
धनगढी – कैलालीको घोडाघोडी नगरपालिका प्रमुख खडक रावत घाइते भएका छन् ।
मंगलवार राती घर नजिकै चक्कर आएर ढलेका रावतको टाउकोमा चोट लागेको हो ।
घाइते प्रमुख रावतको घोडाघोडी अस्पतालमा उपचार गरिएको छ। घाउँ भएको ठाउँमा चार वटा टाँका लागेको घोडाघोडी अस्पतालका चिकित्सक राहुल कुमार सिंहले बताए ।
हिड्दा हिड्दै अचानक लडेका रावतलाई स्थानीयले घोडाघोडी अस्पतालमा पुगाएका थिए । नगरप्रमुख रावतले चोटका कारण घरमै आराम गरिरहेको बताएका छन्।

