Advertisement
Monday, May 19

पाकिस्तानमा निर्वाचन लक्षित विस्फोट : १२ जनाको मृत्यु

Advertisement

पाकिस्तान – दक्षिणपश्चिमी पाकिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालय बाहिर बुधबार भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् ।

क्वेटा सहरबाट करिब ५० किलोमिटर टाढा र अफगानिस्तानसँगको सीमाबाट करिब १०० किलोमिटर टाढा रहेको पिशिन जिल्लामा एक स्वतन्त्र उम्मेदवारको कार्यालय नजिकै आक्रमण भएको थियो ।

क्वेटाका एक प्रहरी अधिकारीले नाम नबताउने सर्तमा एएफपीसँग भने, “१२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।”

“प्रारम्भिक अनुसन्धानले मोटर साइकलमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको देखिएको छ,” उनले भने ।  

प्रान्तका कार्यवाहक सूचनामन्त्री जान अचकजाईले मृतकको सङ्ख्या पुष्टि गर्दै भने, “यो विस्फोटमा १२ जनाको मृत्यु भएको छ र २५ भन्दा बढी घाइते भएका छन् ।” 

निर्वाचनका लागि ५० लाखभन्दा बढी सुरक्षाकर्मी बुधबारदेखि तैनाथ हुन थालेका छन् भने ९० हजारभन्दा बढी मतदान केन्द्रमा मतपत्र वितरण गरिएको छ ।

सन् २०१८ को चुनावपछि स्थापित बहुमतको सरकारका प्रधानमन्त्री इमरान खानलाई चार वर्षपछि अविश्वासको प्रस्तावमार्फत सत्ताबाट पदच्युत गरिएको थियो । 

पाकिस्तानी प्रधानमन्त्रीबाट हटाइएका र हाल जेलमा रहेका पूर्वप्रधानमन्त्री खानको पार्टी तथा नेताहरूलाई विभिन्न अभियोग लगाउँदै निर्वाचनमा सहभागी हुनबाट रोक लगाइएको छ । 

बिहीबारको मतदानको दौडान धेरै सुरक्षा घटना पनि भएका छन्, जसमा कम्तीमा दुई उम्मेदवारको गोली हानी हत्या भएको छ र दर्जनौँलाई देशभरि आक्रमणहरूमा निशाना बनाइएको छ ।

स्थानीय समयअनुसार बिहीबार बिहान ८ः०० बजे मतदान सुरु भई साँझ ५ः०० बजे मतदान सम्पन्न हुनेछ ।

लाहोरमा, निर्वाचन अधिकारीहरूको एक समूहले प्रहरीको साथमा मतदान सामग्रीहरूको बोराहरू केन्द्रीय वितरण केन्द्रबाट उनीहरूको मतदान केन्द्रहरूमा लैजानको लागि सङ्कलन गरेको देखिएको थियो । रासस–एएफपी

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

आज हावाहुरी सहित यिँ प्रदेशमा भारी वर्षा हुने

आज हावाहुरी सहित यिँ प्रदेशमा भारी वर्षा हुने

काठमाडौं : कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आ...
सरकारको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब

सरकारको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब

सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ देखिएको छ । सार्वजनिक ऋण व्यस्थापन कार्यालयले आइतबार सार्वजनिक गर...
पुल अभावले बागथला–बिजगडा सडक वर्षातमा अवरुद्ध हुने- सरोकारवाला मौन

पुल अभावले बागथला–बिजगडा सडक वर्षातमा अवरुद्ध हुने- सरोकारवाला मौन

बागथला–बिजगडा सडक खण्डअन्तर्गत रातागडा खोला । तस्बिर : सुरेश धामी बझाङ: बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका हुँ...
राष्ट्रिय युवा संघ नेपाल : महासचिव पदमा विनय शाहको किन बलियो दाबी ?

राष्ट्रिय युवा संघ नेपाल : महासचिव पदमा विनय शाहको किन बलियो दाबी ?

कैलाली: नेकपा एमालेको सबैभन्दा बलियो मानिने जनसंगठन, राष्ट्रिय युवा संघ नेपाल, आफ्नो दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा छ । जेठ ९ ...
हुलाकी राजमार्गकेन्द्रित अभियानपछि माओवादी मध्यपहाडी लोकमार्गमा 

हुलाकी राजमार्गकेन्द्रित अभियानपछि माओवादी मध्यपहाडी लोकमार्गमा 

प्रमुख प्रतिपक्ष दल माओवादीले शुक्रबारदेखि बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्गकेन्द्रित जनतासँग माओवादी जागरण अभियानको थालनी गरेक...
प्रचण्ड देउवा टेलीफोन वार्ता पछि जनार्दन बुढानिलकण्ठमा

प्रचण्ड देउवा टेलीफोन वार्ता पछि जनार्दन बुढानिलकण्ठमा

प्रमुख प्रतिपक्षी दल माओवादीले कांग्रेस सभापति तथा सत्तागठबन्धनका मुख्य नेता शेरबहादुर देउवासँग एकैदिन दुईपटक संवाद गरेको छ । शुक्...
अज यी प्रदेशमा चट्याङ सहित वर्षा

अज यी प्रदेशमा चट्याङ सहित वर्षा

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको ...
स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार

स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार लागेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज