
अछाम – सामुदायिक रुपमा सञ्चालित अछाम बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ ।
विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रिया पूरा गरेर शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसमा क्याम्पसलाई ‘क्युएए’ प्राप्त भएको हो ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बिचमा विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई क्युएए प्राप्तिको प्रमाणपत्र प्रदान गरेको छ ।
आठ वर्षदेखिको अथक मिहिनेतको प्रतिफलमा क्युएए प्रमाणपत्र प्राप्त गरेको र आगामी दिनको शैक्षिक गुणस्तरीयतामा केन्द्रित हुने क्याम्पस सञ्चालक समिति अध्यक्ष पदमबहादुर बोहराको भनाइ छ ।

