Advertisement

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

Advertisement

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।
जेठ २२ गते मौलालिका बालक सुमित बोहरामाथि विद्यालय परिसरभित्र सिस्नोपानी लगाई कुटपिट गरी शारीरिक तथा मानसिक पीडा दिएको आरोपमा मोडल एलाइन्स बोर्डिङ स्कुलका शिक्षक धनराज जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीलाई घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दुर्गाथलीबाट खटिएको प्रहरी टोलीले जोशीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
प्रहरीका अनुसार विद्यालयको हाताभित्र अध्ययनरत विद्यार्थीमाथि शारीरिक तथा मानसिक पीडा दिने गरि सिस्नोपानी लगाई कुटपिट गरिएको भन्ने सूचनाको आधारमा अनुसन्धान अघि बढाइएको हो। घटनाको यथार्थता, संलग्नता र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइनेछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
जेनजी अभियन्ताबाट रास्वपाको प्रदेश नेतृत्वसम्म : नितेश जोशीको प्रभावशाली उदय

जेनजी अभियन्ताबाट रास्वपाको प्रदेश नेतृत्वसम्म : नितेश जोशीको प्रभावशाली उदय

  धनगढी । युवापुस्तामाझ ‘जेनजी अभियन्ता’का रूपमा परिचित नितेश जोशी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्र...
लाइन्स क्लब अफ धनगढी आरम्भको अध्यक्षमा आयान नविन धामी चयन

लाइन्स क्लब अफ धनगढी आरम्भको अध्यक्षमा आयान नविन धामी चयन

धनगढी । लाइन्स क्लब अफ धनगढी आरम्भको वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। आइतबार धनगढीस्थित लोटस क्...
रास्वपाको सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा हेमराज जोशीलाई अघि सार्ने माग

रास्वपाको सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा हेमराज जोशीलाई अघि सार्ने माग

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश सहमहामन्त्री पदमा सामाजिक अभियन्ता हेमराज जोशीलाई नेतृत्वमा ल्या...
रास्वपा सुदूरपश्चिम अधिवेशन, गणेश बहादुर बोहरा पुनः सह-महामन्त्रीमा उम्मेदवार

रास्वपा सुदूरपश्चिम अधिवेशन, गणेश बहादुर बोहरा पुनः सह-महामन्त्रीमा उम्मेदवार

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश अधिवेशनमा गणेश बहादुर बोहराले सह–महामन्त्री पदमा पुनः उम्मेदवारी घो...
च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

धनगढी– कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज