Advertisement

समाचार

धनगढीमा पूर्व प्रधानमन्त्री चन्दलाई नागरिक अभिनन्दन

समाचार
धनगढी - पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई आज धनगढीमा नागरिक अभिनन्दन गरिएको छ ।  नागरिक अभिनन्दन मूल समारोह समितिले आज धनगढीमा उनलाई नागरिक अभिनन्दन गरेको हो ।  उनको ८५ औँ जन्मोत्सवको अवसर पारी नेपालको राजनीति र साहित्यमा गरेको योगदानको कदरस्वरुप नागरिक अभिनन्दन गरेको आयोजकले जनाएको छ ।  समारोहमा विभिन्न साहित्यकारले पूर्व प्रधानमन्त्री चन्दको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए । उनलाई धनगढीमा रथयात्रा पनि गराइएको छ ।  चन्दको जन्म विसं. १९९६ फागुन ३ गते बैतडीको कुरकुटिया गाउँमा भएको थियो । २०२५ सालबाट औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका चन्द २०४०, २०४६, २०५३ र २०५८ मा गरी चार पटक नेपालको प्रधानमन्त्री भए । चन्द राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध थिए । ...

अछाम बहुमुखी क्याम्पसलाई ‘क्युएए’ प्रमाणपत्र

समाचार
अछाम - सामुदायिक रुपमा सञ्चालित अछाम बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ ।  विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रिया पूरा गरेर शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसमा क्याम्पसलाई 'क्युएए' प्राप्त भएको हो ।  काठमाडौंमा आयोजित एक कार्यक्रमका बिचमा विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई क्युएए प्राप्तिको प्रमाणपत्र प्रदान गरेको छ ।  आठ वर्षदेखिको अथक मिहिनेतको प्रतिफलमा क्युएए प्रमाणपत्र प्राप्त गरेको र आगामी दिनको शैक्षिक गुणस्तरीयतामा केन्द्रित हुने क्याम्पस सञ्चालक समिति अध्यक्ष पदमबहादुर बोहराको भनाइ छ ।...

डोटीमा एक घरमा आगलागी 

समाचार
डोटी - डोटीको एक घरमा आगलागी भएको छ ।  पुर्बीचौकी गाउँपालिका २ कुडासैन बस्ने शरु देवी ठकुल्लाको २ तले कच्ची घरमा गोठको भान्सामा बालेको आगोबाट बुधवार आगलागी भएको हो । आगलागी हुँदा गोठमा रहेका ३ वटा गाई र १ वटा बाख्रा जलेर मरेका छन् ।  गोठमा रहेको पराल, काठ लगायतका सामान गरि अन्दाजी मुल्य १ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएके छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...

दार्चुलाको एक आरा मिलमा आगलागी हुँदा १० लाखको क्षति 

समाचार
दार्चुला - दार्चुलामा एक आरा मिलमा आगलागी भएको छ ।  शैल्यशिखर नगरपालिका ९ गाजरी वस्ने सुदेव भट्टले सञ्चालन गरेको आरा मिलमा बिहान ३ः३० बजेतिर अचानक आगलागी भएको हो । आगलागी हुँदा आरा मिल भित्र रहेका काठ, ब्याट्री, सिसा, फ्रेम लगायतका सामान गरि अन्दाजी मुल्य १० लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।...

महेन्द्रनगरबाट हिँडेको बस कपिलवस्तुमा दुर्घटना हुँदा १० जनाको मृत्यु, २० घाईते

समाचार
कपिलवस्तु - कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही खोलामा बस खस्दा १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।  सुरही खाेलामा ०२–००१ख–००९८ न.को सुनौलो महाकाली यातायातको यात्रुवाहक बस दुर्घटना भएको हो ।  सशस्त्र प्रहरी बल नेपाल नं.२८ गण कपिलवस्तुमा सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीका अनुसार महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जादै गरेको यात्रुवाहक बस सडकबाट २ सय फिट तल खसेको बताए ।  घाइते भएकाहरुलाई बुटवल र भालुवाङ तर्फ पठाइएको उनको भनाई छ । उक्त घटना स्थलमा सशस्त्र प्रहरी उपरीक्षक केसी सहित ६० जनाको टोलीद्धारा उद्दार कार्य भई रहेको छ । यद्यपि घटनाको थप विवरण आउन बाँकी छ ।...

धनगढीमा विद्युत सर्ट हुँदा आगलागी 

समाचार
धनगढी - कैलालीको धनगढी उपमहानगरपालिका –३ चटकपुरस्थित एक घरमा आगलागी हुँदा क्षति भएको छ ।  विद्युत सर्ट भएर खेमराज पनेरुको घरमा आज आगलागी भएको हो ।  आगलागीबाट घर भाडामा बस्दैआएकी गोदावरी नगरपालिका –३ की शान्ति रोकायाको फ्रिज, टिभी, दराज, भाँडावर्तन लगायतका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  अस्थायी प्रहरी पोष्ट चटकपुरबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर बोगटीको कमाण्डमा खटेको प्रहरी टोली र स्थानीयवासीले मिलेर आगो नियन्त्रणमा लिइएको छ । ...

घोडाघोडीका नगर प्रमुख रावत घाइते 

समाचार
धनगढी - कैलालीको घोडाघोडी नगरपालिका प्रमुख खडक रावत घाइते भएका छन् । मंगलवार राती घर नजिकै चक्कर आएर ढलेका रावतको टाउकोमा चोट लागेको हो ।  घाइते प्रमुख रावतको घोडाघोडी अस्पतालमा उपचार गरिएको छ। घाउँ भएको ठाउँमा चार वटा टाँका लागेको घोडाघोडी अस्पतालका चिकित्सक राहुल कुमार सिंहले बताए । हिड्दा हिड्दै अचानक लडेका रावतलाई स्थानीयले घोडाघोडी अस्पतालमा पुगाएका थिए । नगरप्रमुख रावतले चोटका कारण घरमै आराम गरिरहेको बताएका छन्।...

गोठालोले मनायो प्रेम सप्ताह : सिङ्गलहरुलाई दुई सय कप चिया फ्री  

समाचार
धनगढी - बुधबार फागुन २ गते अर्थात प्रेम दिवसका दिन गोठालोले दुई सय कप नि:शुल्क मसला चिया वितरण गरेको छ । धनगढी ५ हसनपुरमा रहेको गोठालोले प्रेम सप्ताह मनाउँदै सिङ्गलहरुलाई चिया वितरण गरेको हो । पछिल्लो समय गोठालो सरप्राईजसहितको केक र मसला चियाका लागि सबैको रोजाईमा पर्ने गरेको छ । गोठालोले माघ २४ गते रोज डेदेखि फागुन दुई गते भ्यालेन्टाइन्डेसम्म प्रेम सप्ताह मनाएको सञ्चाक दिनेश भट्टले बताएका छन् । उक्त अवसरमा रोज डेदेखि हिजोसम्म गाेठालाेमा आउने ग्राहकहरुलाई सिङ्गल छु भनी फारम भर्न लगाइएको र आज उक्त ग्राहकलाई एक कप चिया नि:शुल्क दिएको उनले बताए । सञ्चालक भट्टक अनुसार आज दिनभर दुई सय कप मसला चिया नि:शुल्क वितरण गरिएको छ ।  त्यस्तै प्रेम सप्ताहभर गोठालोमा केकमा १० प्रतिशत छुट दिइएको थियो भने आज २० प्रतिशत छुटमा केक बिक्री गरिएको सञ्चालक भट्टले बताएका छन् ।...

आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै

समाचार
धनगढी - आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ ।  वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ । यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा-आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ । सरस्वती पूजाकै दिन बालबालिकाहरुले शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन छ । आजको दिन विद्यालयहरूले सरस्वती पूजा कार्यक्रम गरेका छन् । संगीत प्रशिक्षणको सुरुवात पनि यसै दिन गर्दा राम्रो हुन्छ भन्ने विश्वास छ । ज्ञानका स्रोत मानिने पुस्तकसहित संगीतका वाद्ययन्त्र तथा रंग-कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ ।...

आज विश्व रेडियो दिवस मनाइँदै

समाचार
काठमाण्डौं – आज विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन शुरु गरिएको हो ।  यसवर्षको नारा ‘रेडियोको एक शताब्दी, जानकारी, मनोरञ्जन र शिक्षा’ रहेको छ । सन् १८९४ मा इटालीका वैज्ञानिक जी मार्कोनीले रेडियोको आविष्कार गरेपछि आजसम्म रेडियो र यसका संरचनाहरूले धेरै प्रविधिमय आयाममा परिवर्तन ल्याइसकेको छ ।  रेडियोलाई आमसञ्चारको प्रभावकारी माध्यमका रुपमा लिइन्छ । बढ्दो प्रविधिसँगै सञ्चार क्षेत्रमा अन्य धेरै विकल्पहरु थपिएका छन् । तर रेडियोको महत्व र योगदान अझै पनि सान्दर्भिक नै छ । चेतना प्रवाह, हरेक राजनीतिक परिवर्तन, विकास निर्माण, शिक्षा, स्वास्थ्यसँगै भूकम्पजस्ता विपद्मा रेडियोको भूमिकालाई महत्वपूर्ण मानिन्छ । तर पछिल्लो पटक रेडियोका लागि पनि आर्थिक सङ्कट चुनौतीपूर्ण बनेको छ । त्यसै का...

कैलालीमा भलाकुसारी गर्न शान्ति सङ्ग्रहालय निर्माण

समाचार
धनगढी - एकल महिलाले भलाकुसारी गर्नका लागि कैलाली जिल्लाको कैलारी गाउँपालिका–६ स्थित वनकट्टामा शान्ति सङ्ग्रहालय निर्माण गरिएको छ ।  यस सङ्ग्रहालयमा एकल महिला र द्वन्द्वपीडित जमघट भएर आआफ्ना दुःखसुखका कुरा आपसमा साटासाट गर्ने जनाइएको छ । सङ्ग्रहालयमा डिजिटल बोर्डसमेत लगाइएको छ ।  सङ्ग्रहालयमा आएर एकल महिलालाई एक अर्काबिच भलाकुसारी र दुःखसुख साटासाट गर्न सहयोग पुग्ने मानव अधिकार एकल महिला समूह सुदूरपश्चिम अध्यक्ष सुमन शर्माले बताइन् । वडा कार्यालयको आर्थिक सहयोगमा सङ्ग्रहालय भवन निर्माण गरिएको हो । वडा कार्यालयले १० लाख रुपियाँ सहयोग गरेको वडाध्यक्ष प्रेम चौधरीले जानकारी दिए ।  सङ्ग्रहालयको सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले उद्घाटन गरेका  हुन् । उनले एकल महिलालाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको प्रतिबद्धता जनाए ।...

फागुन १ गते सार्वजनिक बिदा नहुने

समाचार
काठमाडौं - सरकारले फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ ।  गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै जनयुद्ध दिवसको बिदा कायम नरहेको जनाएको हो । गृहका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को २०८० माघ २५ गते बसेको बैठकको निर्णय अनुसार जनयुद्ध दिवसको सार्वजनिक बिदा नदिइएको जानकारी दिए । नेपाल राजपत्र (खण्ड ७२, सङ्ख्या ६५, भाग ५ र मिति २०७९–१२–०२ मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जारी सूचनामा उल्लेख छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज