धनगढी – नेपाली बजारमा सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ ।
सुनको भाउ आज अहिलेसम्मकै उच्च तोलाको १ लाख २६ हजार रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर १ लाख २६ हजार रुपैयाँ पुगेको हो ।
यसअघि बिहीवार र शुक्रवार सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३