Advertisement

समाचार

दान लिने निर्णयमा अडिग ओली, विरोध गर्नेलाई स्पष्टीकरण

दान लिने निर्णयमा अडिग ओली, विरोध गर्नेलाई स्पष्टीकरण

समाचार
४ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी मीनबहादुर गुरुङबाट केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णय नफेरिने प्रष्ट पारेका छन् । केन्द्रीय मुख्यालय च्यासलमा आइतबार साँझ सचिवालय बैठक राखेर अध्यक्ष एवं प्रधानमन्त्री ओलीले गुरुङबाट प्राप्त हुने दान स्वीकार्ने निर्णय नफेरिने प्रष्ट पारेका हुन् । गत २५ असोजमा ओली र गुरुङ दम्पतीले कीर्तिपुरमा केन्द्रीय कार्यालय भवन शिलान्यास गरेका थिए । केन्द्रीय कार्यालय शिलान्यास गर्दै व्यवसायी गुरुङले एक वर्षभित्रै अत्याधुनिक भवन निर्माण गरेर हस्तान्तरण गर्ने घोषणा गरेका थिए । तर मुद्दा खेपिरहेका व्यवसायीबाट दानमा केन्द्रीय कार्यालय भवन स्वीकार्ने निर्णयको आलोचना भइरहेको छ । एमालेभित्रै व्यवसायीबाट दानमा केन्द्रीय कार्यालय भवन स्वीकार्ने निर्णय सच्याउनुपर्ने आवाज उठेको छ । स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्...
हनी ट्रयाप प्रकरणका योजनाकारसँग एसपीको आधा घण्टा वार्ता

हनी ट्रयाप प्रकरणका योजनाकारसँग एसपीको आधा घण्टा वार्ता

समाचार
४ कात्तिक, काठमाडौं । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोपमा अहिले चार जना ललितपुर प्रहरी हिरासतमा छन् । ९ असोजमा पक्राउ परेका प्रहरी प्रभाग भैंसेपाटीका सहायक हवल्दार महेन्द्र हमाल, सुनसरी इटहरीकी सुष्मा विक, ताज स्लाम र भीमादेवी थापामाथि आपराधिक लाभ र संगठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । सहायक हवल्दार हमालमाथि युवतीको प्रयोग गरेर (हनी ट्र्याप) व्यवसायीबाट असुल गरिएको रकम दुई पटक आफैंले बैंकमा जम्मा गर्न लगाएको आरोप छ । हिरासतमै रहेकी सुष्मा विक हनी ट्र्यापमा व्यवसायीलाई फसाउन प्रयोग भएकी युवती र ताज स्लाम हनी ट्रयापको मुख्य योजनाकार रहेको प्रहरीको दाबी छ। उनकै योजनामा बलात्कारमा फसाइदिने भन्दै एक व्यवसायीबाट ३० लाख रुपैयाँ असुलिएको आरोप छ। यसरी असुल गरिएको रकम भीमादेवीको खातामा जम्मा गरिएको प्रहरीको भनाइ छ । यो घटनामा पक्राउ पुर्जी जारी भ...
औषधिसम्बन्धी अपराधका २३ मुद्दा

औषधिसम्बन्धी अपराधका २३ मुद्दा

समाचार
पर्सा —औषधि व्यवस्था विभाग वीरगन्ज कार्यालयमा एक वर्षको अवधिमा औषधिसम्बन्धी अपराधका २३ वटा मुद्दा परेका छन् । विभागले गत आर्थिक वर्षमा औषधिसम्बन्धी अपराधमा २३ जनाविरुद्ध मुद्दा चलाएको हो । पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन र धनुषामा औषधि सम्बन्धि बिभिन्न अपराध गरेकाहरुलाई कारवाहीको दायरामा ल्याइएको कार्यालयका सूचना एवम् फार्मेसी अधिकृत अरविन्द बानियाँले जानकारी दिए । ‘बिना इजाजत औषधि ओसारपसार, बिना इजाजत दर्ता नरहेको औषधि ओसारपसार, प्रतिबन्धित औषधि ओसारपसार, औषधि ऐन २०३५ बिपरीतको कार्य, बिनाइजाजत औषधि खरिद बिक्री आदि अपराधमा २३ जनाविरुद्ध मुद्दा परेको थियो,' उनले भने, 'मुद्दा दायर गरिएकामध्ये चितवनका १०, पर्साका ४, बारा, रौतहटका ३, मकवानपुर र धनुषाका २/२ रहेका छन् ।’ कार्यालयको निरीक्षण टोलीले गत आर्थिक वर्षभरिमा ४ सय ३७ वटा फार्मेसी, २० वटा उद्योगको निरीक्षण गरेको थिय...
हर्क साम्पाङद्वारा कार्यवाहक तोकिएका वडाध्यक्षलाई काम नगर्न उच्च अदालत विराटनगरको आदेश

हर्क साम्पाङद्वारा कार्यवाहक तोकिएका वडाध्यक्षलाई काम नगर्न उच्च अदालत विराटनगरको आदेश

समाचार
सुनसरी —धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले वडाध्यक्ष लोकेन्द्रकुमार फागोलाई दिएको कार्यवाहकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन आदेश दिएको छ । धरानका उपप्रमुख आइन्द्रविक्रम बेघाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा आइतबार सुनुवाइ गर्दै उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश दिएको हो । न्यायाधीश ध्रुवराज नन्दको इजलासले धरानका नगर प्रमुख साम्पाङले दिएको कार्यवाहक प्रमुखको जिम्मेवारी कार्यान्वयन नगर्न आदेश दिएको हो । साम्पाङले उपप्रमुख कार्यकक्षमा रहँदा रहँदै नाताले मामाससुरा पर्ने उपमहानगर–११ का वडाध्यक्ष फागोलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएर बेलायत गएका थिए । उनले वडाध्यक्षलाई कावा तोकेसँगै उपप्रमुख बेघा अदालत गएका थिए । आदेशमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को कार्यविभाजनसम्बन्धी व्यवस्थाअन्तर्गतको उपदफा (४) को द...
महाकाली प्रादेशिक अस्पतालको सेवा सुदूरपश्चिममै उत्कृष्ट, भयो सम्मानित

महाकाली प्रादेशिक अस्पतालको सेवा सुदूरपश्चिममै उत्कृष्ट, भयो सम्मानित

समाचार
महेन्द्रनगर । कञ्चनपुरमा रहेको महाकाली प्रादेशिक अस्पताल सेवा सुविधा दिनेमा सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । अस्पतालहरूबाट प्रदान गरिएको सेवाको सुचकहरूको मूल्यांकन गर्दा यस महाकाली प्रादेशिक अस्पतालले प्रथम स्थान हासिल गर्न सफल भएको महाकाली प्रादेसिक अस्पताल व्यवस्थापन समितीका अध्यक्ष कृष्णानन्द भट्ट (किरण ) ले जानकारी दिनु भयो । सुदुरपश्चिम प्रदेशका अस्पतालहरूबाट आ.व. २०८०÷०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेस स्तरीय वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा अस्पतालले दिई रहेको सेवा उत्कृष्ट रहेको भन्दै सम्मान गरेको उहाँले बताउनु भयो । दक्ष जनशक्ति र उपकरणहरुको अभावका वावजुत पनि अस्पतालबाट प्रदान गरिने सेवाहरुले आम जनताहरुको स्वास्थ्यमा गुणस्तरिय सेवा दिन तल्लिन रहेको यो अस्पतालको उचित मुल्याङकन गरेकोमा उहााले सबै अस्पतालमा कार्यरत कर्मचारीहरुलाई धन्यवाद व्...
अपराध गरे देशको कानुनअनुसार अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

अपराध गरे देशको कानुनअनुसार अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

समाचार
काठमाडौँ —गृहमन्त्री रमेश लेखकले संयमित भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरीले संयमित, सरल, सहज, इमान्दार भएर आम नागरिकको सेवा प्रदान गर्ने काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ थियो । गृहमन्त्री लेखकले अपराध गरेकाहरूलाई पनि प्रहरीमाथि आक्रमणको प्रयास नगर्न सचेत गराएका छन् । आफूले गल्ती गर्ने, अनि प्रहरीसँग जाइलाग्ने, झगडा गर्ने वा आफूले भनेको ठीक हो भन्न ढंगले कसैले पनि अघि बढ्न नहुने गृहमन्त्री लेखकले स्पष्ट पारेका छन् । आइतबार काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा ट्राफिक 'भ्वाइलेन्स रेकर्ड सिस्टम'को सुरुआत गर्दै गृहमन्त्री लेखकले गल्ती गर्नेहरूलाई सम्झाइबुझाइ काम गर्न निर्देश गरेका थिए । ‘प्रहरीले संयमित भएर, सरल भएर, सहज भएर इमान्दार भएर नागरिकको, व्यक्तिको सेवा गर्ने र सेवा प्रदान गर्ने काम गर्नुपर्दछ । अन्याय गर्ने मानिसले पनि अन्याय गरिहाल्न...
पूर्व सैनिकको घरमा सकेट बम विस्फोट हुँदा एक जना घाइते

पूर्व सैनिकको घरमा सकेट बम विस्फोट हुँदा एक जना घाइते

समाचार
स्याङ्जामा पूर्व सैनिकको घरमा सकेटबम विस्फोट हुँदा एक जना घाइते भएका छन्। चापाकोट नगरपालिका वडा नम्बर ४ पुरीगाउँमा शनिबार सकेटबम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी हरिप्रसाद पौडेलले बताए। ४५ वर्षीय गोविन्द पुरी पूर्वसैनिक हुन्। उनले दुई वर्षअघि मात्रै सेनाबाट अवकाश पाएका थिए। तीन तले कच्ची घरको दोस्रो तलामा पुराना भाडा फाल्ने क्रममा सकेटबम अचानक विस्फोट भएको डिएसपी पौडेलले बताए। विस्फोटबाट घरमा सामान्य क्षति भएको र पुरीको बायाँ आँखा मुनि, खुट्टा लगायतमा चोट लागेको छ। विस्फोट भएको सूचनापछि इलाका प्रहरी कार्यालय चापाकोटबाट प्रहरी खटिएर अनुसन्धान अघि बढाएको थियो। पुरीलाई उपचारपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।   सिंह सार्दुल गुल्म स्याङ्जाबाट बम डिस्पोजलको टोली खटिएर मुचुल्का गरेको थियो। घटनास्थलबाट हाइ एक्पोसिभ पिइके ९०० ग्राम, डेटकढ...
रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

समाचार
सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ। आइतबार लामिछानेलाई अदालतमा उपस्थित गराइएको थियो। अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले  जानकारी दिए। गत शुक्रबार पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले च:मतिस्थित पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ गरी पोखरा लगेको थियो। संसदीय छानबिन विशेष समितिले विभिन्न सहकारीको रकम लामिछाने पहिले प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको देखिएकोले कारबाही सिफारिस गरेको थियो।...
भट्ट ले गरे बिद्यार्थी लाई टाइ र बेल्ट सयोग ।

भट्ट ले गरे बिद्यार्थी लाई टाइ र बेल्ट सयोग ।

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
दार्चुला २०८१ कार्तिक ०२ शैल्यशिखर न.पा. वडा न.४काडापारी निवासी बुवा हरि दत्त भट्ट (प्रधान ज्यु )का छोरा समाजसेवी महादेव भट्टले श्री भूमिराज मा.वि.तल्लो काडापारी मा अध्ययनरत बालबालिकाहरुका लागि २७६ थान टाइ र २१६ थान बेल्ट विद्यालय लाई हस्तान्तरण गरेका छन । महादेव भट्ट भारत को दिल्ली मा लामो समय देखि कर्म थलो बनाइ बसोबास गर्दै आएका छन उहाँ सुदुर पश्चिमेलि नेपाली समाज का सस्थापक सदस्य तथा बर्तमान अध्यक्ष पनि हुन । उनी सामाजिक सेवा मा निरन्तर लागि रहेका छन । भारत मा अलपत्र देखि दुखी बिरामी समेत लाई सस्था तथा ब्यक्ति गत तर्फ बाट सयोग गरिरहेका छन ।...
असोजमा श्रम स्वीकृति लिएर ५३ हजार ५ सय २५ जना विदेशिए

असोजमा श्रम स्वीकृति लिएर ५३ हजार ५ सय २५ जना विदेशिए

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाण्डौ – मुख्य पर्व दशैँ परेको महिना असोजमा पनि वैदेशिक रोजगारीमा जानेको सङ्ख्या उल्लेख्य रहेको छ । वैदेशिक रोजगार विभागकाअनुसार अघिल्लो महिना असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएका छन् । असोजमा १७ हजार सात सय २४ जना नेपाली यूएई, १० हजार चार सय ६८ जना साउदी, नौ हजार सात सय ९८ जना कतार, तीन हजार आठ सय सात जना कुबेत र एक हजार तीन सय १४ जना मलेसिया गएका छन् । यसैगरी असोजमा युरोपेली देशहरु रोमानिया क्रोएशिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको सङ्ख्यामा पनि उल्लेख्य छ । गएको भदौमा ५७ हजार चार सय ९३ जना नेपाली रोजगारीका लागि विदेशिएका थिए ।...
सातदोबाटोमा यात्रुबाहक बसमा लाग्यो आगो

सातदोबाटोमा यात्रुबाहक बसमा लाग्यो आगो

समाचार
काठमाण्डौँ – ललितपुरको सातदोबाटोमा यात्रुवाहक बसमा आगलागी भएको छ। शनिबार अपराह्न पौने ५ बजे ललितपुर महानगरपालिका-१५ सातदोबाटो चोक नजिक बस पकेटमा रोकिरहेको बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलका अनुसार अचानक विद्युत सर्ट भई आगलागी भएको हो। उक्त बसमा अचानक आगलागी भएपछि प्रहरी र ललितपुर महानगरपालिकाबाट दमकल झिकाइएको थियो।  ...
जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

समाचार
धनगढी – कैलाली र बाँकेबाट २७ जना जुवाडे पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका-१ पशुपती टोल स्थित कमल मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ४१ वर्षीय कमल राज अधिकारी समेत १२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ६५ रूपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो । यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका-१६ स्थित खेतमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने १५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार ३ सय ६१ रूपैयाँ, लङगुर बुर्जा खेलाउने गोट्टी १ सेट र ८ गड्डी तास सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको ४ थान मोटरसाइकल, १ थान स्कुटर र १२ ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज