
धनगढी – नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले सुदूरपश्चिम प्रदेश सरकारमा पार्टीबाट मन्त्री बनेकाहरु अप्ठेरोमा परेका छन् ।
मन्त्री रहिरहन दिने कि फिर्ता बोलाउने भनेर अध्यक्ष रञ्जिता चौधरी र नेता रेशम चौधरीबीच कुरा मिल्न सकेको छैन ।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा परेको सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा रञ्जिता र रेशमको मतभेद छ ।
रेशमको निर्देशनअनुसार नागरिक उन्मुक्तिबाट शुक्रवार तीन मन्त्रीले शपथ लिएका थिए ।

