Advertisement

समाचार

ट्याक्टर पल्टिदा चालक को मिर्तु

ट्याक्टर पल्टिदा चालक को मिर्तु

कन्चनपुर, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
२०८१ वैशाख ९कञ्चनपुरमा एक जना ट्याक्टर चालकको मृत्यु भएको छ।जिल्लाको बेलौरी नगरपालिका–५ मैनाहस्थित कलुवापुर बेलौरी सडक खण्डमा कलुवापुरबाट बेलौरीतर्फ आउदै गरेको से २ त २२५४ नम्बरको ट्याक्टर पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको हो।पानी ट्याङ्की जडित ट्याक्टर अनियन्त्रित भएर सडक छेउमा पल्टिन पुगेपछि लालझाडी गाउँपालिका–६ चान्देउका ३५ वर्षीय सुरेश चौधरीको शनिबार राति ट्याक्टर मुनि च्यापिएर घटनास्थलमै मृत्यु भएको हो। उनको ट्याक्टर मुनि च्यापिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।...
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)

नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)

मुख्य समाचार, समाचार
धनगढी : नेपाली सेनाले ठुलो सङ्ख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा सार्वजनिक सूचना प्रकाशन गर्दै जङ्गी अड्डाले २६ सय १५ रिक्त पदमा आवेदन मागेको हो नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, सूचिकार, सपाइकर्मी, चर्मकर्मी, लोहाकार पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।  आगामी जेठ ५ गतेसम्म आवेदन दिन सकिने भए पनि दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिने सूचनामा उल्लेख छ ।...
सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना : तीन जनाको ज्यान गयो, बेहुलासहित ५२ जना घाइते

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना : तीन जनाको ज्यान गयो, बेहुलासहित ५२ जना घाइते

मुख्य समाचार, समाचार
धनगढी : दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा जाँदै गरेको जन्ती बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । बेहुलासहित ५२ जना घाइते भएका छन् । बा ४ ख ५६१६ नम्बरको जन्ती बस बिहान साढे ७ बजे त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–५ धारावतीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ दुर्घटनामा ज्यान गुमाएका तीन जनामध्ये दुई जनाको मात्रै परिचय खुलेको छ । ज्यान गुमाउनेमा दोलखाको भिमेश्वर–१ का १७ वर्षका शिव श्रेष्ठ र ७० वर्षका मानबहादुर थामी रहेका  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिनुभयो । अर्का एक जना परिचय नखुलेका अन्दाजी १८/१९ वर्षका युवक रहेका छन्  ।   बेहुलासहित घाइते भएका धेरैको घटनास्थलमै प्राथमिक उपचार भैरहेको छ । केहीलाई सिन्धु सदावहार अस्पताल पठाएको प्रहरीले जनाएको छ ।...
जलाधार व्यवस्थापन अधिकृत १ लाख २० हजार रुपैयाँ घुससहित पक्राउ ।

जलाधार व्यवस्थापन अधिकृत १ लाख २० हजार रुपैयाँ घुससहित पक्राउ ।

कैलाली, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली । कैलालीस्थित राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल १ लाख २० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो । सोमबार उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालय, नेपालञ्जबाट खटिएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ बाट बुधबार नियन्त्रणमा लिएको हो । उनीबारे थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । Oplus_131072...
बझाङ काठमाडौ सम्पर्क मञ्चद्वारा एमालेले मतदाता काठमाडौबाट बझाङ ल्याउँदै

बझाङ काठमाडौ सम्पर्क मञ्चद्वारा एमालेले मतदाता काठमाडौबाट बझाङ ल्याउँदै

राजनीति, समाचार
बझाङ : एमाले निकट  बझाङ काठमाडौ सम्पर्क मञ्चले बझाङमा हुने उपनिर्वाचनका लागि मतदाता काठमाडौ बाट बझाङ पठाएको छ । बैसाख १५ गते हुने उपनिर्वाचनको लागि सो मतदाता काठमाडौ बाट पठाएको हो । आज मात्रै सो समितिद्वारा काठमाडौ बाट बझाङमा १०० मतदाता पठाएको छ । विभिन्न पेशा व्यवसायको शिलशिलामा काठमाडौ भएका मतदातालाई सो मञ्चले ८ र ९ गते पुन बझाङ पठाउने सो मञ्चका उपाध्यक्ष डा.विकास बोहराले बताउनु भयो ।...
८ ओभरमा झारिएको खेलमा नेपालले साउदीविरूद्ध बलिङ गर्दै*

८ ओभरमा झारिएको खेलमा नेपालले साउदीविरूद्ध बलिङ गर्दै*

खेलकुद, समाचार
ओमानमा जारी एसिसी प्रिमियर कपमा नेपाल र साउदी अरबबीचको खेल ८ ओभरको हुने भएको छ। मंगलबार राति भएको वर्षाका कारण खेल ढिलो गरी हुँदा ओभर घटाइएको हो। खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ। टिममा एक परिवर्तन गरिएको छ। सोमपाल कामीको स्थानमा प्रतिश जिसीलाई खेलाइएको छ। नेपाल एक खेल बाँकी छँदै समूह विजेता बनिसकेको छ। मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले पराजित गरेसँगै नेपालले अन्तिम खेलअघि नै समूह विजेता पक्का गरेको हो। समूहको शीर्ष स्थानको नेपालको अन्तिम खेलअघि ६ अंक छ। दोस्रो स्थानको कतारले सबै खेल खेल्दा ४ अंक जोडेको छ। साउदी, मलेसिया र हङकङले अन्तिम खेलअघि २-२ अंक जोडेका छन्। १० टिम सहभागी कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। अन्तिम खेलअघि ओमान शीर्ष स्थानमा रहदै ६ अंक छ। कुवेत र युएईको ४-४ अंक छ। Oplus_131072...
दार्चुलाको अपि हिमालमा सीपि अस्पताल को चार दिन निशुल्क स्वास्थ्य शिवर !

दार्चुलाको अपि हिमालमा सीपि अस्पताल को चार दिन निशुल्क स्वास्थ्य शिवर !

समाचार
धनगढी ः दार्चुलाको अपी हिमाल गाउँपालिकामा चार दिन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। धनगढीको सीपि अस्पतालले दार्चुलाको दुर्गम गाउँपालिका अपि हिमालमा चार दिन स्वास्थ्य शिविरको आयोजना गरेको हो। अस्पतालका अनुसार चैत ३० गते पहिलो दिन अपि हिमाल गाउँपालिका–५ ओखालमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। उत्त क्षेत्रका ६५ महिला र ४२ पुरुषले उपचार सेवा लिएका छन्। एक सय सात जनाले पहिलो दिनको शिविरमा स्वास्थ्य उपचार सेवा लिएका हुन्। दोस्रो दिन वैशाख २ गते २ सय ४३ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्। उनीहरूमा एक सय ७२ महिला र ७१ पुरुष रहेका छन्। दोस्रो दिन अपि हिमाल गाउँपालिका–४ चिल्ढुङ्गामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। उक्त दिन ३० जनाको भिडिओ एक्सरेसमेत गरिएको थियो। तेस्रो दिन अपि हिमाल गाउँपालिका–४ मा नै स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। तेस्रो दिन एक सय ८५ जनाले उपचार सेवा लिएका ...
औषधि बिधेयक, २०८० को मस्यौदा सच्याउन माग गर्दै नेपाल फर्मास्युटिकल एसोसिएसनले स्वास्थ्य मन्त्रीमाई बुझाए ज्ञापनपत्र

औषधि बिधेयक, २०८० को मस्यौदा सच्याउन माग गर्दै नेपाल फर्मास्युटिकल एसोसिएसनले स्वास्थ्य मन्त्रीमाई बुझाए ज्ञापनपत्र

समाचार
नेपाल फर्मास्युटिकल एसोसिएसनले नेपाल कानुन आयोगद्वारा तयार गरि स्वास्थ्य मन्त्रालयमा प्रेषित गरेको औषधि बिधेयक, २०८० को मस्यौदा सम्बन्धि आफ्नो सुझावहरु उप-प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई आज ज्ञापनपत्र बुझाएका छन्।  एसोसिएसनले शुझाव सहितकोज्ञापनपत्र मन्त्रीसहित सचिव मधुसुदन बुर्लाकोटी तथा कानुन शाखामा समेत ज्ञापनपत्र बुझाएका हुन्।  औषधि बिधेयक, २०८० को निर्माणमा सरोकारवाला संघ संस्थाहरुको सुझाव संकलन अनुसार कार्यन्वयन नगरी ल्याउन लागिएको भन्दै संघ संस्थाले दिएका सुझाव समावेश गर्न माग गरेका हुन्। ध्याकर्षण पत्रमा भनिएको छ 'मानव स्वास्थ्यमा औषधि अपरिहार्य रहेको मात्र नभई स्वास्थ्य मन्त्रालयको बजेटको करिब ४० प्रतिशत भार औषधि तथा औषधिजन्य सामग्री सम्बन्धि रहने संवेदनशील तथ्य रहंदा रहँदै पैंतालिस बर्ष पछि आई रहेको औषधि बिधेयक, २०८०...
प्रहरीले भेटाएकाे बेवारिसे झाेला फिर्ता

प्रहरीले भेटाएकाे बेवारिसे झाेला फिर्ता

बझाङ, समाचार
बझाङ जिल्लाकाे सदरमुकाम चैनपुरमा आज प्रहरीले भेटाएकाे बेवारिसे झाेला फिर्ता गरेको छ । चैनपुरकाे खेल्ला मञ्चमा बेवारिसे झाेला फेला पारेको थियाे । सदरमुकाम चैनपुरमा रहेको वडा प्रहरी कार्यालय चैनपुरकाे टाेली डिउडीमा रहेको अवस्थामा प्रहरीले फेला पारेको थियाे । वडा प्रहरी प्रमुख तथा असई माेहन सिँ रावलकाे नेतृत्वमा खटेकाे टाेलिले फेला पारेको झाेला सम्वन्धित व्याक्तिका आफन्त लाई हस्तान्तरण गरिएको हाे । फेला परेको झाेला जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का शिवभक्त जाेशीकाे रहेकाे थियाे । झाेलामा ११ हजार नगद परिचयपत्र सञ्जय काेषका कागज चेक सहित विभिन्न कागजहरु रहेका थिए । उनका आफन्त वडा नम्बर ११ का वडा सदस्य पदम राज जाेशीलाइ बरिस्ठ हवल्दार देव सिङ बिष्टले हस्तान्तरण गरिएको वडा प्रहरी कार्यालय बझाङले जनाएको छ ।...
अपिहिमाल गाँउपालिका मा ४ दिने निशुल्क स्वास्थ्य शिविर !

अपिहिमाल गाँउपालिका मा ४ दिने निशुल्क स्वास्थ्य शिविर !

समाचार
दार्चुलाको अपिहिमाल गाउँपालिकामा ४ दिने नि:शुल्क बृहत स्वास्थ्य शिविर सञ्चालनमा आएको छ । गाउँपालिकाको सहयोगमा नेपाल फार्मेसी संघ र सिपि अस्पताल धनगढीको संयुक्त आयोजनामा २०८० चैत ३० गतेदेखि २०८१ वैशाख ४ गतेसम्म उक्त शिविर सञ्चालन हुने भएको छ । उक्त शिविर आज दोस्रो दिन अपिहिमालको वडा नम्बर चारमा रहेको खण्डेश्वरी स्वास्थ्य चौकीमा गरिएको छ । वडा नम्बर चारका वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता रबिन्द्र सिंह बोहराको अध्यक्षता सम्पन्न भएको आज शिविरको दोस्रो दिन गाउँपालिकाकी उपाध्यक्ष देवकी देवि बोहराको प्रमुख आतिथ्यता रहेको थियो । आज भएको शिविरमा २४३ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । शिविरमा महिला रोग सम्बन्धी विषेश उपचार तथा परामर्श सेवा, दन्त उपचार सेवा र अन्य सामान्य चेकजाँचहरु गरिने जनाइएको छ । त्यस्तै पहिलो दिन चैत ३० गते अपिहिमाल गाउँपालिकाको ...
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ कैलाली र नवजीवन अस्पताल बीच उपचारमा छुट दिने सम्झौता !

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ कैलाली र नवजीवन अस्पताल बीच उपचारमा छुट दिने सम्झौता !

समाचार
धनगढी । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कैलाली र नवजीवन अस्पताल धनगढीबीच उपचारमा विशेष छुट दिनेगरि सम्झौता भएको छ । शनिबार महासंघका अध्यक्ष जयकला रावल र अस्पतालका अध्यक्ष यज्ञराज ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर  गरेका छन्।सम्झौता अनुसार महाँसघ को सिफारिसका आधारमा उपचारमा सहुलियत र छुट दिने सहमति भएको छ । अब नवजीवन अस्पतालले महाँसघ को सिफारिसमा ४ देखि २० प्रतिशतसम्म छुट पाइनेछ । हेर्नुस् सम्झौता...
त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु

त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु

मुख्य समाचार, समाचार
काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ज्यान गुमाएकाहरूको परिचय खुलेको छैन । आज बिहान ७:१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो । ट्याक्सीमा कति यात्री सवार थिए भन्ने पनि यकिन नभएको प्रहरीले जनाएको छ । दुर्घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज