राष्ट्रिय युवा संघ नेपालको कैलाली जिल्ला कार्यसमिति गठन, हेमन्त साउदको नेतृत्वमा ३६ सदस्यीय टोली
कैलाली: नेकपा (एमाले) निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कैलाली जिल्ला कमिटीको १०औं अधिवेशनले हेमन्त साउदको अध्यक्षतामा ३६ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा हिमान्शु साह, सचिवमा उत्तम महरा, सहसचिवमा कृष्ण थापा र छत्र गुरुङ तथा कोषाध्यक्षमा सरिता जैशी रहेका छन् । सदस्यहरूमा समिर सोडारी, प्रदीप थापा, यज्ञराज बिक, कृष्ण ढाट, गजेन्द्र बोगटी, ललित देवकोटा, सन्तोष चौधरी, दिनेश बिकलगायत युवाहरू चयन भएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल देशभरका युवाहरूलाई संगठित गर्दै राष्ट्रनिर्माण र सामाजिक न्यायका लागि अग्रसर भैरहेको नेकपा (एमाले) निकट भातृ संगठन हो । संघले शिक्षा, रोजगारी, युवा उद्यमशीलता र सामाजिक जागरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
नवनिर्वाचित अध्यक्ष हेमन्त साउदले अधिवेशनलाई सम्बोधन गर्दै युवाहरूको हक, अधिकार र अवसरको सुनिश्चितताका लागि स...











