कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही खोलामा बस खस्दा १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
सुरही खाेलामा ०२–००१ख–००९८ न.को सुनौलो महाकाली यातायातको यात्रुवाहक बस दुर्घटना भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं.२८ गण कपिलवस्तुमा सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीका अनुसार महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जादै गरेको यात्रुवाहक बस सडकबाट २ सय फिट तल खसेको बताए ।
घाइते भएकाहरुलाई बुटवल र भालुवाङ तर्फ पठाइएको उनको भनाई छ । उक्त घटना स्थलमा सशस्त्र प्रहरी उपरीक्षक केसी सहित ६० जनाको टोलीद्धारा उद्दार कार्य भई रहेको छ । यद्यपि घटनाको थप विवरण आउन बाँकी छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३