काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार ज्यान गुमाएकाहरूको परिचय खुलेको छैन । आज बिहान ७:१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो ।
ट्याक्सीमा कति यात्री सवार थिए भन्ने पनि यकिन नभएको प्रहरीले जनाएको छ । दुर्घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३