Advertisement

धनगढीको कपडा बैङ्कलाई डा. प्रयागराज जोशीद्वारा सहयोग

Advertisement

धनगढी, कैलाली – धनगढी उपमहानगरपालिका–४ मा रहेको कपडा बैङ्कलाई समाजसेवी तथा शिक्षाविद् डा. प्रयागराज जोशीले ३२ थान कपडा सहयोग गरेका छन्।

धनगढी उपमहानगरपालिका–७, देवरीया छात्रावास टोल निवासी जोशी कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक समेत हुन्। उनले समाजसेवाको भावनाले प्रेरित हुँदै कपडा बैङ्कलाई सहयोग गरेका हुन्।

सहयोगी हातहरू अगाडि आउनुपर्छ”

सहयोग हस्तान्तरण गर्दै डा. जोशीले समाजमा रहेका असहाय, विपन्न तथा आवश्यकतामा परेकाहरूलाई साथ दिन सक्नु नै मानवताको साँचो रूप भएको बताए। “समाजसेवा भनेको कुनै दिनविशेष वा अवसरमा मात्र गरिनु पर्ने कुरा होइन, यसलाई निरन्तरता दिनुपर्छ। म भविष्यमा पनि यस्ता सहयोगका कार्यहरूमा सक्रिय रहनेछु,” उनले भने।

कपडा बैङ्कका प्रतिनिधिहरूले डा. जोशीको सहयोगलाई अत्यन्तै प्रेरणादायी भएको बताउँदै अन्य सहयोगी मनहरूलाई पनि यस अभियानमा सहभागी हुन आग्रह गरे।

धनगढीमा सञ्चालित कपडा बैङ्कले समाजका निम्न वर्गीय, असहाय, विपन्न तथा आपत्‌कालीन परिस्थितिमा परेकाहरूलाई निःशुल्क कपडा वितरण गर्दै आइरहेको छ। बैङ्कलाई व्यक्तिगत तथा संस्थागत रूपमा विभिन्न व्यक्ति र संघसंस्थाहरूले सहयोग गर्दै आएका छन्।

समाजसेवाका क्षेत्रमा सक्रिय जोशी शिक्षण पेशासँगै सामाजिक कार्यमा पनि उत्तिकै संलग्न रहँदै आएका छन्। विभिन्न सामाजिक, शैक्षिक तथा परोपकारी अभियानमा उनले सक्रिय भूमिका खेल्दै आइरहेको स्थानियहरू बताउँछन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज