेठाराले बताए । आगलागीबाट करिब डेढ लाख बढी क्षति भएको अनुमान गरिएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज