धनगढी – एकल महिलाले भलाकुसारी गर्नका लागि कैलाली जिल्लाको कैलारी गाउँपालिका–६ स्थित वनकट्टामा शान्ति सङ्ग्रहालय निर्माण गरिएको छ ।
यस सङ्ग्रहालयमा एकल महिला र द्वन्द्वपीडित जमघट भएर आआफ्ना दुःखसुखका कुरा आपसमा साटासाट गर्ने जनाइएको छ । सङ्ग्रहालयमा डिजिटल बोर्डसमेत लगाइएको छ ।
सङ्ग्रहालयमा आएर एकल महिलालाई एक अर्काबिच भलाकुसारी र दुःखसुख साटासाट गर्न सहयोग पुग्ने मानव अधिकार एकल महिला समूह सुदूरपश्चिम अध्यक्ष सुमन शर्माले बताइन् ।
वडा कार्यालयको आर्थिक सहयोगमा सङ्ग्रहालय भवन निर्माण गरिएको हो । वडा कार्यालयले १० लाख रुपियाँ सहयोग गरेको वडाध्यक्ष प्रेम चौधरीले जानकारी दिए ।
सङ्ग्रहालयको सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले उद्घाटन गरेका हुन् । उनले एकल महिलालाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको प्रतिबद्धता जनाए ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३