Advertisement

समाचार

मुम्बईमा फेसबुक लाइभमा शिवसेनाका नेताको गोली हानेर हत्या

समाचार
काठमाडौं - भारतको मुम्बईमा शिवसेनाका नेता एवम् पूर्वपार्षद अभिषेक घोषालकरको गोली हानेर हत्या भएको छ । फेसबुक भिडियो लाइभमा कुराकानी गरिरहेका बेला उनीमाथि उनकै साथी मोरिसले गोली चलाएका थिए ।  अभिषेकलाई गोली हानेपछि मोरिसले पनि आफैंलाई गोली हानेर आत्महत्या गरेको भारतीय मिडियाहरुले जनाएका छन् । अभिषेकमाथि गोली लागेको भिडियो सामाजिक सन्जालमा भाइरल छ । भारतीय मिडियाहरुका अनुसार अभिषेक र मोरिस साथी–साथी हुन् । उनीहरुबीच केही दिन अघि विवाद भएको थियो । हत्याको कारण  आपसी विवाद नै हुनसक्ने अनुमान गरिएको छ । सामाजिक सन्जालमा भाइरल भइरहेको एक भिडियोमा अभिषेक र रातो टिसर्ट लगाएका मोरिस एउटा कोठाभित्र सँगै देखिन्छन् । उनीहरु हाँसीखुसी भिडियो च्याट गरिरहेको देखिन्छ । केहीबेरमा अभिषेक उठ्न खोज्दा उनीमाथि गोली चल्छ । अभिषेक कराउँदै लडखडाएको देखिन्छ । तर गोली चलाउने व्यक्ति भने भिडियो...

दाङबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना

समाचार
दाङ - दाङको लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर नजिक यात्रु बस दुर्घटनामा परेको छ । दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको रा १ ख ३१३२ नम्बरको रात्रिबस बिहीबार बेलुकी करिब नौ बजेतिर अनियन्त्रित भई सडक किनारमा पल्टिएको हो । बसका यात्रु सबै सकुशल रहेको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । बसमा ३६ जना यात्रुहरू थिए । रातिको समयमा बस दुर्घटनामा परेपछि यात्रुहरु अलपत्र परेका छन् । घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखाेला, वडा प्रहरी कार्यालय लमही र अस्थायी ट्राफिक पाेष्ट लमहीबाट  सुरक्षाकर्मीहरु उद्धारमा खटिएका छन् ।...

शीर्ष नेतासँग मुख्यमन्त्रीको गुनासो : संघीय सरकारले अधिकार दिएन

समाचार
काठमाडौं - प्रदेशका मुख्यमन्त्रीहरुले संघीयता कार्यान्वयनका लागि संघीय सरकार उदासिन भएको भन्दै सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग गुनासो गरेका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेता र मुख्यमन्त्रीहरुको बैठक बसेको थियो ।  बैठकमा मुख्यमन्त्रीहरुले संघीय सरकारले आवश्यक कानुन र अधिकार नदिँदा प्रदेश सरकारलाई काम गर्न अप्ठेरो परेको बताएका छन् ।...

धनगढीका पाँच विद्यालयलाई नमुना विद्यालय बनाइने

समाचार
धनगढी - धनगढी उपमहानगरपालिकामा रहेका पाँच विद्यालयलाई नमुना विद्यालय बनाइने भएको छ ।  वडा ११ मा रहेको ठेकराज माध्यमिक विद्यालय, १२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालय, १८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाइने भएको छ ।  यसैगरी, वडा १६ स्थित बेहडाबाबा माध्यमिक विद्यालय र वडा नम्बर ९ स्थित भवानी माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउने धनगढी उपमहानगरपालिकाका नगर प्रमुखको निजी सचिवालयले जनाएको छ ।  पाँच वटै विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्न आज सम्झौता गरिएको छ । धनगढी उपमहानगरपालिका र टिच फर नेपालबिच सम्झौता भएको हो । नगर प्रमुख गोपाल हमाल र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेकी छन् ।...

नेपालमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल

समाचार
काठमाडौं - शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल भएको छ । अति जटिल र जोखिमयुक्त मानिने उक्त शल्यक्रिया यसअघि नेपालमा प्रयास समेत गरिएको थिएन । नवलपरासीको १४ वर्षीया बालिकामा गरिएको उक्त शल्यक्रिया डा. रविन्द्रभक्त तिमला, डा. मरिषा अर्याल, डा. सुजन बोहरा र डा. सन्दीप भण्डारी संलग्न थिए । उक्त बालिकामा सानैदेखि निलो हुने, दौडिन नसक्ने र बेला–बेलामा अर्धचेत हुने समस्या देखिँदै आएको थियो । चिकित्सकका अनुसार कमजोर आर्थिक कारणले परिवारले उनको उचित उपचार गर्न सकिरहेका थिएनन् । डा. तिमलाका अनुसारसाइटस इनभर्सस, करेक्टेड ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज, भेन्ट्रिकुलर सेप्टल डिफेक्ट, पल्मोनरी स्टेनोसिस जस्ता चारवटा संरचनागत त्रुटी भएको बालिकाको मुटुको र बाहिर गरी दुई ठाउँमा रगत विपरीत ठाउँमा बगिरहेको थियो । शल्यक्रियामार्फत भित्र र बाहिर दुवैतर्फ ...

धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ

समाचार
धनगढी - धनगढी उपमहानगरपालिकामा एक युवक लागूऔषधसहित पक्राउ परेका छन् । धनगढी–८ धनगढीगाउँबाट ६५० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थसहित सोही ठाँउका १९ वर्षीय आदित चौधरी बुधवार राती पक्राउ परेका हुन् ।  उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

स्वास्थ्यकर्मीको टोलीसहित सांसद शर्मा सुदूरपश्चिममा

समाचार
धनगढी - नेपाली काँग्रेसका सांसद डाक्टर सुनीलकुमार शर्मा स्वास्थ्यकर्मीको टोलीसहित सुदूरपश्चिममा पुगेका छन् । सांसद शर्मा काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडको स्वास्थ्य टोली लिएर सुदूरपश्चिम प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर गर्न यहाँ आएका हुन् ।  यसै क्रममा आज डडेल्धुरामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना भएको छ । अमरगढी नगरपालिकाको आयोजनामा डडेल्धुरा जिल्ला अस्पतालमा भएको शिविरमा दुई हजार ५२७ बिरामीको उपचार भएको काठमाडौँ मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले बताए । जसमा १४७ जनाले ईसीजी, २१३ जनाले ल्याब, १९५ जनाले अल्ट्रासाउन्ड, ८३ जनाले इको सेवा लिएका छन्। ७७ जनाको दाँत खोलिएको छ । साथै १४४ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको छ । शल्यक्रिया निःशुल्क गरिने दाहालले बताए । ...

बझाङको जिल्ला अस्पताल न्यूनतम सेवा मापदण्डमा देशभरमै उत्कृष्ट  

समाचार
बझाङ - जिल्ला अस्पताल बझाङ न्यूनतम सेवा मापदण्डमा देशभरमै पहिलो भएको छ ।  प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल उत्कृष्ट भएको हो ।  न्यूनतम सेवा मापदण्ड अनुगमनमा प्राइमरी अस्पतालहरु मध्येबाट जिल्ला अस्पताल बझाङले ९३ प्रतिशत अङ्क ल्याएर देशभरिको प्रथम भएको जिल्ला अस्पतालका सूचना अधिकारी गँगा जोशीले बताइन् । वर्षमा दुई पटक हुँदै आएको अनुगमनमा गत वर्ष उक्त अस्पताल दोस्रो भएको थिया्े । स्वास्थ्य सेवा प्रवाह , विभिन्न मापदण्ड र सूचकका आधारमा अस्पताललाई अङ्क दिइएको जनाइएको छ । उक्त उपलब्धिका लागि विशेष सहयोग गर्ने जिल्ला अस्पताल व्यवस्थापन समिति, कार्यरत सम्पूर्ण चिकित्सकहरु, स्वास्थ्यकर्मी तथा कर्मचारी सम्पूणर्लाइ जिल्ला अस्पतालका मेसु डाक्टर धिरज बिसँखले धन्यबाद व्यक्त गरेका छन् ।...
भलिबल खेलाडी सँग  अनेरास्ववियु सुदूरपश्चिम प्रदेश

भलिबल खेलाडी सँग अनेरास्ववियु सुदूरपश्चिम प्रदेश

समाचार
अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटिले भलिबल खेलाडीहरुलाई सहयोग गरेको छ । लुम्बिनी प्रदेशमा आयोजना हुने राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागि हुने सुदूरपीश्चमको टिमलाई खेल पोशाक सहयोग गरेको हो । खेलाडी र प्रशिक्षक सहितको टोलीलाई आवश्यक खेल पोसाक प्रदान प्रदान गरिएको अनेरास्ववियु सुदूरपश्चिमका अध्यक्ष मनोज राईले जानकारी दिए । प्रदेश अध्यक्ष राई सहित ,कैलाली जिल्ला इन्चार्ज प्रमोद खड्का ऐश्वर्य बहुमुखी क्याम्पस स्ववियु सभापति कुबेर खड्का लगायतको उपस्थिति रहेको थियो । उपस्थित सबैले जर्सी हस्तान्तरण गर्दै विजयको शुभकामना समेत दिएका थिए ।...

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

समाचार
कालीकोट - कालीकोटको पलाँता गाउँपालिका –८ का एक पुरुष श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् ।  श्रीमतीको निधन भएको भनिएको सात दिनपछि उनी पक्राउ परेका हुन् ।  श्रीमती माइतीघर गएको खबर गरेका राजेन्द्र रोकायाले माघ १७ गते राति हत्या गरेर शवलाई भिरमा खसालेको आंशकामा प्रहरीले उनलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण थापाका अनुसार रोकायाले श्रीमती माइत गएको गाउँका साथीभाइलाई खबर गरेका थिए ।  तीनदेखि चार दिनपछि माइतीमा गए–नगएको खबर गर्दा माइती पक्षले नआएको खबर सुनाएपछि श्रीमान राजेन्द्र रोकायाप्रति शंका गरिएको थियो । पछि खोज्दैजाँदा वडा ८ को देउगैडा भन्ने भिरमा रोकायाको २९ वर्षीया उर्मिला रोकायाको शव भेटिएको थियो ।  अनुसन्धानको क्रममा उहाँको भिरबाट लडेर नभई उनकै श्रीमान रोकायाले कुटपिट गरी हत्या गरेको र पछ...

अछाममा आगलागी हुँदा दुई बालबालीकाको जलेर मृत्यु

समाचार
अछाम : अछाममा आगलागी हुँदा दुई बालबालीकाको जलेर मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–३ दार्वाका जयबहादुर बुढाका ३ वर्षीय छोरा अंङ्कीत बुडा र झङ्करे बुढाकी नातीनी ६ वर्षीया निरुता बुढाको आगोमा परि मृत्यु भएको हो ।  खरले छाएको ढुङ्गा र काठको गोठमा बुधवार आगलागी भएको हो । उक्त आगलागीबाट दुबै बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।  आगलागीबाट गोठ जलेर नष्ट भएको छ भने घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ। ...

गायिका इब्सुल सञ्ज्याल उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित

समाचार
धनगढी - गायिका इब्सुल सञ्ज्याल उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित भएकि छन् ।  कालिकोटको पचलझरना-६ घर भएकी इब्सुललाई राष्ट्रिय युवा सेवा कोषले नगद १० हजार सहित उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित गरेको हो । गायन क्षेत्रमा मिठो कला, गला, आवाज र स्वरको माध्यमबाट हाँशीहाँसी दर्शक तथा श्रोतालाई मनोरन्जन दिदै हृदयस्पर्सी तथा मार्मिक गीतहरुको माध्यमबाट भाषा कला, तथा साहित्यको श्रीवृद्धि गर्न सफल भएको उनलाई सम्मानित गरिएको राष्ट्रिय युवा सेवा कोषका अध्यक्ष प्रदीपमान बैद्यले बताएका छन् । लोकदोहोरी गाएर पछिल्लो समय सबैतिर चर्चा कमाएकि ईब्सुल मोडलिङ मार्फत चार वर्षदेखि साँगितिक क्षेत्रमा जमेकी छन् । ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज