
धनगढी – कैलालीको गौरीगंगामा फागुन १९ गतेदेखि गौरीगंगा गोल्ड कप हुने भएको छ ।
आज पत्रकार सम्मेलनको आयोजना गर्दै गौरीगंगा११ स्पोर्टस क्लबले प्रतियोगिताको तयारी सुरु गरेको जनाएको छ ।
फागुन १९ गते देखी २८ गते सम्म हुने प्रतियोगिताको विजेताले ६ लाख सहित ट्रफि, मेडल पाउने छन् । त्यस्तै उपविजेताले ३ लाख ट्रफि, मेडल पाउने आयोजक जनाएको छ ।
उत्कृष्ट खेलाडीले ५० हजार, प्रत्येक विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार पाउने र प्रत्येक खेलका उत्कृष्ट खेलाडीले ५ हजार पाउने जनाइएको छ ।
प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका १० टिमले सहभागिता जनाउने छन् । प्रतियोगिता गौरीगंगाको लिक्मा खेलमैदानमा आयोजना हुनेछ ।

