ओमानमा जारी एसिसी प्रिमियर कपमा नेपाल र साउदी अरबबीचको खेल ८ ओभरको हुने भएको छ। मंगलबार राति भएको वर्षाका कारण खेल ढिलो गरी हुँदा ओभर घटाइएको हो।
खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ।
टिममा एक परिवर्तन गरिएको छ। सोमपाल कामीको स्थानमा प्रतिश जिसीलाई खेलाइएको छ।
नेपाल एक खेल बाँकी छँदै समूह विजेता बनिसकेको छ। मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले पराजित गरेसँगै नेपालले अन्तिम खेलअघि नै समूह विजेता पक्का गरेको हो।
समूहको शीर्ष स्थानको नेपालको अन्तिम खेलअघि ६ अंक छ। दोस्रो स्थानको कतारले सबै खेल खेल्दा ४ अंक जोडेको छ। साउदी, मलेसिया र हङकङले अन्तिम खेलअघि २-२ अंक जोडेका छन्।
१० टिम सहभागी कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। अन्तिम खेलअघि ओमान शीर्ष स्थानमा रहदै ६ अंक छ। कुवेत र युएईको ४-४ अंक छ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३