Advertisement

समाचार

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली

समाचार
धनगढी - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।  आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। देशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ।  देशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।...

पेलाको ‘के लत बस्यो मलाई’ करोड क्लबमा प्रवेश

समाचार
काठमाडौं - तिलकसिंह पेलाको स्वर र संगीतमा रहेको गजल गीत‘के लत बस्यो मलाई’ करोड क्लबमा प्रवेश गरेको छ ।  सार्वजनिक भएको १ वर्षपछि यो गजल करोड क्लवमा पुगेको हो । यस गजललाई डा. प्रदीप कुमार मैनालीले रचना गरेका हुन् ।  गजलमा तिलक सिंह पेलाको संगीत र स्वर रहेको छ । रिदम कंडेलले गजलको एरेन्ज गरेका हुन् । रेकर्डिङ स्टुडियोमा नै भिडियोको छायाँकन गरेर सार्वजनिक गरिएको हो । सरस शब्दावली र शेर बुनिएको यो गजल अत्याधिक रुचाईने गजलमध्येको एक हो । https://youtu.be/OEDTv4zs1Q4?si=fArmweBqQn78hDvL...

सरस्वती पूजामा दिया एजुकेसनले ल्यायो यस्तो अफर 

समाचार
काठमाडौं - काठमाडौंमा रहेको दिया एजुकेसनले सरस्वती पूजाको अवसरमा कोरीयन भाषा पढ्न चाहनेलाई विभिन्न अफर ल्याएको छ ।  काठमाडौंको कृतिपुर, नगाउँमा रहेको दिया एजुकेसनले आउने फागुन २ गते मनाइँने सरस्वती पूजाको अवसरमा उक्त अवसर ल्याएको हो ।  यस्ता छन् एजुकेसनका अफरहरु - कोरियन भाषाको 'Full Course' मा ३० प्रतिशत छुट, - 'Pain Killer'(Grammar Book) मा ५० प्रतिशत छुट र  - नयाँ कमान्डो कक्षामा १५ प्रतिशत छुट । त्यस्तै एजुकेसनमा नयाँ जिरो लेभल कक्षा बिहान ६ बजेबाट र नयाँ कमान्डो कक्षा माघ २७ गते सांझ ४ बजेदेखि हुनेभएको छ । माघ २६ गतेदेखि सुरु भएका उक्त अफरहरु फागुन २ गतेसम्म रहने दिया एजुकेसनमा कार्यरत भाष्कर भट्टले बताएका छन् । उनले भने, "दिया एजुकेसनमा अनुभवी एवम् दक्ष लेखक तथा प्रशिक्षक बिबेक भट्टद्वारा अध्यापन हुँदै आएको छ ।" ...

क्यानडाविरुद्ध नेपाल ९ विकेटले विजयी

समाचार
काठमाडौं - क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल ९ विकेटले विजयी भएको छ । यससँगै नेपालले तीन खेलको सिरिज क्लिनस्वीप गरेको छ । सोमबार अन्तिम एकदिवसीय खेलमा त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले अनिलकुमार साह र भीम सार्कीको शतक मद्दतमा ४४.३ ओभरमा लक्ष्य पूरा गर्‍यो । नेपालले ओपनर कुशल भुर्तेललाई १३ रनमै गुमाएको थियो, जतिबेला टिमको स्कोर ४५ रन थियो । तर अनिल र भीमले दोस्रो विकेटका लागि अविजित १८९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जित दिलाए । यो एकदिवसीय क्रिकेटमा नेपालको सबभन्दा ठूलो साझेदारी हो ।  यसअघि एकदिवसीय क्रिकेटमा गत जुनमा जिम्बाब्वेविरुद्ध कुशल भुर्तेल र असिफ शेखले पहिलो विकेटका १७१ रनको साझेदारी गरेका थिए । अनिलले ११६ बलमा ११ चौका र एक छक्काको मद्दतमा शतक पूरा गरे भने भीमले १२७ बलमा ११ चौका र एक छक्काको...

गौरीगंगा नगरपालिकाले खोल्यो ५० प्रतिशत अनुदान कार्यक्रम 

समाचार
गौरीगंगा - कैलालीको गौरीगंगा नगरपालिकाले ५० प्रतिशत अनुदान कार्यक्रम ल्याएको छ । नगरपालिकाले कृषि क्षेत्रमा लगनशीलता भएकालाई सहजीकरणका लागि ५० प्रतिशत अनुदानसहितको कार्यक्रम ल्याएको हो । उक्त अनुदान कार्यक्रममा फ्रेस हाउस सुधार ,  मिल्क क्यान वितरण, पकेट क्षेत्रमा खोर/गोठ सुधार कार्यक्रम ल्याएको हो । अनुदान कार्यक्रम खुल्ला रहेको हुँदा नगरपालिका तथा वडा कार्यालयमा आवेदन पेश गर्न सकिने जनाइएको छ ।...

कैलाली कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी 

समाचार
धनगढी - कैलाली कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ । जिल्ला कारागार कैलालीको बन्दी क्षमता एक सय ५० रहेको भएपनि कारागारमा ७ सय २० जना हालिएको छ ।  यो मानव अधिकार विपरीतको कार्य हो । कारगार कार्यालय कैलालीका निमित्त प्रमुख शिखा जोशीका अनुसार कारागारमा अहिले विभिन्न अपराधमा सजाय पाएका ६ सय ६५ पुरुष, ५२ महिला र तीन बालबालिका गरेर ७२० कैदीबन्दी छन् ।...

बाजुरामा गयल घटाउन स्कुलमै भातभान्सा

समाचार
बाजुरा - बाजुराको जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाका ९, डप्कमा रहेको सिद्धेश्वरी आधारभूत विद्यालयले विद्यार्थीको गयल घटाउन विद्यालयमै भातभान्सा लगाउने गरेको छ । हिउँदमा विद्यालय नआउने विद्यार्थीलाई नियमित गर्ने उद्देश्यले विद्यालयले विद्यालयमै बसेर पढाइ गर्ने गरी भातभान्सा लगाउने गरिएको हो । बुढीनन्दा नगरपालिका ७, ८, ९ र १० का अधिकांश स्थानीयको जीविकोपार्जनको मुख्य पेसा भेडाबाख्रापालन हो । यहाँका अधिकांश स्थानीय हिउँदमा भेडासँगै औल झर्ने भएकाले बालबालिका पनि उतै जाने गरेपछि यो विद्यालय हिउँदमा विद्यार्थीविहीन हुने गर्दछ । हिउँद भेडाबाख्रासहित घरपरिवार नै औल झर्ने र बर्खा लागेपछि पुनः घर फर्किने चलन परम्परागत नै हो । आमाबुवा औल झरेपछि बालबालिका पनि उतै जाने गरेकाले यतै रोक्न विद्यालयमै भातभान्सा सुरु गरेको प्रधानाध्यापक तुलाबहादुर रावतले बताए । उनले भने, ...

यस्तो छ आजको मौसम

समाचार
धनगढी - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  मंगलवार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।...

धनगढीमा जारी वडा स्तरीय फुटबलमा वडा नम्बर १५ दोस्रो राउन्डमा प्रवेश 

समाचार
धनगढी – धनगढीको वडा नम्बर १४ मा जारी वडा स्तरीय दोस्रो वडा अध्यक्ष कप २०८० फुटबल प्रतियोगितामा वडा नम्बर १५ प्रतियोगिताको दोस्रो राउन्डमा प्रवेश गरेको छ । आज धनगढी १४, फूलबारीको स्याउलेमा भएको उक्त प्रतियोगितामा धनगढी उपमहानगरपालिका वडा नम्बर १५ ले वडा नम्बर ६ लाई पेनाल्टी शुटआउटमा ७-६ ले जितेर दोस्रो राउन्डमा प्रवेश गरेको हो । वडा नम्बर १४ को सहकार्यमा फुलबारी ११ स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको उक्त प्रतियोगितामा प्रथमलाई एक लाख १ हजार पाँच सय ५५ पुरस्कार रहेको छ भने द्वितीयलाई ५० हजार पाँच सय ५५ रहेको आयोजकले जनाएको छ ।...

धनगढी १४ मा जारी वडा स्तरीय फुटबलमा वडा नम्बर १५ दोस्रो राउन्डमा प्रवेश 

समाचार
धनगढी - धनगढीको वडा नम्बर १४ मा जारी वडा स्तरीय दोस्रो वडा अध्यक्ष कप २०८० फुटबल प्रतियोगितामा वडा नम्बर १५ प्रतियोगिताको दोस्रो राउन्डमा प्रवेश गरेको छ । आज धनगढी १४, फूलबारीको स्याउलेमा भएको उक्त प्रतियोगितामा धनगढी उपमहानगरपालिका वडा नम्बर १५ ले वडा नम्बर ६ लाई पेनाल्टी शुटआउटमा ७-६ ले जितेर दोस्रो राउन्डमा प्रवेश गरेको हो । वडा नम्बर १४ को सहकार्यमा फुलबारी ११ स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको उक्त प्रतियोगितामा प्रथमलाई एक लाख १ हजार पाँच सय ५५ पुरस्कार रहेको छ भने द्वितीयलाई ५० हजार पाँच सय ५५ रहेको आयोजकले जनाएको छ ।...

१६ लाख बढी नेपाली बिदेश जाँदा ७० हजार बढी स्थायी बसोबासका लागि बिदेसिए

समाचार
काठमाडौं - नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोबासका लागि गएका छन् ।  आइतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो । विभागले सन् २०२३ मा नेपालबाट स्थायी बसोबास गर्नका लागि विदेश जाने नेपालीको सङ्ख्या ७० हजार ९१५ जना रहेको जानकारी दिएको हो ।  समिति बैठकमा बोल्दै अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०२३ मा १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक विदेशी जाँदा १२ लाख ६३ हजार ४६९ भित्रिएको बताए । उनले पछिल्लो एक वर्षमा विदेश गएकामध्ये तीन लाख ४० हजार  ३६९ जना नेपाली विदेशमा नै बसेको जानकारी दिए । उनले यस अवधिमा अध्ययनका लागि एक लाख आठ हजार ५४२ जना, अस्थायी बसोबास भिसामा ९२ हजार ३४९, स्थायी बसोबास भिसामा ७० हजार ९१५ जना र विवाह गरेर डिपेन्डेण्ट भिसामा २० हजार ६...

लम्कीचुहा दुईको सहयोगमा २० जना विद्यार्थीलाई नि:शुल्क कम्प्युटर तालिम

समाचार
लम्कीचुहा -  लम्कीचुहा नगरपालिका वडा नम्बर २ को आर्थिक सहयोगमा आर्थिक अवस्था कमजोर भएका २० जना विद्यार्थीलाई नि:शुल्क तालिम प्रदान गरेको छ । राष्ट्रिय नमुना मावि मोतिपुर र जनसेवा मावि गणेशपुरमा अध्ययनरत आर्थिक अवस्था नाजुक भएका २० जना विद्यार्थीलाई मोतिपुरको नेशनल एडभान्स कम्प्युटर ईन्स्टिच्युटमा तीन महिने नि:शुल्क कम्प्युटर तालिम प्रदान गरिएको हो । आज आइतबार प्रमाण पत्र वितरण तथा सम्मान कार्यक्रम गर्दै उक्त तीन महिने तालिम सम्पन्न गरिएको छ । वडालाई शिक्षा, प्रविधि लगायत हरेक क्षेत्रमा विकास गर्ने र वडालाई सुन्दर बनाउने परिकल्पना गरेको वडा अध्यक्ष सन्तोष कुमार ओलीले बताएका छन् । आफू सधैं जनताको साथमा रहेको र जनताको सल्लाह सुझाव अनुसार जनअपेक्षित काम गर्दै जाने उनले बताए ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज