Advertisement

समाचार

पोखरा पुगेका कार्यकर्ताले घुमघामको फोटो हाले कारबाही गर्ने रास्वपाको चेतावनी

पोखरा पुगेका कार्यकर्ताले घुमघामको फोटो हाले कारबाही गर्ने रास्वपाको चेतावनी

समाचार
७ कात्तिक, काठमाडौं । पूर्वगृहमन्त्री तथा सभापति रवि लामिछाने पक्राउ विरोधमा पोखरा पुगेका कार्यकर्तालाई आन्दोलनबाहेक घुमघामका फोटो पोस्ट नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सूचना पठाएको छ । रास्वपाको अनुशासन विभागले कार्यकर्ताहरुलाई पठाएको उक्त म्यासेजमा आन्दोलनको फोटो भिडियोमात्रै सामाजिक सञ्जालमा राख्न निर्देशनसमेत दिइएको छ । आन्दोलनबाहेकको पोस्ट राखे कारबाही गरिने समेत बताइएको छ । ‘पोखरामा आएका साथीहरु आन्दोलनबाहेकको घुमघामको फोटो पोस्ट गरेको पाइए कारबाही हुन्छ’, म्यासेजमा भनिएको छ, ‘सबै पार्टी सदस्यले आन्दोलनको फोटो, भिडियो शेयर गर्न निर्देशन गरिन्छ ।’ पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने शुक्रबार काठमाडौंबाट पक्राउ परेका हुन् । सोही दिन राति उनलाई पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा भएका कारण उनलाई आइतबार म्याद थपका लागि आइतबार जिल्ला अदालतमा...
बालुवाटारमा सत्तारूढ ६ दलको बैठक सुरू

बालुवाटारमा सत्तारूढ ६ दलको बैठक सुरू

समाचार
प्रधानमन्त्रीको आह्वानमा सत्ता गठबन्धन दलहरूको बैठक बसेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बैठक बसेको हो। बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरू सहभागी छन्। एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत अध्यक्ष सिके राउत, नाउपा अध्यक्ष रञ्जिता चौधरीलगायत नेताहरूबीच बालुवाटारमा छलफल भएको हो। एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेको एक सय दिन पुगेको छ। सरकारका कामकारबाहीका समीक्षा र भावी कार्यक्रम तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारूढ दलहरूको बैठक बसेको हो। प्रधानमन्त्री ओलीले बुधबार अपराह्न ३ बजे सरकारका उपलब्धिहरू सार्वजनिक गर्ने कार्यक्रम पनि छ। कांग्रेस र...
रास्वपा कार्यकर्ताले धम्क्याउन थालेको सहकारी पीडितको आरोप

रास्वपा कार्यकर्ताले धम्क्याउन थालेको सहकारी पीडितको आरोप

समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले पोखराका सहकारी पीडितलाई धम्क्याउन थालेको पीडितहरुले आरोप लगाएका छन्। सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै रास्वपा नेता तथा कार्यकर्ताले पीडितको घरमै पुगेर धम्क्याउने, प्र्रलोपनमा पार्ने र भड्काउने जस्ता गतिविधी गरेको आरोप लगाएका हुन्। पार्टी सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधमा मुछिएपछि रास्वपा कार्यकर्ताले पोखरामा दिनहुँ आन्दोलन गर्दै आएका छन्। उनीहरुले आन्दोलनमा पोखरेली नागरिक सहभागी नभएको भन्दै घरदैलो गरिरहेका छन्। घरदैलोका क्रममा रास्वपा कार्यकर्ताले पीडितलाई झन् पीडा दिने काम गरेको पीडितहरुले बताएका छन्। ‘अनुसन्धानलाई नै प्रभाव पार्ने किसिमको कार्यक्रम पोखरामा दिनहुँ जसो भइरहेका छन्, पार्टीका कार्यकर्ताद्धारा पीडित लखेटिएका छन्। पिटिएका छन्। विगत २ बर्षदेखि यो पार्टी सरकारम...
प्रधानमन्त्री ओलिका १०० दिन उपलब्धिविहिन

प्रधानमन्त्री ओलिका १०० दिन उपलब्धिविहिन

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको भोलि एक सय दिन पुग्दैछ ।नागरिकमा देखिएको निराशा चिर्दै राजनीतिक राजनीतिक स्थिरता कायम गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउने र संविधान संशोधन गर्ने लक्ष्यसहित असार ३० गते सरकार गठन भएको हो । सरकार गठनलगत्तै कांग्रेस र एमालेका नेताहरुले अब एक दिन पनि काम नगरी बस्ने छुट नभएको बताएका थिए । तर एक सय दिन हुँदासमेत सरकारले कुनै पनि क्षेत्रमा उत्साह ल्याउन सकेको छैन । सरकार गठन हुनुअघि कांग्रेस र एमालेबीचको सहमतिसमेत कार्यान्वयनमा गएको छैन । प्रधानमन्त्रीले नै सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन् : अध्यक्ष दाहाल केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै केहिदिन सेयरबजारमा उत्साह देखियो । त्यसैलाई देखाएर सरकार निर्माण हुने वित्तिकै अर्थतन्त्रमा सुधारको संकेत देखिएको सरकारको दाबी थियो। तर त...
फोहरबाट मोहर कमाउँदै व्यास नगरपालिका

फोहरबाट मोहर कमाउँदै व्यास नगरपालिका

समाचार
तनहुँ —जिल्लाको व्यास नगरपालिकाले फोहरबाट आम्दानी लिन सुरु गरेको छ । फोहरजन्य बस्तु बिक्री गरी नगरपालिकाले दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो । बढ्दो बजारीकरणसँगै विभिन्न क्षेत्रलाई फोहर व्यवस्थापनमा समस्या भइरहेका बेला व्यास नगरपालिकाले फोहर बिक्री गरी २ लाख १७ हजार ४ सय ३९ रुपैयाँ आम्दानी गरेको हो । नगरपालिका क्षेत्रबाट संकलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न बस्तु बिक्री गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले बताए । ‘पानीका बोतल, आल्मुनियम, टिन, फलाम, कपीकिताब, गत्ता, टुक्रा कागज, सिसालगायत पुनःप्रगोग गर्न मिल्ने वस्तु बिक्री गरिएको हो,’ उनले भने ।   यस्तै, करिब एक लाख रुपैयाँ बराबरको फोहर बिक्रीका लागि तयारी अवस्थामा रहेको वन, वातावरण तथा सरसफाइ शाखाका प्रमुख कृष्णराज घिमिरेले बताए । ‘एलडी, एचएम, पीपी, गुडियालगायत सामान बिक्री...
मध्यपश्चिमसहित १३ विश्वविद्यालयले गरे संयुक्त घोषणापत्रमा हस्ताक्षर

मध्यपश्चिमसहित १३ विश्वविद्यालयले गरे संयुक्त घोषणापत्रमा हस्ताक्षर

समाचार
६ कात्तिक, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयसहित दक्षिण एसियाका १३ विश्वविद्यालयले संयुक्त घोषणा पत्रमा हस्ताक्षर गरेका छन् । चीनमा आयोजित ‘हुबेई (चीन) र दक्षिण एसियाका विश्वविद्यालय अध्यक्षहरूको फोरम’ मा सहभागी भई संयुक्त घोषणा पत्रमा हस्ताक्षर गरेका हुन् । घोषणा पत्रले शिक्षा, अनुसन्धान र प्राविधिक आविष्कारमा सहयोगलाई जोड दिएको छ । घोषणाले साझेदारीहरुलाई फराकिलो बनाउने, प्रतिभा विकासलाई बढावा दिने र डिजिटल शिक्षालाई एकीकृत गर्ने लगायत उल्लेख गरेको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा. ध्रुव कुमार गौतमले उच्च शिक्षा साझेदारी बढाउने उद्देश्यले सहयोगी पहलहरूबारे छलफल गर्न उक्त घोषणा पत्रमा हस्ताक्षर गरेको मप विश्वविद्यालयले जनाएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा गौतम लगायत हुबेई विश्वविद्यालय, चाइना थ्री गर्जेज विश्वविद्यालय, वुहान विज्ञान ...
लुक्लामा एकै दिन १७७ उडान, भित्रिए ११५५ पर्यटक

लुक्लामा एकै दिन १७७ उडान, भित्रिए ११५५ पर्यटक

समाचार
सोलुखुम्बु —एक सातापछि मौसम खुलेसँगै लुक्ला विमानस्थलमा एकै दिन ११ सय ५५ सय पर्यटक भित्रिएका छन् । प्रतिकूल मौसमका कारण रामेछापको मन्थली र काठमाडौंमा बसिरहेका पर्यटक हवाईमार्गमार्फत लुक्ला आइपुगेका हुन् । सोमबार मन्थली र काठमाडौंबाट तारा, समिट र सीता एयर गरी ३ कम्पनीका ४७ जहाजले उडान गरेका छन् । विभिन्न कम्पनीका हेलिकोप्टरले पनि १ सय ३० वटा उडानमार्फत पर्यटकलाई लुक्ला ल्याएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका प्रमुख उमेश पन्थीले बताए । सोमबार बिहानैदेखि मौसम अनुकूल भएसँगै उडान गरिएको पन्थीले जनाए । ‘एक सातापछि बिहानै मौसम खुलेपछि दिउँसो साढे २ बजेसम्म लगातार उडान भयो,’ उनले भने, ‘धेरैपछि लुक्लामा उडानको चाप बढेको छ, अब विमानस्थल नियमित लयमा फर्किएको छ ।’   तारा एयरका १६, सीता एयरका १५ र समिट एयरका १६ गरी ४७ उडान भएको उनको भनाइ छ । जहाजमार्फत ५ सय ७५ विदेश...
माओवादीले कात्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने

माओवादीले कात्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने

समाचार
काठमाडौँ —नेकपा (माओवादी केन्द्र)ले कात्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ ।  सरकारका गलत कमदको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा कात्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ । अध्यक्ष पुष्पकमल दाहालले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको वाग्मती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराएबम हुन् । उनले खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीहरूलाई निर्देशन पनि दिएका छन् । माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आ...
गेटा अस्पतालमा शल्यक्रिया सेवा सुरु

गेटा अस्पतालमा शल्यक्रिया सेवा सुरु

समाचार
धनगढी- कैलालीस्थित गेटा अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ। अस्पतालको आकस्मिक कक्षमा रहेको शल्यकक्षमा सोमबार पहिलो शल्यक्रिया गरिएको हो। अस्पतालमा कार्यरत शल्यचिकित्सक डा शंकर अधिकारीको टोलीले सोमबार एक जना बिरामीको माइनर शल्यक्रिया गरेको हो। बिरामीको लाइपोमाको शल्यक्रिया गरिएको अस्पतालका निर्देशक डा विप्लव सापकोटाले जानकारी दिए। 'माइनर शल्यक्रियाबाट सेवा सुरु गरेका छौं,' उनले भने, 'अब क्रमश: अन्य शल्यक्रियाहरु पनि गर्दै जानेछौं।' उनले अस्पतालले आकस्मिक सेवा तिहारपछि सञ्चालनमा ल्याउने र त्यसपछि पाँच वटा मेजर शल्यकक्ष र ३० शय्याको आइसीयू समेत सञ्चालनमा ल्याउने जानकारी दिए। पहिलो शल्यक्रिया राजाराम नाम गरेका व्यक्तिको गरिएको हो। शल्यक्रिया गर्ने टोलीमा डा अधिकारीसहित एनेस्थेसियोलोजिष्ट डा आशिष तिवारी, ओटी नर्स रोशनी शाही, आरती भण्डारी र शर्मिला चौधरी र हेल्प...
दीपक मनाङेले छाडेको वन मन्त्रालय शेखर पक्षका पौडेललाई, आजै शपथ

दीपक मनाङेले छाडेको वन मन्त्रालय शेखर पक्षका पौडेललाई, आजै शपथ

समाचार
गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले छाडेको वन तथा वातावरण मन्त्रालय कांग्रेस सांसद भेषबहादुर पौडेलले पाउने भएका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार पौडेललाई मन्त्री नियुक्त गर्न लागेको उनको सचिवालयले जनाएको छ। लमजुङ प्रदेश सभा ‘क’ बाट निर्वाचित पौडेल कांग्रैसभित्र शेखर कोइराला–गगन थापा निकट छन्। नेपाली कांग्रेस लमजुङका पूर्व सभापति पौडेल लमजुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पनि हुन्। यसअघि उक्त मन्त्रालयमा मनाङबाट निर्विरोध निर्वाचित सांसद मनाङेलाई नियुक्त गरिएको थियो। मनाङेले उक्त मन्त्रालय ‘जुनियर’ भएकोले आफूले नलिने भन्दै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीको हैसियतमा राजीनामा दिएका थिए। गण्डकीमा कांग्रेसका मुख्यमन्त्री पाण्डेले बहुमत पुर्‍याउन मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र नेपाल समाजवादी पार्टीका स...
कोलकातामा फ्ल्याट भाडामा लिएर मिर्गौला तस्करीको धन्दा

कोलकातामा फ्ल्याट भाडामा लिएर मिर्गौला तस्करीको धन्दा

समाचार
५ कात्तिक, काठमाडौं । नेपालमा सक्रिय एक गिरोहले भारतको कोलकातामा फ्ल्याट नै भाडामा लिएर मिर्गौला तस्करी गरेको खुलेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले एक महिनासम्म गरेको अनुसन्धानका क्रममा कोलकातास्थित अम्री अस्पताल नजिक फ्ल्याट नै भाडामा लिएर मिर्गौला तस्करीको धन्दा चलाएको फेला पारेको हो । मिर्गौला उपचारका लागि नेपालबाट कोलकाताको अम्री अस्पतालमा जाने व्यक्तिहरुसँग सम्पर्क गर्ने र मिर्गौलाको सम्पूर्ण उपचारको बन्दोबस्त मिलाउने भन्दै ठगी गरेको पाइएको ब्यूरोका अधिकारीहरु बताउँछन् । मिर्गौला तस्करी आरोपमा पक्राउ परेर हाल जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेका अमन साह आमा किरणदेवीको मिर्गौला उपचारको लागि अम्री अस्पताल पुगेका थिए । त्यसपछि यो मुद्दाका अन्य प्रतिवादीसँग कोलकातामै भेट भएको उनले प्रहरीसमक्ष बयान दिएका छन् । ‘अस्पतालका स्टाफले नै मिर्गौला प...
अमेरिकाविरुद्ध नेपालको ऐतिहासिक ‘क्लिन स्विप’

अमेरिकाविरुद्ध नेपालको ऐतिहासिक ‘क्लिन स्विप’

समाचार
काठमाडौँ —नेपालले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा सोमबार अमेरिकामाथि ऐतिहासिक 'क्लिन स्विप' गरेको छ । नेपाल सिरिजका तीनै खेलमा विजयी रह्यो । डलासमा भएको अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले पराजित गरेको हो । सुरुवाती दुई खेल जितेर नेपालले यसअघि नै सिरिजमाथि कब्जा गरिसकेको थियो । अमेरिकाले नेपालसामु जितका लागि १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो र त्यसलाई नेपालले १८.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागि कुशल भुर्तेलले ४० र कुशल मल्लले ४४ रन बनाए । उनीहरूले तेस्रो विकेटका लागि ७४ रनको निर्णायक र नटआउट साझेदारी गरे । नेपालले पहिलो विकेटका लागि ३३ रन जोडेको थियो र अनिल साहले ११ बलमा १३ रन बनाए । उनी जसदीप सिंहको बलमा एलबीडब्लू धरासमा परे । त्यसपछि अर्का ओपनर आसिफ सेखले कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरे । आ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज