धनगढी – नेपाली कलाकारिता तथा निर्देशन क्षेत्रमा गरेको योगदानको उच्च कदर गर्दै कलाकार तथा निर्देशक अनुप चन्द ठकुरी सम्मानित भएका छन् ।
कैलालीको धनगढीमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौंको संयुक्त आयोजनामा सञ्चालित प्रादेशिक ललितकला प्रदर्शनिको समापन समारोहमा उनि सम्मानित भएका हुन् ।
बिहिबार समापन कार्यक्रममा सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलद्वारा उनि सम्मानित भएका छन् । आईतबारबाट सञ्चालन भएको ललितकला प्रदर्शनी बिहिबार सम्पन्न भएको हो ।
लामो समयदेखि कलाकारिता तथा निर्देशन क्षेत्रमा रहेका चन्दले ५० भन्दा बढि म्युजिक भिडियो निर्देशन गर्नुका साथै करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय पनि गरिसकेका छन् ।
साथै उनले ३० ओटा भन्दा बढी डकुमेन्ट्री निर्देशन/सम्पादन गरेका छन् । सुप ईन्टरटेनमेन्ट हाउस प्रालिका अध्यक्ष समेत रहेका कलाकार चन्दले दोस्रो सुप ईन्टरटेनमेन्ट म्युजिक अवार्ड कार्यक्रम समेत सम्पन्न गरेका छन्
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३