कैलालीमा ठेकेदारको लापरबाही : निर्माणको काम भताभुङ्ग
कैलाली - बनेको सडकको अढाई किलोमिटर कालोपत्रे गर्ने ठेक्का सम्झौताको तीन पटक म्याद थपिसक्दा पनि काम भने ३५ प्रतिशत मात्र भएको छ ।
निर्माण कम्पनीले लगातार काम नगर्दा सडक किनारमा बनाइएको नालीसमेत अहिले टुटफुट भएर भताभुङ्ग अवस्थामा छ ।
यो कुरो हो सुदूरपश्चिम प्रदेश गौरवकै आयोजनाको रूपमा अगाडि बढेको कैलालीको चौकीडाँडा–फल्टुडे सडक जिरो पाइन्टदेखि मालाखेती सेतो पुलसम्म कालोपत्रे गर्न कालिका कन्स्ट्रक्सनले लिएको निर्माण ठेक्का, एडिबीको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास कार्यालयमार्फत गोदावरीमा निर्माण गरिने ६ वटा सडकमा सो चौकीडाँडा–फल्टुडे सडकको जिरो पाइन्ट खण्ड निर्माणका लागि तीन पटक म्याद थपिसकिएको छ ।
सम्झौतामा एक वर्षभित्रै काम सम्पन्न गर्नेगरी २०७७ साउन २० गते ठेक्का लगाइएको थियो । सो सडक अगाडि बढाउने क्रममा मालाखेती सेतो पुलदेखि प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधा...

