प्रधानमन्त्रीको आह्वानमा सत्ता गठबन्धन दलहरूको बैठक बसेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बैठक बसेको हो।
बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरू सहभागी छन्।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत अध्यक्ष सिके राउत, नाउपा अध्यक्ष रञ्जिता चौधरीलगायत नेताहरूबीच बालुवाटारमा छलफल भएको हो।
एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेको एक सय दिन पुगेको छ। सरकारका कामकारबाहीका समीक्षा र भावी कार्यक्रम तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारूढ दलहरूको बैठक बसेको हो।
प्रधानमन्त्री ओलीले बुधबार अपराह्न ३ बजे सरकारका उपलब्धिहरू सार्वजनिक गर्ने कार्यक्रम पनि छ।
कांग्रेस र एमालेबीच असार १७ मा भएको ७ बुँदे सहमतिको जगमा असार ३० गते ओली प्रधानमन्त्री नियुक्त भएका थिए। ओली सरकारमा जनमत पार्टीले पनि समर्थन जनाएको छ भने अरू दल सरकारमै सहभागी छन्।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३