
धनगढी – शनिबार क्याप्टेन बेद उप्रेतीद्वारा लिखित दुर्गम विस्मयलोक/भूस्वर्गको परिकल्पना सुदूपश्चिम नेपालको लोकार्पण गरिएको छ ।
लोकार्पणका क्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धार्मिक, साँस्कृतिक, पर्यटकीय हिसाबले सुदूरपश्चिम सम्भाव नै सम्भावना बोकेको क्षेत्र भएकोे बताएका छन् ।
उनले सुदूरपश्चिममा पर्यटकीय विकासका लागि धेरै काम हुन नसकेको बताउँदै आगामी दिनमा पर्यटकीय क्षेत्रको थप अध्ययन र पहिचान गरी सुदूरपश्चिममा पर्यटनको विकास गर्नुपर्ने बताए ।
क्याप्टेन उप्रेतीद्वारा लिखित पुस्तकले सुदूरपश्चिमलाई नेपाल र नेपाल बाहिर चिनाउन सहयोग गर्ने उनले बताए ।
सुदूरपश्चिमको वास्तविक परिदृश्यलाई काल्पनिक विस्मयलोक/भूस्वर्गका रुपमा परिकल्पना गरिएका दृश्य समावेश गरेर तयार पारिएको पुस्तकमा १२० पाना र ९४ रंगिन तस्बिर छन्। पुस्तक नेपाली र अंग्रेजी दुबै भाषामा वर्णन गरिएको छ।
पुस्तक बिक्रीबाट प्राप्त रकम बेद उप्रेती ट्रष्टका माध्यमबाट सुदूरपश्चिमका क्यान्सर बिरामीलाई सहयोग गरिने लेखक उप्रेतीले जानकारी गराएका छन् ।


