Advertisement

समाचार

आजदेखि कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु

समाचार
काठमाडौं - आजदेखि नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ । शहीद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो । अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने कांग्रेसले जनाएको छ । २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा सुन्नेछन् । तर, औपचारिक कार्यक्रम भने हुने छैनन् ।...

धनगढीमा काँडेतारको च्यारिटी सो बाट सङ्कलित रकम गोविन्द गौतम परिवारलाई

समाचार
कैलाली - नेपाली चलचित्र काँडेतारको धनगढी च्यारिटि सो बाट सङ्कलित रकम सहिद गोविन्द गौतकको परिवारलाई उपलब्ध गराइने भइएको छ ।  भारतीय अतिक्रमण र ज्यादतीको विरुद्ध आन्दोलन गरिरहेका बेला २०७३ फागुन २३ गते भारतीय सीमा सुरक्षा बल एसएसबीको गोलीबाट गौतकको ज्यान गएको थियो ।  भारतीय अतिक्रमण र ज्यादतीको विरुद्धमा काँडेतार चलचित्र बनाएको भन्दै धनगढीको विशेष सोबाट सङ्कलन गरिएको रकम उनको परिवारलाई दिने निर्माता\निर्देशक नबल खड्काले जानकारी दिए ।  माघ २० गते धनगढीमा काँडेतार चलचित्रको च्यारिटी सो हुने लागेको हो । सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी काँडेतार टिमले तयारीबारे जानकारी दिएको हो ।  ‘ २० गते हामीले धनगढीमा च्यारिटी सो गर्दै छौँ । त्यहाँबाट सङ्कलन भएर बचेको पैसा हामी गोविन्द गौतम परिवारलाई हस्तान्तरण गर्छौ’ निर्माता\निर्देशक खड्काले भने, ‘ हाम्रो चलचित्र सीमा र...

आज शहीद दिवस मनाइँदै : दिइएन सार्वजनिक बिदा

समाचार
धनगढी - आज शहीद दिवस मनाइँदै छ । देश र नागरिकको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदको सम्झना गरी हरेक वर्ष माघ १६ मा विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाउने गरिन्छ। प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन त्याग गरेका शहीदको सम्झनामा देशभर कार्यक्रम गर्ने गरिन्छ ।  आजको दिन शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ तथा प्रजातान्त्रिक आन्दोलनका अरू शहीदको योगदानलाई स्मरण गर्ने गरिन्छ । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताहका रुपमा मनाउने गरिन्छ। राणा शासनको विरोध गर्दा १९९७ सालमा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाण्डौको टेकुमा रहेकाे पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो । यस वर्ष आज शहीद दिवसको दिन...

धनगढीबाट ९० किमि भारतको सिंगाही राजमहल [फोटोफिचर]

समाचार
धनगढी - कैलालीको धनगढीबाट ९० किलोमिटर टाढा भारतको खिरीस्थित सिंगाही भेड़ौरा नगर पंचायतमा रहेको सिंगाही राजमहल पर्यटकीय दृष्टिकोणले निकै आकर्षक छ । सिंगाही भेड़ौरा नगर पंचायत प्राचीन खैरीगढ़ राज्यको राजधानी हो । अहिले सिंगाहीमा नेपाली मूलका नागरिकको बाक्लो बस्ती रहेको छ । स्वर्गीय महारानी सूरथ कुमारीले सन् १८९० मा उक्त राजमहलको निर्माण गराएकी थिइन् । कला, विशालता र सुन्दरताले गर्दा राजमहल अत्यन्तै आकर्षक छ ।  उक्त राजमहलको अगाडि काली मन्दिर तर्फ फर्केको महारानी सूरथ कुमारीको मूर्ति रहेको छ ।  महारानी सूरथ कुमारीद्वारा निर्माण गरिएको काली मन्दिर धर्म र आस्थाको प्रतिक रहेको छ । उक्त मन्दिरसँगै सूर्यदेव, चंद्रदेव, भगवान शंकर, काल भैरव, रामजानकी मन्दिर आदि मूर्ति रहेका छन् । काली मन्दिरको पूर्वीद्वारमा राजा ईन्द्रविक्रम शाहको प्रतिमा रहेको छ । उक्त अष्टकोणीय ...

कलाकारले चुरोट र मदिराको विज्ञापन खेल्नु हुँदैन : भुवन केसी

समाचार
काठमाडौं - चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कलाकारहरुले कुन सामग्रीको विज्ञापन गर्ने र कुनको नगर्ने भन्ने विषयमा कलाकार सचेत हुनुपर्ने बताएका हुन् । अध्यक्ष केसीले मदिरा, चुरोट लगायत स्वास्थ्यलाई हानी गर्ने वस्तुको विज्ञापनमा कलाकारहरुले अभिनय गर्न नहुने पनि बताए । ‘कुनै मदिरा वा चुरोट वा अरु पनि निषेधित गरिएका विज्ञापनहरु कलाकारहरुले गर्नु हुँदैन । गलत म्यासेज फैलाउने विज्ञापन पनि कलाकारले गर्नु हुँदैन’ उनले भने । कलाकारहरुले सामाजिक कामका विज्ञापन निःशुल्क गर्नुपर्ने पनि केसीले बताए । विज्ञापनदाताले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा सतर्क हुनुपर्ने केसीको धारणा छ । उनले नेपालमा चल्ने कुनैपनि वि...

अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुन्छ : मन्त्री बस्नेत

समाचार
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् ।  सोमबार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । उनले आफूले हेर्दा पाँच वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे । ‘‘अब पाँच वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन । यसमा हाम्रो शिक्षा नीतिका केही कमी, कमजोरीका कुरा पक्कै हुन् । त्यो कमी कमजोरीलाई हटाएर आगामी दिनहरूमा बिरामीको सङ्ख्या अब घट्ने होइन बढ्ने हो । जनसङ्ख्या घट्ने होइन बढ्ने नै हो । त्यसकारण स्वास्थ्यकर्मीहरू बढ्न त जरुरी छ ।,’’ मन्त्री बस्नेतले भने, ‘‘एकथरी सेवा सुविधा कमजोर भएर पलायन हुने अवस्था छ । एकथरी काम गरेर बस्दा पनि आफ्ना बालबच्चाहरू राम्रा स्कुलमा पढ्न नसक्ने, राम्रो शिक्षा पाउ...

धरानले स्थानीय आविष्कार केन्द्र खोल्ने

समाचार
काठमाडौं - सुनसरीको धरान उपमहानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ ।  धरानमा रहेको पूर्वाञ्चल इन्जिनियर क्याम्पसमा स्थानीय आविष्कार केन्द्र खोल्न आज क्याम्पससँग उपमहानगरले सम्झौता गरेको हो । उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई र क्याम्पस प्रमुख काजिराम कार्कीबिच स्थानीय आविष्कार केन्द्र खोल्न सहमती पत्र आदान प्रदान भएको मेयर राईका स्वकीय सचिव रसिक लिम्बुले जानकारी दिए । क्याम्पस प्रमुख कार्कीका अनुसार पहिलो चरणमा केन्द्रलाई आवश्यक पर्ने  करिब २ करोड लागतको भवन उपमहानगरले निर्माण गर्ने सहमती भएको हो । कार्कीले आविष्कार केन्द्रको सञ्चालन कार्यविधि बनाइनसकेको भन्दै उपमहानगरका प्रतिनिधि र क्याम्पसका प्रतिनिधि बसेर सञ्चालन, प्रयोग, अनुसन्धान, अन्वेषणको कार्यविधि तयार गर्ने बताए ।...

अनेरास्ववियु केएमसीको संयाेजकमा जाेशी

समाचार
धनगढी- अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पसकाे संयाेजकमा पूर्णराज जाेशी चयन भएका छन् ।  सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी संयोजक महेन्द्र सिंहको उपस्थितिमा आयोजक कमिटी निर्माण गरिएको हाे ।  जसकाे संयाेजकमा पूर्णराज जोशी, सह संयोजकमा किरण उपाध्याय, सह संयोजक धीरेन्द्र बोहोरा, सचिवमा केशव धामी, सह सचिवमा सुनिल नेपाली, सह सचिवमा नरेन्द्र विष्ट, सह सचिवमै हिमाल रावत चयन भएका छन् ।  यस्तै कोषाध्यक्षमा हृदया रावल र अन्य पुरानै कमिटीका सदस्यहरु यथावत रहनेगरी कमिटी निर्माण गरिएको बताइएको छ । ...

‘नमेटिने घाउ’ चलचित्रमा केपी ओलीको पनि अभिनय

समाचार
काठमाण्डाैं - पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले चलचित्रमा अभिनय गरेका छन् । अभिनेता रमित ढुङ्गानाको डेब्यु निर्देशन रहने ‘नमेटिने घाउ’ नामको चलचित्रमा ओलीले प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्न लागेका हुन । चलचित्रको छायाङ्कन फागुन दोस्रो हप्तादेखि शुरु हुने निर्देशक एवम् अभिनेता ढुङ्गानाले बताए । हिजो ओलीको उपस्थितिमा काठमाण्डौमा चलचित्रको शुभमुहूर्त पनि गरिएको छ । एसिड आक्रमणबाट पीडित बनेकाहरूको कथा समेटेर चलचित्र बन्न लागेको अभिनेता ढुङ्गानाले जानकारी दिए ।...
नेपाली बिरामीसँग प्रेममा परेर नेपाल आएकी थिइन् पहिलो नर्स लामु अमात्य !

नेपाली बिरामीसँग प्रेममा परेर नेपाल आएकी थिइन् पहिलो नर्स लामु अमात्य !

समाचार
लामू अमात्यलाई नेपाल सरकारले ‘पहिलो नेपाली नर्स’को मान्यता दिएको छ। जो नेपालीसँग विवाह गरेर नेपाली नागरिक बनेकी थिइन्। भारतको दार्जीलिङमा विक्रम संवत् १९८८ माघ १४ गते जन्मिएकी उनी कलकत्तामा हुर्केकी हुन्। उनी नेपाल आउनुसँग एउटो संयोग छ। त्यो हो आफू नर्सिङ पढिरहेकै मेडिकल कलेजको अस्पतालमा उपचाररत बिरामीको प्रेममा पर्नु। ती नेपाली थिए, काठमाडौँका रैथाने भुवनेश्वर अमात्य। उनी पनि त्योबेला कलकत्तामै पढ्थे। सोही बेला उनको खुट्टामा समस्या आयो। उनी उपचारका लागि कलकत्ता मेडिकल कलेजमा भर्ना भए। त्यहीँ नर्सिङ पढिरहेकी लामूसँग भुवनेश्वर सुरुमा एकोहोरो प्रेममा परे। उनी प्रेममा पर्नुको कारण लामूको कत्थक नृत्य हो। मेडिकल कलेजको सांस्कृतिक कार्यक्रममा लामूले कत्थक नाँच देखाएकी थिइन्। अस्पतालमै उपचाररत भुवनेश्वर नाच हेर्न पुगेका थिए। भुवनेश्वरलाई लामूको नृत्य र सौन्दर्यले त्यतिबेलै आकर्षित गर्‍...

मुनव्वर फारुकीले जिते बिग बोस सिजन १७ को उपाधि

समाचार
काठमाडौं - भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस’ सिजन १७ को उपाधि मुनव्वर फारुकीले जितेका छन् ।  अभिषेक कुमार उपविजेता भए भने मन्नारा चोपडा सेकेन्ड रनरअप भइन् । विजेता मुनव्वरले ५० लाख भारु, कार र बिग बोस ट्रफी पाए । अंकिता लोखंडे, अभिषेक कुमार, मुनव्वर फारुकी, मन्नारा चोपडा र अरुण महाशेट्टी शोको उत्कृष्ट पाँच प्रतियोगी उपाधि दौडमा थिए । यो सिजन १६ अक्टोबरबाट सुरु भएको हो । यो लोकप्रिय रियालिटी शोलाई सलमान खानले होस्ट गरेका थिए । मुनव्वरलाई ट्रफी जितेको तर सम्मान गुमाएकोबारे प्रश्न सोधिएको थियो । यसमा उनको जवाफ थियो, ‘मलाई जिताउनेलाई धन्यवाद दिन्छु । मेरो कामले मात्र सत्य के हो प्रमाणित गर्न सक्छ । मेरो अगाडिको यात्रा निकै कठिन हुनेछ ।  तर म सबै कुराको सामना गर्न तयार छु । तर म जे गर्छु त्यो मेरो काम हो, म मान्छे हुँ, म मान्छेहरु बोल्ने तरिका जस्तो होइन, म हाँस्छु । मैले ध...
कञ्चनपुरमा ‘सिकलसेल एनिमिया’ रोगको जोखिम

कञ्चनपुरमा ‘सिकलसेल एनिमिया’ रोगको जोखिम

समाचार
दोधारा चाँदनी- पछिल्लो समय कञ्चनपुर पनि सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको जोखिममा रहेको छ। रानाथारु समुदायमा यो रोगको जोखिम देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय ५० जनाको रगत परीक्षण गरेको थियो। त्यसमा ४६ जनामा सिकलसेल एनिमिया रोग देखिएको छ। स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा परीक्षण गरिएकामध्ये एक सय ९९ मा बाहक (ट्रेट) देखा परेको थियो। “ ट्रेट देखापरेका एक सय ९९ जनाको रगतको अन्तिम जाँच गर्दा ४६ जनामा सिकलसेल एनिमिया भएको पुष्टि भएको छ”, भट्टले भने, “त्यसमध्ये १२ जनामा गम्भीर खालको रोग देखिएको छ।” उनका अनुसार बाहक देखिएका एक सय ९९ मध्ये २२ महिला र २४ पुरुषमा सिकलसेल एनिमिया रोग देखिएको हो। उनले &n...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज